विराटनगर-  कोरोना भाइरस संक्रमित १३ जनाको मोरङका विभिन्न चारवटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । गय रातिदेखि आज बिहानसम्म १४ घण्टाभित्रमा सात महिला र छ जना पुरुषको मृत्यु भएको हो । विराटनगरको नोबेल शिक्षण अस्पतालमा आठ, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई, मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा दुई र न्युरो अस्पतालमा एक संक्रमितको मृत्यु भएको छ ।

नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मोरङको जहदा गाउँपालिका–१ का ३२ वर्षीय पुरुषको आज बिहान ७ बजेतिर मृत्यु भएको छ । उनलाई उपचारका लागि जेठ ८ गते अस्पताल भर्ना गरिएको थियो । प्रबन्धक दाहालका अनुसार विराटनगर महानगरपालिका–३ का ७९ वर्षीय वृद्ध पुरुषको बिहान ४ः१० बजेतिर मृत्यु भएको छ । उपचारका लागि जेठ नौ गते भर्ना गरिएको थियो ।

विराटनगर–१३ की ३१ वर्षीया महिलाको बिहान ४ः३० बजेतिर नोबेलमै मृत्यु भएको छ । उनलाई उपचारका लागि जेठ ४ गते भर्ना गरिएको जानकारी दाहालले दिए । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० की ६५ वर्षीया वृद्धा महिलाको बिहान ८ बजेतिर मृत्यु भएको दाहालले बताए । उनका अनुसार कोरोना पुष्टि भएपछि महिलालाई उपचारका लागि जेठ ८ गते भर्ना गरिएको थियो । संखुवासभाको खाँदबारी नगरपालिका–७ का ५९ वर्षीय पुरुषको बिहानका राति २ः३० बजेतिर मृत्यु भएको छ । उनलाई जेठ ७ गते अस्पताल भर्ना गरिएको थियो । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ की ७० वर्षीया वृद्धा महिलाको बिहान ४ बजेतिर मृत्यु भएको छ ।

उनलाई जेठ ४ गते उपचारका लागि भर्ना गरिएको जानकारी दाहालले दिए । सप्तरीको राजविराज–९ की ७० वर्षीया वृद्धा महिलाको बिहानका राति १२ः१५ बजेतिर मृत्यु भएको छ । प्रबन्धक दाहालका अनुसार उपचारका लागि जेठ ८ गते भर्ना गरियो थियो । सर्लाही बरमपुरी–७ का ३२ वर्षीय पुरुषको गय राति १०ः४० बजेतिर मृत्यु भएको छ । उनलाई उपचारका लागि जेठ ९ गते अस्पताल भर्ना गरिएको दाहालले बताए । विराट शिक्षण अस्पतालमा उपचाररत विराटनगर–५ की ५० वर्षीया महिलाको बिहान १० बजेतिर मृत्यु भएको छ ।

उनलाई उपचारका लागि जेठ ४ गते भर्ना गरिएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवले जानकारी दिए । उहाँका अनुसार सुनसरीको दुहवी नगरपालिका–१ की ६५ वर्षीया वृद्धा महिलाको गय राति ९ बजेतिर मृत्यु भएको छ । उनलाई उपचारका लागि जेठ ८ गते अस्पताल भर्ना गरिएको देवले बताए । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–१० का ८४ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ ।

वैशाख २९ गते भर्ना गरिएका उनको उपचारका क्रममा राति १०ः४५ बजेतिर मृत्यु भएको केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले बताए । राजवंशीका अनुसार मोरङको बेलबारी नगरपालिका–७ की ४० वर्षीया महिलाको राति ११ बजेतिर मृत्यु भएको छ । उनलाई उपचारका लागि वैशाख २९ गते भर्ना गरिएको थियो । विराटनगरको न्युरो अस्पतालको कोभिड वार्डमा संक्रमित वृद्ध पुरुषको मृत्यु भएको छ ।

विराटनगर–१० का ६९ वर्षीय पुरुषको राति ८ः२० बजेतिर मृत्यु भएको जानकारी अस्पतालले दिएको छ । उनलाई उपचारका लागि जेठ २ गते अस्पताल भर्ना गरिएको थियो ।