विराटनगर -  कोरोना महामारीका बेला प्रदेश १ मा ज्वरोको औषधी सिटामोल अभाव भएको छ । विराटनगरलगायत प्रदेशभरि एक हप्तादेखि सिटामोल अभाव भएको हो । नेपाल औषधी व्यवसायी संघ प्रदेश १ का उपाध्यक्ष तथा एपोलो फार्मेशीका सञ्चालक धनराज काफ्लेले यहा“का बजारमा सिटामोल अभाव भएकोले बिरामीको उपचारमा समस्या भएको बताए ।

अहिले दैनिक १० देखि १५ जना उपभोक्ता सिटामोल नपाएर फार्मेशीबाट फकिर्ने गरेको उनको भनाई छ । कोरोना संक्रमण दर बढेस“गै स्थानिय प्रशासनले निषेधाज्ञा लगाएपछि सिटामोलको माग बढेको हो । ‘दुई हप्ता अगाडिदेखि सिटामोल खोज्न आउनेको संख्या ह्वात्तै बढेको छ, उनले भने, ‘तर अहिले सिटामोल पाइएको छैन । होलसेलमा १०÷१२ दिनदेखी माग गर्दै आएको तर नभएको जवाफ फर्काउ“दै आएकाले समस्या भएको हो ।’

नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष तथा ओम विराट औषधी पसलका सञ्चालक लक्ष्मी तिम्सिनाले अहिले यहा“का कुनैपनि औषधी पसलमा एक पत्ता सिटामोल नभएको बताए । ‘डिमान्ड थेग्नै नसक्ने छ तर, हप्ता दश दिनदेखि सिटामोल आएकै छैन, उपभोक्तालाई कहा“बाट दिनु’ उनले भने, ‘होलसेल पसलमै सिटामोल नभएको अवस्थामा खुद्रा बिक्रेताले कहा“बाट उपभोत्तःालाई उपलब्ध गराउन सक्छ ।’ निषेधाज्ञा लागेपछि एकै दिनमा ५० देखि सय पत्तासम्म सिटामोल बेचेको र एकै जनाले १०÷१५ पत्तासम्म खरिद गरेकाले पनि बजारमा अभाव सृजना भएको उनको भनाई छ ।

घा“टीको समस्या भएर खोकी लाग्दा खाने ‘एजिथ्रो माइसिन’, दमको रोगीलाई आवश्यक हुने आस्थालिन औषधीलगायतका दीर्घ रोेगको औषधी पनि अभाव भएको तिम्सिनाले बताए ।
बजारमा सिटामोल अभाव भएको जनगुनासो बढेपछि औषधि व्यवस्था विभागको कार्यालय विराटनगरले दुई वटा समूह बनाएर सुनसरी, मोरङ, झापा र इलामका खुद्रा तथा थोक औषधी बिक्रेता पसलमा अनुगमन गरेको छ । अनुगमनको क्रममा थोक बिक्रेताहरुमा नै सिटामोल अभाव रहेकोले बजारमा अभाव हुनु स्वभाविक भएको नेपाल औषधी व्यवस्था विभागको कार्यालय विराटनगरका प्रमुख संजिव शर्मा कट्टेलले बताए ।

उनले सिटामोलको चरम अभाव छ भने डक्सिसाइक्लिन, एजिथ्रोमाइसिन, भिटामिन सी, स्टेरोइट, जिंक चक्की, मिथाइल टेडमिसोलन, डिग्जामिथासोन पनि अभाव रहेको अनुगमनको क्रममा देखिएको बताए ।उनले बजारमा सिटामोललगायतका औषधी आपुर्तिका लागि आवश्यक व्यवस्था मिलाई दिन औषधी व्यवस्था विभागमा पत्राचार गरिसकेको बताए ।

उपभोक्तालाई पनि आवश्यकता अनुसार मात्रै सिटामोल खरिद गर्न उनले आग्रह गरेको छ । औषधि उत्पादक संघका अध्यक्ष तथा टाइम फर्मास्युटिकल्स प्रालीका सञ्चालक नारायण क्षेत्रीले अहिले तत्काल बजारमा सिटामोल अभाव नभएको दावी गरे ।कच्चा पदार्थको मूल्य चार गुणाले बढिसकेको अवस्थामा १४ वर्ष अगाडिको मूल्यमा सिटामोल उत्पादन गरेर बिक्री गर्न सकिने अवस्था नभएको क्षेत्रीको भनाई छ । उनले र्दा लागत मूल्य पनि उठदैन ।‘

एक/डेढ महिनाका लागि ६ करोड ट्याब्लेट उत्पादन गर्ने उद्योगहरुमा कच्चा पदार्थ छ तर मुल्य समायोजन हुन सकेन भने महंगोमा कच्चा पदार्थ किनेर सस्तोमा बेच्ने हु“दैन,’ उनले भने, ‘डेढ रुपैया“भन्दा बढी लागत लाग्ने सिटामोल एक रुपैया“मा कसरी बेच्न सकिन्छ ?’