विराटनगर - सेनिटाइजरको सेवन गर्दा मोरङमा एक जनाको मृत्यु भएको छ । श्रीमतीसँगको विवादपछि सेनिटाइजर सेवन गरेका मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डलको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक एसपी सन्तोष खड्काका अनुसार ६० वर्षीय मण्डलको आज मृत्यु भएको हो । कोरोना महामारी सुरु भएपछि बजारमा सेनिटाइजरको प्रयोग ह्वात्तै बढेको छ । गतशनिबार श्रीमतीसँग विवाद हुँदा किटाणु नष्ट गर्नका लागि हातमा लगाइने सेनिटाइजर सेवन गरेपछि मण्डल बिरामी परेका थिए ।
उनलाई शनिबारनै दिउँसो कोसी अस्पताल भर्ना गरिएको थियो ।उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको हो । सेनिटाइजरमा पनि विषादी हुने भएकाले अस्पतालले मृत्युको कारण विषादी भएको जनाएको प्रहरी उपरीक्षक खड्काले बताए ।घटनाबारे थप अनुसनधान शुरु गरीएको प्रहरीले बताएको छ ।

