विराटनगर - प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले मन्त्रालयका आगामी प्राथमिकता र कार्यक्रम सार्वजनिक गरेकीछन । मन्त्रालयको पदभार ग्रहण गरेको ६ दिनपछि बुधबार पत्रकार सम्मेलन गरि मन्त्रालयका सवै कार्यक्षेत्रलाई समेटेर आगामी प्राथमिकता र कार्यक्रम सार्वजनिक गरेकीहुन । दोश्रो चरणको कोरोना संक्रमण बढ्ने संभावनालाई ध्यानमा राखि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई पुन ः सञ्चालनको तयारी गरिएको उनले बताईन ।
पुन ः सञ्चालनका लागि अस्पतालको निरीक्षण गरि आवस्यक निर्देशन पनि दिएको बताएकीछिन । मन्त्री राईले प्रदेशमा रहेका यसअघि कोरोना उपचारमा संलग्न अस्पताललाई तयारी अवस्थामा रहन आग्रह समेत गरेकीछन । उनले सवै जिल्ला अस्पतालहरुलाई कम्तिमा १० वेड सम्म कोभिड आईसोलेसन वार्ड तयार गरि उपचारको व्यवस्थापनका लागि निर्देशन दिईने बताईन। बुधबार सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री राईले आगामी कार्ययोजना सार्वजनिक गरेकीहुन ।
उनले स्वास्थ्य वीमा कार्यक्रमले नसमेटेका र पैशाको अभावमा उपचार गर्न नसक्ने गरिव जनताका लागि आवस्यक कार्यविधि र मापदण्ड बनाएर लागु गरिने बताईन । उनले विद्यालय शिक्षाको गुणस्तरमा सुधार गर्न भौतिक पूर्वाधार निर्माण, विस्तार तथा जनशक्तिको क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने बताईन ।
मन्त्री राईले महिलाको सुरक्षाको सवालमा अन्तर मन्त्रालय समन्वय गरि विशेष ध्यान दिईने बताएकीछन् । प्रदेश स्तरमा सञ्चालित जेष्ठ नागरिक लक्षित दन्त उपहार तथा आँखा उपचार कार्यक्रम सञ्चालनका लागि योजना बनाएर लागु गरिने उनको भनाई छ । स्थानीय तह, प्रदेश सरकार र सामाजिक विकास संस्थासँगको सहकार्यमा सडक आश्रित, सहयोगापेक्षी मानवमुक्त प्रदेश निर्माण कार्यलाई निरन्तरता दिईने सामाजिक विकास मन्त्री राईले बताईन।
उनले प्रदेश खेलकुद बोर्ड र जिल्ला खेलकुद विकास समितिहरु चाडै गठन गरिने बताइृन । सामाजिक विकास मन्त्रालयबाट सम्पादन गर्नुपर्ने कार्यहरुलाई आवस्यक पर्ने ऐन, नियमावली, कार्यविधि आदिको तर्जुमा गर्ने र विद्यमान कानूनहरुको समयानुकुल शंसोधन गरिदै लगिने उहाँले बताइन् । मन्त्री राईले व्याण्ड भर्सेज ब्राण्डको अवधारणा अनुसार नेपाली कोदोको रक्सिलाई ब्राण्डिङ गर्ने कार्यको बारेमा कानूनी र व्यवहारिक पक्षको अध्ययन गरि लागू गरिने बताइन् ।

