विराटनगर-कोरोना महामारीको कारण तीन सातादेखी गरिएको निषेधाज्ञाको कारण सुनसरी मोरङ औद्योगि करिडोरका ४० प्रतिशत उद्योग बन्द भएका छन । चलेका ६० प्रतिशत उद्योगको उत्पादन पनि ४० प्रतिशतमा खुम्चिएको छ । 


अति आवश्यकीय बस्तुको उत्पादन गर्ने उद्योगहरुले ८० प्रतिशत उत्पादन दिएपनि अन्य उद्योगहरुले गोदाम भर्नका लागि मात्र सिमित उत्पादन गरिरहेका छन । सरकारले उद्योगका लागि स्वास्थ्य मापदण्ड अपनाउदै मजदुर र बजारको ब्यवस्था गर्न नसके अबको दुई साता पछि सम्पूणर् उद्योगहरु बन्द हुने उद्योगीहरुले बताएका छन । 


सुनसरी मोरङ औद्योगिक करिडोरमा ठुला साना गरि ५ सय उद्योग छन । जसमा दैनिक ५० हजार मजदुर प्रत्यक्ष रुपमा काम गर्छन । ४० प्रतिशत उद्योग बन्द हुनु भनेको २०० सय उद्योग पूणर् रुपमा बन्द हुनु हो । जसमा कार्यरत करिब २० हजार मजदुर पूणर् रुपमा रोजगारी गुमाएर घरमा नै बस्नु पर्ने अवस्था हो । 


नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले संचालनमा रहेका उद्योगहरुले पनि आफ्नो उत्पादन ५० प्रतिशत भन्दा कममा झारेको जानकारी दिए । उनले भने‘अक्सिजन प्रयोग भएर चल्ने उद्योग पूणर् ठप्प छन, अन्य उद्योगको अवस्था समेत बजार बन्द भएका कारण राम्रो छैन ।’ उद्योग बन्द भएका कारण लकडाउन खुलेको एक महिना पछिबाट मात्र सरकारले राजश्व लिने निणर्य गरेर उद्योगीलाई राहत दिनु पर्ने माग समेत उनले गरे । 


यस अघि सामान्य अवस्थामा करिडोरका उद्योगले दैनिक ५० करोडको सामाग्री उत्पादन गर्दै आएका थिए । जसबाट दैनिक १५ करोड भन्सार र मासिक ३५ करोड अन्तशुल्क, ११ करोड मुल्य अभिबृद्धि कर र  २७ करोड आयकर प्रभावित भएका छन् । औषधि, खाद्यान्न, अक्सिजन लगातका ५० उद्योग भने संचालनमा रहेका छन् ।

  

उद्योगको उत्पादन ठप्प भएपछि त्यसले आयात निर्यात समेत प्रभावित बनेको छ । जस्को कारण विराटनगर भन्सारले संकलन गर्दै आएको दैनिक १७ करोडको राजश्व अहिले ५ देखी १० करोडमा सिमित हुदै आएको छ । विराटनगर भन्सार कार्यालयका निमित्त भन्सार अधिकृत गोपी उपे्रतीका अनुसार बैशाख महिनामा १०२ प्रतिशत राजश्व संकलन गरेको भन्सारको जेठ महिनामा भएको लक डाउनले लक्षको ६० प्रतिशतमा खुम्चने अवस्था छ । त्यस्तै आन्तरिक राजश्व कार्यालयले मासिक रुपमा संकलन गर्दै आएको २२ करोड अन्तशुल्क, १५ करोड भ्याट र २७ करोड राजश्व संकलन प्रभावित बनेको छ ।


उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले करिडोरका ६० प्रतिशत मात्र उद्योगहरु संचालनमा रहेका जानकारी दिए । बजार बन्द भएको कारण उत्पादीत बस्तुको खपत कम भएकाले चलेका उद्योगले पनि ६० प्रतिशत सम्म उत्पादन कटौती गरिरहेका छन । गाउँमा कोरोनाको संक्रमण दर बढी भएकाले चलेका उद्योगमा समेत मजदुरहरुको उपस्थिति कम रहेको उनले बताए । 


महामारीको दोश्रो लहरको कारण आक्रान्त बनेको मुलुकका जनतालाई जोगाउन लक डाउन लामो समय गर्नु पर्ने अवस्थामा राज्यले उद्योग बचाउन उद्योग मैत्री कदम चाल्न आवश्यक रहेको समेत उनले बताए । उद्योगी बन्द भएपनि बैंक ब्याज, कर्मचारीको तलब लगायतका अन्य खर्चहरु चालु रहेने भएकाले राज्यले अघिल्लो बर्षको भन्दा निकै राहत हुने किसिमको प्याकेज बजेटमा ल्याउन सरकारलाई आग्रह गरे । 

 

मोरङ ब्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाका अनुसार दैनिक उपभोग्य बाहेकका बस्तुको उत्पादन घटेको छ । बजार बन्द भएको कारण अन्य बस्तुको खपत घटेको चप्पल जुत्ता, अगाउने सामान उत्पादन गर्ने उद्योगहरु बन्द नै छन । ६० देखी ७० प्रतिशत उत्पादन उद्योगले कटौती गरेका छन । उत्पादन घटेपछि मजदुरको समेत रोजगारी कटौती हुन्छनै । आउदो एक साता भित्रमा करिडोरका ठुला उद्योगहरु पनि बन्द हुने उनले बताए । 


अघिल्लो बर्षको बजेटले भन्दा पनि मौद्रिक नीतिले उद्योगीहरुलाई केही राहत दिएपनि अहिलेको महामारीको अवस्थालाई मनन गरि अन्य विकसित मुलुकहरुले ऋण मिनाहा गर्दै उद्योगलाई प्रोत्साहन गरेझै हाम्रो सरकारले पनि त्यसतर्फ कदम चाल्नु पर्ने मुन्दडाले बताए । उद्योगीका समस्यालाई बेलैमा सम्बोधन नगरे मुलुकको अर्थतन्त्र चौपट हुन्छ ।