विराटनगर - विश्वव्यापी महामारीको मा पछिललो समयमा फैलिएको कोभिड –१९ को समयमा शिव मन्दिर युवा समूह बिराटनगरले बिराटनगरका अस्पतालहरुमा निः शुल्क खाना ,पानि ,मास्क,सेनिटाईजर लगायतका सामग्रीहरु वितरण सुरु गरेको छ । गत जेठ २ गते देखी सो समूहले निः शुल्क खाना ,पानि ,मास्क,सेनिटाईजर लगायतका सामग्रीहरु वितरण सुरु गरेको समुहका अभियन्ता नबिन बिक्रम शाहले बताए ।
महामारीमा रोगले मान्छे मरेपनि भोकले मर्नुनपरोस भन्ने उद्देश्यका साथ यो अभियान सुरु गरेको उनको भनाई छ । गतसाल ठुलो टिम बनाएर खाना वितरण गरेको सो समुहले यसपाली समुह छोट्याएर सानो पारेको उनले बताए । जसमा नबिन नेवटिया, योगेश अग्रवाल ,उदय यादव ,राममाया थापा, लक्ष्मी केसी,पार्वती कामत साथै रबिन बिक्रम शाह लगायतका व्यक्तिहरु यस अभियानमा रहेको उनले जानकारी दिए ।
यसपालिको नयाँ भेरियन्ट सहितको कोरोना भएकाले १०–१२ जनाको सानो टिम बनाएर कोशी अस्पताल र नोबेल अस्पताल गरि दुई वटा सिमित स्थानमा बिहान एकचोटी खाना वितरण गर्ने गरेको उनले बताए । खाना वितरणका साथै सो समुले टिम बनाएर कसैको घरमा संक्रमण भेटिए या कसैको संक्रमणबाट मृत्यु भएको सुचना थाहा पाए उनिहरुको घर र आसपासका क्षेत्रमा सेनीटाईज गर्ने गरेको शाहले बताए ।

