विराटनगर - विराटनगरमा आज देखि खुल्ला व्यायामशाला सञ्चालनमा आएको छ । लायन्स क्लब अफ विराटनगर शुभमले विराटनगर–५ त्रिमूर्ति चोकमा स्थापना गरेको व्यायामशालाको विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले उद्घाटन गरे ।
लायन्स क्लबले विराटनगर महानगरपालिकासँगको सहकार्यमा सात लाख ५० हजारमा निर्माण गरिएको व्यायामशाला निःशुल्क रूपमा सञ्चालन हुने लायन्स क्लब अफ विराटनगर शुभम अध्यक्ष मोनिका शर्माले बताइन ।
।विराटनगरका चार स्थानमा महानगरले खुल्ला व्यायामशाला निर्माण गर्ने निर्णय गरेको प्रमुख पराजुलीले बताए उनले नियमित व्यायाम गर्नाले शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुन सकिने बताए ।

