विराटनगर-उद्यमशिलता विकास तथा उत्पादकत्व अभिबृद्धिका लागी नविन इनोभेसन तथा स्टार्टको भूमिका, नवप्रवद्र्धनात्मक सोचहरुलाई व्यवसायीक उद्यमशिलतामा रुपान्तरण गर्ने उदेश्यले उद्योग संगठन मोरङ र आबिष्कार केन्द बिच सहकार्य हुने भएको छ । आविष्कार केन्द्रका अध्यक्ष महाबीर पुन र उद्योग संगठन बिच सहकार्यको थालनी हुने भएको हो ।
उद्योग व्यवसायको उत्पादकत्व एवं प्रभावकारिता वढाई उत्पादन लागत कम गर्न तथा नविन आविष्कार र प्रविधिलाई उद्योगमा प्रयोगको सम्भावना, त्यस्ता सोचहरुलाई व्यवसायीक रुपान्तरण गर्न आविष्कार केन्द्रसंगको सहकार्यले सहयोग पुग्ने उद्योग संगठनका अध्यक्ष सुयष प्याकुरेलले बताए ।
सम्भावित लगानीकर्ताहरुको खोजी गर्नका साथै नविनतम सोचहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले संगठनले इनोभेशन एवं स्र्टाट अप ईकाईको स्थापना गरी युवाहरुका लागि सम्भावनाको नयाँ मार्ग प्रसस्त कार्यक्रमको आयोजना गरिएको प्याकुरेलले जानकारी दिए । संगठन अन्तर्गत गठन भएको स्टार्ट अप तथा ईनोभेशन समितिमा राष्ट्रिय आबिष्कार केन्द्रका अध्यक्ष महाबीर पुनलाई प्रमुख सल्लाहकारका मनोनयन गरी राष्ट्रिय आबिष्कार केन्द्रका साथ सहकार्य अघि वढाएको उनले बताए ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले नेपालको सन्दर्भमा आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गरी व्यापार घाटा कम गर्न सबै प्रकारका नविन व्यवसायीक प्रविधिहरुको उपयोग आजको आवश्यकता रहेको वताउदै अनुसन्धानका लागि गर्नुपर्ने खर्च व्यवस्थापन गर्न विकसित राष्ट्रहरुले जस्तै राज्यले कुल ग्राहस्थ उत्पादनको कम्तिमा १ प्रतिशत रकम छुट्टाई कोष स्थापना गर्ने र आवश्यक नीति, नियम र कार्यविधि वनाई तत्काल काम गर्नु पर्ने वताए ।
त्यसैगरी उनले उद्योग व्यवसायका साथै वैकिङ क्षेत्रले खोज तथा अनुसन्धानको क्षेत्रलाई प्रोत्साहित गर्न सामाजिक उत्तरदायित्व अन्र्तगत छुट्टाएको १ प्रतिशत रकमबाट इनोभेशनमा खर्च गर्न पाउनु कानुनी व्यवस्थाका लागि पहल गर्नुपर्ने माग गरे ।
उहाले उद्योग संगठन मोरङले उद्योगमा नविन आविष्कारहरुको प्रयोगका साथै नयाँ सोचहरुलाई व्यवसायीकातामा रुपमान्तरण गर्न शुरु गरेको यो अभियानमा राष्ट्रिय आविष्कार केन्द्रले सहकार्य गर्न प्रतिवद्ध रहेको विश्वास दिलाए ।
संगठनका कार्यसमिति सदस्य तथा स्र्टाट अप तथा इनोभेशन समितिका संयोजक सुरेन्द्र गोल्छाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै नया प्रविधिको विकास, क्षमता भएरपनि आर्थिक अभावमा प्रवद्र्धन हुन नसकेका नविनतम अवधारणाहरुलाई संगठनले सहयोग पुर्याउने वताए । बैज्ञानिक, अन्बेषक, उत्प्रेरकका साथ भएको छलफलले आगामी दिनमा संगठनलाई यस क्षेत्रमा थप उत्साहित भएर कार्यगर्न उर्जा प्राप्त भएको संयोजक गोल्छाले वताए ।
संगठनका निवर्तमान अध्यक्ष भीम घिमिरेले देशलाई आर्थिक रुपमा सबल र सक्षम वनाउन आविष्कारका कार्यहरुलाई वढावा दिदै यस क्षेत्रमा सबैले सहयोग पुर्याउनु पर्नेमा जोड दिए । वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारकाले उद्योग कलकारखानामा प्रयोग हुने सानो भन्दा सानो मिल मेशिनरीहरु पार्टपुर्जा औजार आदीका लागि समेत आयातमा भर पर्नुपर्ने अवस्थाको अन्त्यका लागि नविन खोज वैज्ञानिक अनुसंधान उपयोग गर्ने तर्फ काम गर्नुपर्ने वताए ।
कार्यक्रममा उद्योग संगठन मोरङका उपाध्यक्ष राजकुमार गोल्छा, नन्दकिशोर राठी, भोलेश्वर दुलाल, कोषाध्यक्ष बिपिन कावरा, कार्यसमिति सदस्य तारानाथ निरौला, पारस लुनिया, सुवोध कोईराला, प्रतिभा रिजाल ओली, ईन्द्र खत्री राजन, सुनिल कुमार धनावत, सौरभ सारडा लगायत विभिन्न उद्योग प्रतिष्ठानका संचालक, प्राध्यापक, ईनोभेशनका क्षेत्रमा कार्य गर्दे आएका युवाहरुको सहभागिता रहेको थियो ।

