विराटनगर - विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा धरान सिटी फुटबल एकेडेमी सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगर– १६ स्थित जुट मिल्सको खेलमैदानमा आज  भएको अन्तिम क्वाटरफाइनल खेलमा शताक्षीधाम स्पोर्ट्स क्लब झापालाई १–० गोलले पराजित गरि धरान सेमिफाइनलमा प्रवेश गरेको हो । जितसँगै धरान बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा साइनो स्पोर्ट्स क्लब रानी बिच हुनेछ ।

अन्तिम चारमा पुगेको धरानले जितको लागि एक मात्र निर्णायक गोल खेल सुरू भएको ४ मिनेटमै गरेको थियो । धरानका तपन कार्कीले गरेको गोल निर्णायक बन्यो ।

खेलको म्यान अफ द म्याच झापाका गोलरक्षक सन्दिप लिम्बु घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगिताको बिजेता नगद १ लाख ५० हजार रुपैयाँको साथै ट्रफि र उपबिजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।