विराटनगर -  मोरङको जहदामा लक्ष्मीनिया युवा क्लवद्वारा आयोजित वाई वाई वडा अध्यक्ष कप क्रिकेट प्रतियोगितामा एमएमसी क्लब बिराटनगरले  उपाधी उचालेको  छ। पोखरिया स्पोर्टिंग क्लब, जहदा–६ लाई ७४ रनले पराजित गर्दै एमएमसी बिराटनगरले जित हात पारेको छ ।

टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको एम.एम.सी. क्लब बिराटनगर २० ओभरमा २०० रन बनाउन सफल भयो । एम.एम.सी. को तर्फबाट दिपेश कडेल  ले  सर्वाधिक ५३ रन, सतिश यादवले ३६ रन , तब्रेजले ३३ रनको योगदान गरेका थिए।पोखरिया  को तर्फ बाट नितेश सहनी, बिनेस सहनी, दिवस र बब्लु ले २–२ विकेट लिए।

 जवाफी ब्याटिंगमा उत्रिएको जहदा–६, पोखरिया १९ ओभरमा अल आउट हुदै १२७ रन मात्र बनाउन सफल भयो।  निरन्जनले सार्वधिक ४०  रन र अइसान ले ३० रनको योगदान दिए पनि टिमलाइ जिताउन सकेनन्।र पोखरिया उप–बिजेताबन्न पुग्यो।  खेलमा  ३ विकेट र ५३ रन  लिएर दिपेश कँडेल म्यान अफ दि म्याच भए। टुर्नामेन्ट अवधिभरको खेलमा सर्वकृस्ट प्रदशन १२२ रन र ८ विकेट लिएर म्यान अफ दि सिरिज बैजनाथ चौधरी भए।

त्यसै टुर्नामेन्ट अवधी भरि राम्रो बलिङ्ग गर्दै ९ विकेट लिएका नितेश शहनी बेस्ट बलर भएका थिए। सब भन्दा धेरै रन बनाएका दिपेश कंडेल बेस्ट ब्याट्स म्यान भए। बिजेता भएको टिम एम.एम.सी. बिराटनगर ले  नगद रु. ५१ हजार सहित मेडल कप र प्रमाण पाएको छ भने उप–बिजेता टिम पोखरिया ले नगद रु. २१ हजार सहित मेडल कप र प्रमान पत्र पाएको छ।
 कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सदस्य  जयराम यादव,जहदा गाउँपालिका अध्यक्ष कैलाश प्रसाद मण्डल,कार्यपालिका सदस्य बिनिता सिंह, पुर्व सभासद आशा सरदार, सलीम अन्सारी,वडा अध्यक्ष अनिल कुमार ठाकुर,सामाजिक युवा अभियन्ता पेरिस सुबेदी, लायन्स क्लबका प्रविन अग्रवाल, लगायतले प्रमाण पत्र मेडल र कप प्रदान गरेका थिए।
सो अबसरमा क्लबलाई विभिन्न समयमा साथ सहयोग गर्दै आएका व्यक्तित्वलाई आयोजक लक्ष्मीनिया युवा क्लबले सम्मान समेत गरेको छ।

लक्ष्मीनिया युवा क्लवले आयोजना गरेको सो क्रिकेट प्रतियोगितालाई जहदा–५ वडा कार्यालयले आर्थिक सहयोग गरेको थियाृ । वाईवाईले प्रायोजन गरेको प्रतियोगितामा मुस्तांग बियर सह–प्रायोजक रहेको थियो ।