विराटनगर- मोरङको कटहरी गाउँपालिका–४ घर भएका कोरोना भाइरस संक्रमित एक पुरुषको उपचारका क्रममा विराटनगरमा आज मृत्यु भएको छ । तीन दिनअघि संक्रमण पुष्टि भएका ४५ वर्षीय पुरुषको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ज्यान गएको हो ।

कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि गत वैशाख ६ गते भर्ना गरिएको अस्पतालका संयोजक एपोलो भगतले जानकारी दिए। उनका अनुसार पछिल्लो समय ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएका पुरुषमा मधुमेह र फोक्सो सम्बन्धी पुरानै समस्या थियो ।

पुरुषको उपचारका क्रममा बिहान ११ः३० बजेतिर ज्यान गएको हो । अवस्था गम्भीर बन्दै गएपछि अक्सिजन दिएर उपचार जारी राखिए पनि संक्रमित पुरुषलाई बचाउन नसकिएको भगतको भनाइ छ ।