विराटनगर - कोरोना सङ्क्रमणका कारण धरानमा थप एक जनाको मृत्यु भएको छ । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका धरान उपमहानगरपालिका– ११ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।उच्च रक्तचापका विरामी पुरुषमा बैशाख ७ गते प्रतिष्ठान पुगेका थिए ।
सोही दिन कोरोना पोजेटिभ देखिएको थियो ।कोभिड १९ उपचार केन्द्रमा उपचारका क्रममा गए राति ११ बजे मृत्यु भएको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डाक्टर चुणामणी पोखरेलले जानकारी दिए ।
हिजो दिउँसो प्रतिष्ठान मै इटहरी उपमहानगरपालिका –२ की ७८ वर्षीया वृद्धा महिलाको मृत्यु भएको थियो । चैत २४ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।

