विराटनगर - सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षबाट एकजना पक्राउ परेकाछन । गएरातीे भागलपुर रेञ्जपोष्टबाट रेञ्जर जिवन पोखरेलको नेतृत्वमा गएको नेपाली सेनाको गस्ती टोलीले शिकार गरि फर्कदै गरेका एकजनालाई पक्राउ गरेको हो ।
गस्ती टोलीले आरक्ष क्षेत्रमा शिकार गरि फर्कदै गरको अवस्थामा भागलपुर मोरिया खोला जि.पी.एस. प्वाइन्ट बाट हतियार सहित उदयपुर जिल्ला बेलका नगरपालिका वडा नंं.२ वस्ने ३८ वर्षीय शुक्रमान राईलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाको साथबाट भरुवा वन्दुक थान ४ थान ,सिसाको गोली ११थान, बारुद २०० ग्राम,मृगकोे आलो मासु १३ के.जी.५०० ग्राम ,दाउ (हँसिया) १ थान , स्लीपिङ ब्याग १ थान , टर्च लाईट १ थान ,चामल १ के.जी., क्यापे २ थान , डेक्ची १ थान , मनी ब्याग १ थान, झोला ५ वटा, म्याट २ थान, तन्ना १ थान र मोबाईल २ वटा फेला पारेको छ ।
पक्राउ परेका राइको बारेमा थप अनुसन्धान शुरु गरीएको छ । प्रारम्भिक अनुसन्धानबाट राई सगै रहेका ७ (सात) जना फरार भएकोेले उनिहरुको खोजी कार्य जारी रहेको बताईएकोछ ।

