विराटनगर - नेपाल पत्रकार महासङ्घ प्रदेश १ को भवन मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट निर्माण भएको भवन आज उद्घाटन गरेका हुन् ।
विराटनगर महानगरपालिकाले उपलब्ध गराएको जग्गामा भवन निर्माणका लागि सरकारले ७६ लाख बजेट विनियोजन गरेको थियो ।आज नै अग्रज पत्रकारको अनुभव समेटिएको पुस्तक मेरो पत्रकारिता पनि विमोचन भएको छ ।
मुख्यमन्त्री राई, आन्तरिक मामिलामन्त्री हिक्मतकुमार कार्कीले पुस्तक विमोचन गरे ।भवन उद्घाटन भएसँगै प्रदेश १ महासङ्घ देशकै पहिलो आफ्नै संरचना भएको प्रदेश बनेको छ ।

