विराटनगर -  प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले १४ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेकाछन । प्रदेश प्रमुख अधिकारीले आजको दिन नेपाली जनताको लामो, अविश्रान्त संघर्षको प्रतिफल, निरङ्कुस तानाशाहको अन्त्य र संघीय लोकतान्त्रिक गण्तन्त्रको प्राप्तीको दिन भएको बताएकाछन । उनले नेपालीको लागि अत्यन्त खुसी र जनता सम्मानीत भएको दिनका रुपमा गणतन्त्र दिवसलाई लिएका छन ।

प्रदेश प्रमुख अधिकारीद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ,‘ आजकै दिन लाई नेपाली जनताले मुक्ति प्राप्त गरेको र शक्ति हात पारेको दिनका रुपमा लिन्छौँ । ’वीर, अमर, त्यागी, कर्मनिष्ठ र भविष्यद्रष्टा शहिदहरुको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै मुलुकको आर्थिक, सामाजिक रुपान्तरणसहित आम जनताको जीवनस्तर सुधार गर्नुपर्ने आजको आवस्यकता रहेको प्रदेश प्रमुख अधिकारीले बताए ।

वर्तमान सरकारका तिन वटै (संघिय, प्रदेश र स्थानिय) तह का सरकार आ–आफ्नो क्षेत्रमा अत्यन्त जवाफदेहीतापूर्ण ढङ्गले लाग्नु पर्ने उनको भनाई छ । गणतन्त्र प्राप्तीको आन्दोलनमा जनताले देखाएको उत्साहको सम्मान गर्दै वर्तमानका संघिय लोकतान्त्रिक गण्तन्त्रका जनताका आवस्यकता लाई मर्म बनि बुझेर समाधानको दिशा तर्फ लम्कनु पर्ने प्रदेश प्रमुख अधिकारीले औल्याएकाछन  ।  

प्रदेश प्रमुख अधिकारीले राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, आत्मसम्मान एवम् मानवअधिकारको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तीका लागि अदम्य साहसका साथ विभिन्न चरणका आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने महान ज्ञात–अज्ञात शहिदहरुप्रति हार्दिक श्राद्धाञ्जली तथा श्रद्धासुमन अर्पण गरेकाछन ।

आमुल परिवर्तनका निम्ति गरिएको आन्दोलनको समयोचित नेतृत्व प्रदान गर्ने दुरदर्शी नेता तथा आन्दोलनमा बेपत्ता हुनु भएका नागरिक र उनिहरुका पीडित परिवारहरुप्रति प्रदेश प्रमुख अधिकारीले उच्च सम्मान व्यक्त गरेकाछन ।