विराटनगर - दुइ जना महिलालाई भारतमा बेचबिखनका लागि लैजादैं गरेको अवस्थामा विराटनगर–१६ बाट दुइजना पक्राउ परेकाछन ।पक्राउ पर्नेमा विराटनगर १५ का काजी तामाङ र विराटनगर–१६ का प्रेमबहादुर मगर रहेकाछन । उनिहरुलार्ई प्रहरीले दुईजना महिलालाइृ झुक्याएर भारत लैजान लागेको अबस्थामा पक्राउ गरेको हो ।

रोजगारीमा लगाईदिने बहाना बनाएर सिन्धुपाल्चोक घर भएका दुईजना महिलालाई काठमाण्डौं हुँदै उनीहरुले विराटनगर ल्याएका थिए । उनिहरुलाई विराटनगरबाट जोगवनी नाकाबाट भारत लैजान आटेको अबीथामा पीडित महिलाहरुकै उजुरीका आधारमा उनीहरुलाई प्रहरीले सीमा क्षेत्रबाट नियन्त्रणमा लिएर महिलालाई उद्धार गरेको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय रानीको टोलिले गत फागुन २१ गते उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरु मानव बेचबिखनको क्रियाकलापमा संलग्न भएको खुलेकोले प्रहरी थप अनुसन्धान शुरु गरेको छ ।