विराटनगर- स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गरि अनावस्यक रुपमा घर बाहिर निस्कने क्रम नरोकिएपछि मोरङको लेटाङ नगरपालिका वडा नम्वर २ ले सडकमा कर्मचारीलाई परिचालन गरेको छ । वडा क्षेत्रमा कोरोनाको संक्रमण फैलन नदिन र कोभिडवारे जनचेतना जगाउने उद्देश्यले शिक्षक, कर्मचारी तथा सहकारीकर्मीलाई परिचालन गरिएको वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले बताए ।
आईतबार वडाकार्यालयमा सरोकारवालाहरुको बैठक बसेर वडा क्षेत्रमा रहेका सामुदायिक विद्यालयका शिक्षक र सहकारी सस्थाका कर्मचारीहरुलाई सोमबारवाट परिचालन गरिएको वडाध्यक्ष तिम्सिनाले बताए । कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यलय मोरङले जारी गरेको निषेधाज्ञा जेठ ११ गतेसम्म थपिएपनि वडामा निषेधाज्ञा पालना नभएपछि अनावस्यक रुपमा हिडडुलमा रोक लगाउने काम शुरु गरिएको वडाध्यक्ष तिम्सिनाले बताए ।
प्रहरी चौकि र जनप्रतिनिधिहरुको सिमित जनशक्तिबाट २ वटा नाकाहरुमा ड्युटी गरि वडा सिल गरि अति आबश्यक काम बाहेक हिडडुल गर्न निषेध गरिएकोमा अब थप दुईस्थानमा प्रहरी र स्वयम् सेवक परिचालन गरि वडाशिललाई व्यवस्थित गरिएको बताईएको छ । वडामा हालसम्म ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
३५ जनाभन्दा वढी कर्मचारीहरुले आलोपालो गरेर विहान ५ वजेदेखि साझ ६ः०० बजेसम्म वडाका ४ वटा नाकाहरुमा स्वयमसेवककोे रुपमा प्रहरीलाई सहयोग गर्ने बताईएको छ ।

