विराटनगर - मोरङको धनपालथान गाउँपालिका–४ भलुवा चोकमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु भएको छ ।
पश्चिमतर्फ जाँदै गरेको को २७ प ६४५९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालक रंगेली नगरपालिका–२ का २३ वर्षीय भोला शर्माको मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिहान ७ बजेतिर कोसी अस्पताल विराटनगरमा ज्यान गएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रंगेली–३ का २२ वर्षीय कासमिक मुर्मु गम्भीर घाइते भएका छन् । उनको कोशी अस्पतालमै उपचार भइरहेको बताउँदै डीएसपी राईले घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी दिए।
।

