विराटनगर- सुनसरी मोरङ औद्योगिक करिडोरमा रहेका उद्योग तथा प्रदेश १ का ब्यवसायीहरुको प्रतिनिधित्व गर्ने मुलुकको जेठो संस्था मोरङ ब्यापार संघले गर्भनरलाई पत्र लेख्दै उद्योग व्यवसाय लक डाउनको कारण थला परेको बेला ऋणको किस्ता तिर्ने समय सिमा बढाइदिन आग्रह गरेका छन ।
संघका अध्यक्ष प्रकाश मुन्दडाले गर्भनरलाई इमेल मार्फत पत्र प्रेषित गर्दै कोभिड माहामारीले मुलुकको आर्थिक गतिविधिमा पुनः निम्त्याएको प्रतिकुलताले बैंकको कर्जा लिएका ऋणीहरुलाई कर्जा भुक्तानी गर्न ठुलो समस्या परिरहेको जानकारी गराउदै किस्ता भुक्तानीको म्याद थप गर्न आग्रह गरिएको छ ।
विभिन्न बर्गका बैकहरुबाट चर्को ब्याजदरमा कर्जा लिएका आम सर्बसाधरण तथा मझौला उद्यमी व्यवसायी लगायतका सबै प्रकारका ऋणीहरुको हकमा कर्जा तथा किस्ता भुक्तानी गर्ने म्याद थप गरिनु पर्ने, ब्याजदुरमा लचकता अपनाउनु पर्ने, कर्जाको पुनर्तालिकिकरण गरिनु पर्ने, पुनर्कर्जा लगायतको राहत प्याकेजहरुको व्यवस्था मिलाई समय सान्दर्भिक कदम चाल्न आग्रह गरिएको छ ।

