विराटनगर-उद्योग संगठन मोरङको अध्यक्षमा सुयश प्याकुरेल निर्विरोध निर्वाचित भएका छन । उनी यस अघि बरिष्ठ उपाध्यक्ष थिए । शनिबार राती सम्पन्न भएको बन्दसत्रमा घोषित निर्वाचन १४ सदस्यी कार्य समिति चयन भएको हो ।
बरिष्ठ उपाध्यक्ष र सदस्यहरुमा सर्ब सम्मतको प्रयास विफल भएपछिबरिष्ठ उपाध्यक्ष र सदस्यहरुमा सर्ब सम्मतको प्रयास विफल भएपछि उद्योग संगठनको इतिहासमा पहिलो पटक वरिष्ठ उपाध्यक्ष र सदस्यपदका लागि मतदान भएको हो ।
वरिष्ठ उपाध्यक्षमा प्रदीपकुमार मुरारका र रोकश सुराना बिच भएको प्रतिष्पर्धामा ७७ मत ल्याएर मुरारका निर्वाचित भए । उनका प्रतिष्पर्धि सुरानाले ७५ मत प्राप्त गरे । दुई मतको अन्तरले मुरारकाले वरिष्ठ उपाध्यक्षमा बाजि मारेका हुन ।
बन्दसत्रबाट तीन उपाध्यक्षमा भोलेश्वर दुलाल, राजकुमार गोल्छा र नन्दकिशोर राठी निर्विरोध निर्वाचित भए । त्यसै गरि कोषाध्यक्षमा विपिन कावरा निर्वाचित भएभने सुनिलकुमार धनावत, पारस लुनिया, इन्द्र खत्री, सुवोध कोइराला, शौरभ सारडा, तारानाथ निरौला, सुरेन्द्र गोल्छा र सुदीप घिमिरे सदस्य पदमा निर्वाचित भए ।

