विराटनगर - प्रदेश १ मा सोमबार २०२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ११४,झापामा ३७ , सुनसरीमा ३३ ताप्लेजुङमा २, संखुवासभा, उदयपुर, पाँचथर र इलाममा १-१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरंगको विराटनगरमा ३५ महिला र ५५ पुरुष गरि ९० जना, बुढीगंगामा ८, कटहरीमा ४, रंगेलीमा ३, लेटाङ र बेलबारीमा २-२, केराबारी, सुन्दरहरैचा, धनपालथान, उर्लाबारी र ग्रामथानमा १-१, सुनसरीको इटहरीमा १४, धरानमा १३, इनरुवामा ४, गढी र स्थानीय तह नखुलेको १-१, झापाको दमकमा १५, गौरीगञ्जमा ६, मेचीनगर र विर्तामोडमा ४-४, अर्जुनधारा र कनकाईमा ३-३, शिवसताक्षी र कमलगाउँपालिकामा १-१, ताप्लेजुङको सिदिङ्वा र फुङलिङमा १-१, संखुवासभाको धर्मदेवीमा १, उदयपुरको चौदण्डीगढीमा १, पाँचथरमा १, इलाममा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ६४६ पुगेको छ । संक्रमित मध्ये २९ हजार ९५९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १ हजार २०५ पुगेको छ । प्रदेश १ मा हिजो ७४७ जनाको पीसीआर परीक्षण गर्दा ७६ महिला र १२६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

