विराटनगर -  विराटनगर–५ स्थित एभरेष्ट कलेज फुटबल टुर्नामेन्ट २०७७ को उपाधि कक्षा १२ को व्यवस्थापन संकायले जितेको छ । कलेजकै खेलमैदानमा आज  सम्पन्न फाइलन खेलमा कक्षा १२ कै विज्ञान संकायलाई १ का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै व्यवस्थापन संकायले उपाधि जितेको हो ।

विज्ञान संकायकालागि एक मात्र गोल डेविड पराजुलीले गरे भने व्यवस्थापन संकायका लागि आमोस दाहाल र विपुल श्रेष्ठले एक एक गोल गरे । ६० मिनेटकोे खेल अत्यन्तै रोमाञ्चक बनेको थियो । फाइनल खेलको म्यान आफ द म्याच विजयी टीमका कप्तान आविश्कार खड्का घोषित भए ।

प्रतियोगिताको पहिलो दिन सम्पन्न खेलबाट कक्षा ११ दुई खेल नै हारेर बाहिरियो । कक्षा ११ र कक्षा १२ को विज्ञान संकायको खेलमा कक्षा ११ तीन–शुन्यको फराकिलो अन्तरले पराजित भयो भने कक्षा १२ कै व्यवस्थापन संकायसँग २-१ को अन्तरले पराजित भएको थियो ।

विद्यालयका प्राचार्य टीकाराम पुरीले हिजो उद्घाटन गरेको प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगिताका विजयी खेलाडीहरुलाई कलेजका सह–प्राचार्य नवराज कोइरालाले मेडल प्रदान गरे ।