विराटनगर - नयाँ वर्ष २०७८ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीको नाममा सम्बोधन गरेकाछन । देशवासीलाई नयाँ वर्षको शुभकामना दिदै प्रधानमन्त्री ओलीले कोरोना महामारीविरूद्ध सतर्कता र स्वास्थ्य मापदण्ड पालना गर्न सबैमा आग्रह गरे ।वर्ष २०७७ साल कोरोना महामारीका साथै राजनीतिक अस्वस्थताले धुमिल भएको प्रधानमन्त्रीको भनाइ छ ।

उनले मेलम्चीको पानी काठमाडौंमा ल्याउन सफल हुनुलाई अघिल्लो वर्षको मूख्य उपलब्धीको रुपमा चित्रण गरे। आफूहरूको सही नीतिकै कारण कोरोनाबाट तुलनात्मक रूपमा नेपालमा कम क्षति भएको प्रधानमन्त्री ओलीको दाबी छ ।कृषि उपजमा वृद्धिदर राम्रो रहेको प्रधानमन्त्रीको भनाइ छ । सरकारले संबृद्ध नेपाल, सुखी नेपालीको नारा सार्थक पार्न हरेक दिन साँढे ५ किलोमिटर बाटो निर्माण गरिरहेको दावी गरे ।

व्यापार घाटा संतुलनतर्फ फर्काउने प्रयास जारी रहेको पनि ओलीको भनाई छ । आगमि बजेटमार्फत सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा प्रधानमन्त्रीले गरेका छन ।यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले वर्ष २०७७ राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको बताएकीपछन ।

नयाँ वर्ष २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सासहितको निशाना छाप परिवर्तनका लागि संविधान संशोधन गर्न सम्पूर्ण राजनीतिक दलहरूबीचमा मतैक्य कायम हुनु, केही राजनीतिक समूह सशस्त्र विद्रोहको बाटो परित्याग गरी शान्तिपूर्ण मार्गमा आउनु महत्वपूर्ण राजनीतिक उपलब्धि भएको उल्लेख गरेकी छन ।