विराटनगर–उद्योगी र मजदुरको सम्बन्ध पछिल्लो समय निकै सहजपूणर् रहदै आएको छ । अर्थात औद्योगिक करिडोरमा हुने मजदुर हट्तालका घटना अहिले हुन छाडेका छन । जुन पहिले दिनहु सुनिदै र देखिदै आएको थियो । 

उद्योग संगठनको नयाँ नेतृत्वले यो सम्बन्धलाई फेरि एउटा नयाँ उचाइ दिने प्रयास गरेको छ । मजदुरलाई उत्पादनसंग जोड्ने र उत्पादकत्व बृद्धि गरि निर्यात ब्यापार बढाउने । जसले थप रोजगारी श्रृजना गर्ने छ भने मुलुकले ब्यहोर्दै आएको ब्यापार घाटा समेत कम हुनेछ । 

उद्योग संगठन र उद्योग व्यवसायको क्षेत्रमा कार्यरत श्रमिक र संचालक व्यवस्थापक वीच सुमधुर श्रम सम्बन्धको विकास गर्दै अघि बढ्ने सहमति मजदुरहरुको संगठन बिच सहमति भएको छ । उद्योग संगठनमा भएको दुई पक्षिय छलफलमा ब्यवस्थापक र श्रमिक वीचको असल श्रम सम्वन्ध स्थापना गर्दै यस श्रेत्रलाई देशकै उदाहरणीय श्रममैत्री औद्योगिक कोरीडोरका रुपमा विकास गर्ने,उद्योग प्रतिष्ठानका श्रम समस्या समाधानका लागि ट्रेड युनियन र संचालक वीच आगामी दिनमा छलफलमा निरन्तरता दिई आपसी सहमतिका आधारमा समाधान गर्ने, व्यवसायजन्य स्वास्थ्य सुरक्षाका लागि जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्न संगठनले पहल एवं समन्वय गर्ने भएको छ । 

छलफलमा वोल्दै संगठनका अध्यक्ष सुयष प्याकुरेलले ब्यावस्थापक र श्रमिक एक रथका दुई पांग्रा भएकाले दुवैको आपसी सम्वन्ध थप प्रगाढ बनाउनु पर्ने, महीला श्रमिकको समस्यालाई पुरुषले समेत उठाउनुपर्ने उल्लेख गरे । उनले कोरीडोरका उद्योगमा असल श्रम सम्बन्ध विकासका लागी संगठनका तर्फवाट आफुले लगायत कार्यसमितिले पहल गर्ने विश्वास दिलाउदै संगठनमा सामाजिक सुरक्षा कोषका सम्वन्धमा सहजीकरण गर्न संगठनमा एक इकाई स्थापना गर्न कोषका साथ सकारात्मक पहल भएको जानकारी समेत गराए । 

संगठनका रोजगार हेर्ने उपाध्यक्ष भोलेश्वर दुलालले संगठनले यस क्षेत्रलाई लगानीमैत्री वनाउदै ट्रेड यूनियनले उठाएका कतिपय विषय केन्द्रीय तहवाट हल हुने भएकाले उक्त विषयलाई अविलम्व सम्वोधन गर्ने केन्द्रिय तहमा पहल गरी स्थानिय स्तरमा समाधान गर्न सकिने समस्यालाई समाधान गर्न संगठन मार्फत पहल गर्ने धारणा राखे । 

सयूक्त ट्रेड यूनियन समन्वय समितिका संयोजक टिका प्रसाईंले सामाजिक सुरक्षा योजना, श्रम ऐनमा भएका व्यवस्था, न्यूनतम पारिश्रमिक जस्ता श्रमिकका विषय कार्यन्वयनमा उद्योग संगठनलाई यस क्षेत्रमा नेतृत्वदायि भुमिका निर्वाह गर्न अनुरोध गर्दै विगत एक वर्ष देखि विश्वलाई आक्रान्त पारेको कोरोना महामारीको समयमा श्रमिकले पाउन सक्ने आधारभुत सुविधाहरुको उपलब्धता सुनिश्चित गर्नु माग समेत गरे ।  

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का प्रदेश अध्यक्ष किशोर धमलाले श्रम ऐनमा भएको व्यवस्था कार्यन्वयन गर्न संगठन र ट्रेड यूनियनहरुले संयूक्त रुपमा पहल गर्नूपर्ने विचार राख्दै ट्रेड यूनियनहरु श्रमिक र संचालक वीचको पूल भएको वताए ।  

नेपाल ट्रेड यूनियन काँग्रेस प्रदेशका अध्यक्ष नारायण वावु कार्कीले श्रमिकहरुको लागि प्रदेश स्तरिय ऐन, कानुन नभएकाले प्रदेश स्तरिय श्रम निति निमाणर्मा संगठनले प्रदेश सरकार समक्ष पहल गर्नु पर्ने धारणा राखे ।  

समाजवादि ट्रेड यूनियनका प्रदेश अध्यक्ष मोहम्मद नसरुलले श्रमिक र संचालक विच नङ र  मासुको सम्वन्ध भएकाले श्रमिकका समस्या समाधानमा संचालक व्यवस्थापकले चासो दिई विवाद उत्पन्न हुनै नदिने वातावरण तयार गर्न एक अर्कालाई सहयोगको भावना लिई काम गर्नु पर्ने वताए ।  

पछिल्लो समय उद्योगमा काम गर्ने महिलाहरुको संख्या बढ्न थालेपछि उद्योगमा महिला मैत्रि वातावरण निमाणर् गर्न र शिशु स्याहार केन्द्र संचालनमा ल्याईनुका साथै महिला हिंसा न्युनिकरणका लागि सचेतना मुलक कार्यक्रम संचालन गर्न नेपाल ट्रेड यूनियन काँग्रेसको मोरङ महिला विभागको अध्यक्ष झुमा निरांैलाले जोड दिइन ।