विराटनगर -  प्रदेश १ मा आईतबार १२२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८५, सुनसरीमा १५, झापामा ५, संखुवासभामा ४, धनकुटा, खोटाङ, इलाम, पाँचथर र ताप्लेजुङमा १-१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा २४ महिला र ५१ पुरुष सहित ७५, बुढीगंगामा ४, कटहरी र उर्लाबारीमा २-२ र धनपालथान र लेटाङमा १-१, सुनसरीको इनरुवामा ६, इटहरीमा ४, बराहक्षेत्र, हरिनगर, दुहवी, रामधुनी र धरानमा १-१, झापाको दमकमा ४, भद्रपुरमा १, संखुवासभाको खाँदबारीमा ३ र स्थानीय तह नखुलेको १,  धनकुटाको चौवीसे,  खोटाङको खोटेहाङ, इलामको इलाम, पाँचथरको मिक्लाजुङ र ताप्लेजुङको फुङलिङमा १-१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ४४४ पुगेको छ । संक्रमित मध्ये २९ हजार ९५४ जना संक्रमणमुक्त भएका छन् । १ हजार १० जना सक्रिय संक्रमित छन् । प्रदेश १ मा आईतबार ४४१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३६ महिला र ८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।