विराटनगर-मुलुकका ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई दिइदै आएको बृद्ध(सामाजिक सुरक्षा) भत्तामा थप एक हजार बृद्धि गरि चार हजार पुर्‍याएका छन ।


जुन आगामी साउन महिनादेखी जेष्ठ नागरिकहरुले पाउने छन । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०७८/२०७९ को सिंहदरबारमा आयोजित कार्यक्रममा बजेट प्रस्तुत गर्दै सामाजिक सुरक्षा भत्ता बृद्धि गरेका हुन ।  सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब बिनियोजना गरिएको छ ।


तथ्यांक विभागका अनुसार अहिले मुलुकभर ३२ लाख ५८ हजार १ सय २९ जनाले सामाजिक सुरक्षा भत्ता लिदै आएका छन । जसमा  १७ लाख ३९ हजार ३५९ जनाले बृद्धभत्ता थाप्दै आएका छन ।