विराटनगर -   नेकपा (एमाले– नेपाल समूह)का अध्यक्ष माधवकुमार नेपालले  पार्टीलाई बलियो बनाउन विभिन्न जिल्लामा संगठन विस्तार गरेको बताएकाछन। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै  जिल्लामा गठन हुने कमिटीहरुबाट पार्टी फुटाउने होइन  यसबाट कार्यकर्ताहरुमा उत्साह थपिनुका साथै  र पार्टी एकतावद्ध हुने धारणा राखे ।

नेता नेपालले पार्टीले लोकतान्त्रिक सङ्घीयताको मूल्य र मान्यताका  कायम राखी मुलुकमा सुशासन सहित जनताको जीवनस्तर उकास्ने कार्यमा जिल्ला दौडाहा कार्यमा निस्किएको विचार व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री नेपालले  अदालतको आदेश आफुले सम्मान गर्ने बताउँदै पार्टी विसं २०७५ जेठ २ गते आगाडि सबै निर्वाचित सवै पदाधिकारी कायम रहनु पर्नेमा जोड दिए । पत्रकारहरुको प्रश्नको जवाफमा नेपालले प्रदेश सरकार विरुद्ध ल्याएको अविश्वास फिर्ता केही वाध्यताका कारण भएको  बताए ।

अध्यक्ष नेपालले बर्तमान पार्टी नेतृत्वले कार्यकर्ताको मनोवल घटाएको, संगठन छिन्नभिन्न बनाएको आरोप लगाउदै  सबै कार्यकर्तालाई एकतावद्ध गरी सुदृढ पार्टी बनाउने दावी समेत गरे ।