विराटनगर-स्वदेशी उत्पादनलाई प्राथमिकता दिदै आफुलाई आवश्यक पर्ने सामाग्रीको स्वदेशमै उत्पादन र खपत गरि विदेश समेत निर्यात गर्न सके ब्यापार घाटा कम हुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन । ओलीले आफ्ना उत्पादनले परनिर्भता घटे समृद्ध नेपाल सुखी नेपालीको अभियानले सार्थकता पाउने उल्लेख गरे । 


शुक्रबार भर्चअल माध्यमबाट उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयूक्त रुपमा तय गरेको राष्ट्रव्यापी ‘मेरो देश, मेरै उत्पादन’ अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी ओलीले उक्तकुरा बताएका हुन । दुबै संगठनले स्वदेशी उत्पादनको प्रवद्र्धन गरी आर्थिक एवं औद्योगिक विकासमा टेवा पुर्‍याउने लक्ष्यका साथ ‘मेरो देश, मेरै उत्पादन’अभियान सुरु गरेका हुन । 


वढ्दो व्यापार घाटालाई न्यूनिकरण गरी सन्तुलनमा ल्याउनका साथै स्वदेशी वस्तु उत्पादनमा विविधिकरण गरी उपभोग्य वस्तुहरुमा देशलाई आत्मनिर्भर वनाउदै रोजगारीका अवसरहरुसिर्जना गर्दै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले प्रारम्भ गरिएको यस अभियानले नेपाल सरकारले अवलम्वन गरेको समृद्ध नेपाल, सुखि नेपालीको अभियानमा सहयोग पुर्‍याउने विश्वास व्यक्त समेत प्रधानमन्त्रीले ब्यक्त गरे ।  164591700_217111323535331_9127492195758898624_o


सम्बोधनमा प्रधानमन्त्रीले भने‘हामीले आफ्नै देशको उत्पादन उपभोग गर्ने संस्कारको विकास गर्नु पर्छ । हामीलाई पुग्ने मात्र होइन त्यो भन्दा बढी उत्पादन गरेर निर्यात पनि गर्नु पर्छ । जसले रोजगारीको श्रृजना र व्यक्तीगत आम्दानी पनि बढाउन मद्धत गर्दछ । हाम्रो उत्पादन मार्फत अन्तराष्ट्रिय बजारमा समेत पहिचान बनाउनु पर्छ ।’ 


हामीले आवश्यक नै नपर्ने समाग्रीको आयात गरिरहेको जस्ले ब्यापार घाटा बढाएको छ । त्यसैले त्यस्ता सामाग्रीको आयातलाई निरुत्साहन र उपयोग गर्न छाड्नु पर्नै बताउदै प्रधानमन्त्री ओलीले ‘मेरो देश मैरै उत्पादन’ अभियानलाई सहयोग गर्न आफु तयार रहेको उल्लेख गरे । 


ब्यापार घाटा कम गर्न निर्यात केही बढीरहेको छ । तुलनात्मक अध्ययान गर्दा ब्यापार तीन बर्ष पहिलेको तुलनामा अहिले व्यापार घाटा कमगर्दै लगेको प्रधानमन्त्रीले दावि गरे । असन्तुलित बन्दै गएको ब्यापार घाटा नियन्त्रण तर्फ अघि बढेको उनको दावि थियो ।  

165080271_10217101817249651_1419626274728970778_n

पछिल्लो समय विद्युतको नियमित आपूर्ति, बन्दहड्तालको अन्त्य र मजदुर उद्योग प्रशासन बिचको सुमधुर सम्बन्धले उद्योग मैत्री वातावरण बनेको दावि गर्दै ओलीले सरकार पनि उद्योग मैत्री बनेको बताए । 


आठवटा ठुला औद्योगिक क्षेत्र सिलान्यास, सेज र औद्योगिक ग्रामको स्थापना लगायतका बिषयले सरकार औद्योगिकरणमा सकारात्मक भएको सन्देश प्रवाह भएको छ । उद्यमी प्रबृत्तिको विकास र उद्यममा भविष्य देख्ने वातावरण बनाएको दावि उनले गरे । उनले भने‘उद्योगको विकासले सामाजिक जिवन, एक जनाले रोजगारी पायो भने परिवार पाल्ने अवसर पाउनु हो । एउटा आश्रीत परिवारको भविष्य निर्माण गर्न पाउनु हो ।’ 


अढाइ दशक देखीको हिंसाको अवशेषलाई पछिल्लो समय शान्ति प्रक्रियामा ल्याएर सधैंका लागि हिंसाको राजनीति अन्त्य गरेको प्रधानमन्त्रीले उल्लेख गरे ।  उनले भने‘उद्योगी र व्यवसायीहरुलाई भन्सारमा करमा कहानेर समस्या छ लिएर आउनोस त्यसलाई तत्कालै सच्याउछौं । उद्योगी व्यवसायीका लागि  सरकार प्रतिपक्षि होइन सहयोगी हो ।’


प्रधानमन्त्रीले उद्योग संगठन मोरङका नवनिर्वाचित अध्यक्ष सुयष प्याकुरेल लगायतको टिमलाई बधाइ दिदै आगामी दिनमा समृद्ध नेपाल सुखी नेपालीको उद्येश्य प्राप्तीमा सहायक हुने ‘मेरो देश मेरै उत्पादन’अभियानलाई उचाइमा पुर्‍याउन आग्रह गरे । निर्वतमान अध्यक्ष भीम घिमिरेलाई समेत प्रधानमन्त्री ओलीले धन्यवाद ज्ञापन गरेका थिए । 


कार्यक्रममा मुख्यमन्त्री शेरधन राई, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा,उद्योग संगठन मोरङका निर्वतामान अध्यक्ष भीम घिमिरे, मोरङ ब्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर १ अध्यक्ष टीकाराज ढकाल, नवनिर्वाचित अध्यक्ष सुयष प्याकुरेल लगायतले सम्बोधन गरेका थिए । प्रधानमन्त्री प्रत्यक्ष सहभागि हुने गरि तय गरिएको कार्यक्रम कोरोना महामारी फैलन सक्ने भन्दै भर्चुअल गरिएको थियो ।