विराटनगर -  नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिको आगामी चैत २५ गते हुने निर्वाचनको लागि ५६ जनाको उम्मेदवारी दर्ता भएको छ । विहिबार साँझ सम्म २१ पदका लागि ५६ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । प्रदेश समितिको महिला उपाध्यक्ष र समावेशी सचिव वाहेकका पदमा बागि उम्मेदवारी परेको छ ।

प्रदेश समितिको अध्यक्षमा मोहन काजी, लिलाबल्लभ घिमिरे र सोमनाथ सुसेली, उपाध्यक्ष खुल्लामा अर्जुन जम्मनेली, रोहितकुमार राई र लवदेव ढुंगाना,  उपाध्यक्ष महिलामा कोकिला ढकाल र हिमाकुमारी चेम्जोङ, महासचिवमा फिफराज बेघा लिम्बु, बन्धु पोखरेल, विवेक गौतम र श्री शिशा राईको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक यज्ञप्रसाद शर्माले बताए ।  उनका अनुसार खुल्ला सचिव पदमा अविजाल बिष्ट, कौशल निरौला, देवेन्द्र कार्की र भक्तशेर लिम्बु, सचिव समावेशीमा सन्तवीर लामार सन्तोष यादव, कोषाध्यक्षमा गणेश साम्पाङ, विमल लामिछाने ‘बुद्धि’ र सन्तोष रुचालको उम्मेदवारी परेको छ । 

खुल्ला सदस्यहरुमा कमल रिमाल, केशरबहादुर चौहान, केशव भट्टराई,  गोपालप्रसाद पोखरेल, टिकाराम उप्रेती, तेजेन्द्र भण्डारी, तोयानाथ भट्टराई, ध्रुव भट्टराई, मिनराज उप्रेती, युवराज विवश, लिलाराज झापाली, सत्यनारायण शर्मा, सुमन गुरागाँई, सुरेन्द्र भण्डारीले उम्मेदवारी दिएका छन् । 

सदस्य महिलामा देविका चाम्लिङ राई, विनादेवी तामाङ, विनु तिम्सिना, माला पालुङ, शुभद्रा प्याकुरेल, सुमित्रा कोइराला र सुशीला पाठक,  सदस्य दलितमा पिबी दियाली र रणध्वज लोहार, पसदस्य आदिवासी जनजातीमा उपेन्द्र चाम्लिङ, दिलकुमार लावती, विष्णु सुब्बा र यमनकुमार दनुवार,  सदस्य मधेसीमा चन्दनकुमार रौनियार, प्रमोदकुमार यादव, फुलचन्द मेहता, ब्रम्हदेव यादव र सुर्यनारायण यादव र  सदस्य अल्पसंख्यकमा तावील अन्सारी, लिलाबहादुर सुनुवार र विजय धिमालले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।