विराटनगर-भारतमा उत्पादन भएको ३३ एचपी देखी ७५ एसपी सम्मका ट्याक्टरहरु विक्री गर्दै आएको प्रदेश १ को कोशी अंचलको थोक विक्रेता केसरीचन्द भवरलालले विराटनगरमा सुनसरी र मोरङका ट्याक्टर मेकानिकहरुलाई ट्याक्टरको प्राविधिक पक्ष र कार्यक्षमताका बारेमा जानकारी गराएको छ । कार्यक्रममा ५० जना मेकानिकको सहभागिता रहेको थियो । 

कार्यक्रममा कम्पनीबाट आएका इन्जिनियरहरुले ट्याक्टरको तान्न सक्ने क्षमता र प्राविधिक पक्षको बारेमा मेकानिकहरुलाई जानकारी गराएका थिए । विषेश गरेर पहाडी क्षेत्रमा संचालन गर्नका लागि निकै राम्रो रहेको उनीहरुले बताए ।

सामान ढुवानी गर्दा अढाई लिटर तेलमा एक घण्टा र जोत्न प्रयोग गर्दा ट्याक्टरले ५ लिटर प्रति घण्टा इन्धन खपत गर्छ । सेल्स मैनेजर डम्बर आचार्यका अनुसार अन्य ट्याक्टर जस्तो जति लोड भएपनि इण्डोफार्मको ट्याक्टरको अगाडीको टाउको उठ्दैन । त्यस्तै डबल क्लज, साईड गियर, हाइड्रोलिक स्टेरिङ र फोर ब्हिलको कारण अन्य ट्याक्टरको तुलनामा चलाउन अत्यान्त सहज रहेको छ । 

इटहरी क्षेत्र हेर्ने मार्केटिङ म्यानेजर दुर्गा बुढाथोकीले आम किसान र उपभोक्ताको चाहना अनुरुपको नै ट्याक्टर रहेकाले पछिल्लो समय उपभोक्ताको रोजाई भित्र इण्डोफार्म परिरहेको बताए ।