विराटनगर  - महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसविरुद्ध विद्यार्थीले उच्च अदालत विराटनगरमा परमादेश माग गर्दै निवेदन दायर गरेका छन् । सिम्याट विषयको प्रवेश परीक्षा उत्तीर्ण गरे पनि आवेदन फारम भर्न नदिएपछि रङ्गेली नगरपालिका–३ का १८ वर्षीय कविर पन्तले परमादेश माग गर्दै निवेदन दायर गरेका हुन् ।

काठमाडौँ शङ्करदेव क्याम्पसबाट व्यवस्थापन सङ्कायको सिम्याटको प्रवेश परीक्षा उत्तीर्ण गरेका पन्त महेन्द्र मोरङ क्याम्पसमा बिबिएको आवेदन फारम भर्न आएका थिए । तर क्याम्पस प्रशासनले अन्य क्याम्पसबाट इन्ट्रान्स उत्र्तीण गरेका विद्यार्थीले आवेदन फारम भर्न नपाउने भन्दै फर्काइदिएकोबताएकाछन ।क्याम्पसले प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई फागुन २० गतेदेखि २५ गतेसम्म आवेदन फारम भर्नका लागि सूचना निकालेको र २३ गते आवेदन फारम भर्न पुगेका पन्तलाई क्याम्पस प्रशासनले फर्काएपछि २५ गते पुनः गएका थिए ।

तर त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको सूचनाविपरित आवेदन फारम भर्न नदिएपछि २५ गते नै उच्च अदालत विराटनगरमा परमादेश माग गर्दै निवेदन पेस गरेका हुन् ।त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय डिनको कार्यालयको सूचनामा जुनसुकै कलेजबाट इन्ट्रान्स पास गरेका विद्यार्थीले सो कोर्स रहेका जुनसुकै क्याम्पसमा आवेदन फारम भरेर अध्ययन गर्न पाउने उल्लेख भए पनि महेन्द्र मोरङ कलेजले भर्ना गर्न नमानेपछि क्याम्पस, क्याम्पसको बिबिए विभाग र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय डिनको कार्यालयलाई विपक्षी बनाएर निवेदन दायर भएको विद्यार्थी नेता योगराज दाहालले जानकारी दिएकाछन ।