विराटनगर-रंगेली नगरपालिका-३ की २४ बर्षिय अनिता यादवको हत्या उनकै देवरले घाँटीमा दाउ प्रहार गरि गरेको खुलेको छ । प्रहरी अभियुक्त उनकै १९ बर्षका देवर विनोद यादवलाई २४ घण्टा भित्रै पक्राउ गरेको छ । अनुन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको मोरङ प्रवक्ता मानबहादुर राइले जानकारी दिए ।  

जेठ ४ गते साँझ ५ः३० बजे मृतक अनिता र देवर विनोद विच झगडा भएको थियो । त्यसको अढाइ घण्टापछि राती ८ बजे देवर विनोदले दाउले अनिताको घाँटीमा प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसान्धानबाट खुल्न आएको छ ।  

धारिलो हतियारले घाँटी रेटेर हत्या गरि नहरमा फ्यालेको अवस्थामा शव फेला परेको थियो । रंगेली नगरपालिका-३ का बेचन यादवकी श्रीमती २४ वर्षीया अनिता यादवको शव फेला परेको मोरङ प्रहरीले यस अघि जानकारी दिएको थियो । 

रंगेली-३ स्थित तिलुवा चोकनजिकको नहरमा अनिताको शव भेटिएको थियो । पानी नभएको सुख्खा नहरमा हत्या गरेर फ्यालेको अवस्थामा शव भेटिएको जानकारी राईले दिए ।