विराटनगर - १११ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मानित गर्ने भएको छ । कोभिड १९ को महामारीमा अग्रपंत्तिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने कर्मचारीलाई सम्मानित गरिने सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिईन।
सामाजिक विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले कोभिड अस्पताल, ल्यावमा कार्यरत कर्मचारीहरुलाई सम्मानित गरिने बताईन । सामाजिक विकास मन्त्रालय र सामाजिक संघ÷संस्थाहरुको आयोजनामा दिवस मनाईने उनको भनाई छ । खतिवडाका अनुसार फागुन २४ गते जिल्ला प्रशासन प्राङ्गणबाट विहान ७ वजे शुरु हुने र्याली आदर्श माविमा आएर कार्यक्रममा परिणत हुने छ ।
साँझ विराटनगर ट्राफिक चौकमा दिपप्रज्वलन गरि कार्यक्रम समापन गरिने सामाजिक विकास महाशाखा प्रमुख बरालले बताईन । १११ औं अन्र्तराष्ट्रिय महिला दिवस महिलाको सुरक्षा, सम्मान रोजगार ःसमृद्ध नेपालको आधार भन्ने नाराका साथ ८ मार्च अर्थात फागुन २४ गते मनाईदैछ ।

