युरोप-पर्वत जिल्लाको सदरमुकाम कुश्मामा जन्मिएका बिक्की सुवेदी हाल पोर्चुगल बस्छन् । एक दशकदेखि व्यवसायगर्दै आएका उनी पोर्चुगलकै कान्छा नेपाली व्यवसायिको रुपमा चिनिन्छन् । शुरुआती दिनमा आफुले धेरै संघर्ष पूणर् जीवन ब्यतित गरेको कारण अहिले नेपाली दाजुभाइ तथा  दिदीबहिनीले आफुले जस्तो दुख भोग्न नपरोस भन्ने उद्येश्यले विभिन्न सहयोग गरिहन्छन । शान्त र शालिन स्वभावका सुबेदी नेपालीलाई मात्र होइन पोर्चुगल आएका एशियालीलाई कुनै समस्यामा परेको बेला सहयोग गर्दै आएका छन । 

नेपालमा आइटी अध्ययन गरेका सुबेदी नेपाल मै धेरै अवसर हुदाहुदै पनि देशमा चलिरहेको राजनीतिक अस्थिरताले आफू लागाएत कयौं युवाको मन बिचलित बनाएको र बिदेशिन बाध्य भएको सुनाउछन्  । त्यसमा आफूपनि अछुतो नरहेको उनले बताए ।  शुरुवाती दिनमा कयौं समस्यासंग जुधेर हाल  सफलता हात पारेका उनले आफ्नो एग्रीकल्चर कम्पनी संचालन संगसंगै हाल हेल्प डेक्स इनबाट विभिन्न समस्यामा परेका पोर्चुगलमा रहेका आप्रवासीहरुलाई सहयोग गर्दै आएका छन् । पोर्चुगलमा भएको झन्झटिलो कागजी प्रकृया तथा विभिन्न कारणबाट आएका आप्रवासीहरुको समस्यालाई पोर्चुगलको सरकारी निकायसम्म पुगेर नै समाधान गर्ने गरेका सुबेदी एनआरएनए क्षेत्रीय समिति  ओलेन्तेजोका उपाध्यक्ष पनि हुन् । उनै व्यवसाय तथा समाजसेवी समेत बनेका सुबेदिले पोर्चुगलमा नेपालीहरुका समस्या समाधान गर्न कसरी सकिन्छ भन्ने विषयमा पोर्चुगलका रास्ट्रपति मार्सेलो रेबेलो डे सउसासंग पनि भेट गरेका छन् । उनै सुवेदीसंग युरोपबाट हाम्रा कार्यकारी सम्पादक उमा थापाले गरेको कुराकानी ।


हाल के मा व्यस्त हुनुहुन्छ ?

आफ्नै कम्पनि संचालन साथसाथै विभिन्न डकुमेन्टेसनको समस्यामा परेका नेपाली तथा आप्रवासीहरुलाई सहयोग गर्न मै व्यस्त छु ।

तपाइले आफ्नो  कार्यक्षेत्र  पोर्चुगल नै रोज्नुको कारण र पोर्चुगल आए पछि गर्नुभएका कार्यहरु ?

युरोपमा पढ्न तथा रोजगारी को शिलशिलामा  नेपालीहरु आउने गर्छन । युरोपको सेन्जेन देशहरु मध्ये पोर्चुगलले आप्रबासीहरुको मामलामा अलि उद्दारता देखाएको छ । यहाँ प्रवेश गरे संगै पेपरका केही प्रकृयाहरु पुरा गरेपछि अस्थायी बसोबास तथा कामको लागि  अनुमति दिने र कर तिर्दै गएपछि  केही निश्चित समयपछि  अस्थायी रेसिडेन्सी कार्ड दिने साथै त्यो कार्ड पाएको ५ वर्ष पछि परमानेन्ट रेसिडेन्सी तथा राहदानी नै लिन निवेदन गर्न सकिने  भएकोले सबैको चाहना युरोपको पि आर बनाउने,धन आर्जन  गने उदेश्य अनुरुप पोर्चुगल नै  कार्यक्षेत्र बन्न पुग्यो ।


पोर्चुगल आए पछि  केही साथीहरु सँग मिलेर एग्रीकल्चर कम्पनि खोलियो  र एग्रीकल्चरमा विभिन्न  कामहरुमा कामदारहरु लगाइयो । मैले संचालन  गरिरहेको पावरफूल प्रीज्म आइडिया( उयधभच ाग िउचष्वm मिब ) कम्पनिसम्म आइपुग्दा साथीहरुसंग मिलेर ३ वटा कम्पनिहरु संचालन गरियो  । जसमा  ३ वटै कम्पनिमा गरेर ३००० हाराहारीमा एसियन लगायत विभिन्न  देशका कामदारहरुले प्रत्यक्ष रोजगारी  पाएका छन् ।

आफ्नो व्यवसाय  संगसंगै नेपाली मात्र  नभए र विभिन्न  समस्यामा परेका आप्रबासीहरुलाई सहयोग गर्दै आएको छु । उद्धार गर्दै आइरहेको छु । हामी नेपाली भन्ने मुलनाराका साथ एनआरएन मार्फत संस्थागत सहयोग उद्धारका कार्यहरुगर्दै आइरहेका छौ । चिल हेल्प डेक्स इन पोर्चुगलसंचालन गरिरहेको छु ।


हेल्प डेक्स इन पोर्चुगल संचालन गर्नुको कारण ?


आफु पोर्चुगल आउदा ताका परेको कागजी  समस्या सम्झदै यसरी समस्यामा परेकालाई कसरी सहज  र समस्या मुक्त गर्न सकिन्छभन्ने सोच्ने गर्थे । त्यही भावनाले पनि मलाई समाजसेवा  तर्फ उन्मुख  गराए जस्तो लाग्छ । पोर्चुगलमा सबैभन्दा ठूलो समस्या भनेकोभाषा  हो । यहा हरेक  कार्यलयहरुमा  भाषा बिना कुनै काम गरिदिदैन । कि भाषा जान्ने लिएर आइज कि भाषा सिकेर आइज भनेरकाममा अल्झन लगाईदिन्छ । आफ्नो भाषा प्रति पोर्चुगिसहरु कठोर छन् ।

अर्को कुरा आप्रवासीहरुले मिलाउनु पर्ने कागजी प्रकृयाहरु (डकुमेन्टेसन )जथाभावी  हुनुले पनि  धेरैजना समस्यामा परेका छन् । यहा केही व्यतिहरु केही संस्थाहरु डकुमेन्टेसनको काम गर्ने भएता पनि कतिले चाहीँ  हो हो रे को भरमा अनुभव बिहिनहरुले गर्ने  गरेको,कानुनी मापदण्डमा चाहिने कागजप्रत्रहरु नमिलाई दिने  कारण धेरैले समस्याहरु भोगिरहेका छन् ।साचो कुरा नबताइदिने ,सहिकागजपत्र नमिलाई दिने तथा नयाँ आउनेहरु ठगिने गरे को यस्ता धेरै गुनासोहरु आइरहेका कारण कानुनी मापदण्डमा रहेर बिश्वासिलो भरपर्दो ,छिटोछरितो र सहज सेवा प्रदान गर्नेको लागि  हेल्प डेक्स  इन पोर्चुगल नै खोलेर आप्रवासीहरुको डकुमेन्टेसन तथा पोर्चुगलका विभिन्न  सरकारी निकायहरुमा पर्ने समस्यालाई सरकारी निकायमै पुगेर न्युनिकरण तथा समाधान गर्नको लागि सहयोग मिलोस भन्नेहेतुले  कार्यहरु गदै आइरहेको छु साथै मैले संचालन गरेको  हेल्प डेक्सले  दिने सेवाहरु  यस्ता छन 

-अनुमति सहित सहजै प्रबेशको वातावरण बनाउन लिगल इन्ट्री लिने ।

-फिनान्सका सोसल अफिसका सम्पूणर् कामहरू सहज रूपमा गराउने ।

-बसोबास अनुमति तथा कार्डका लागि सेफ इन्ट्री गर्न ।

- फिनान्स, सोसल, अस्पताल, फुन्दो, सेफ लगायतमा समय अनुमति लिन ।

- नेपाल लगायतका विभिन्न मुलुकबाट पोर्चुगल आई समस्यामा परेको नागरिकको प्रहरी रिपोर्ट लिन ।

- पारिवारिक भिसाको लागि अन्तवार्ताको समय निर्धारण गर्न र आधिकारिक कागजात तयार पार्न ।

- बालबालिकाको विद्यालयमा भर्ना गर्ने प्रयोजनका लागि ।

- ब्यापार ब्यावसाय दर्ता प्रकृयाका लागि ।

- कागजात अनुवाद र प्रमाणिकरण गर्न ।

- सरकारी कार्यालयमा भाषाको समस्यामा परेकाहरुलाई सहयोग गर्न ।

- आप्रबासीहरुको बैक खाता खोल्न तथा कारोबार गर्ने प्रयोजनका लागि सहयोग ।

- सेन्जेन भित्रका देशहरुका दुतावासहरुसँगको समन्वय र  बिभिन्न समस्यामा परेका आप्रबासीहरुको समाधानका लागि दुतावासहरुसँग समन्वयको भुमिका संस्थाले निरन्तर रुपमा गरिरहेको छ ।

- उल्लेखित सेवाहरुलाई सहज रुपमा नागरिकले लिन सकुन भन्ने उद्देश्यले संस्थाले कानुन ब्यवसायी, डाक्टरी तथा विद्यायलका लागि परामर्श लगायतको सेवा प्रदान गर्दै आएको विक्कीले बताए ।


यी सबै  कार्यहरु गर्ने आट कसरी गर्नु भयो ?


पहिलो कुरा त भोगाइ नै हो । त्यही भोगाइ संगसंगै सिकाइ र पढाई हो ।भाषा  पढे, यहाको कानुन बारे अध्ययन गरे , काम कै शिलशिलामा यहाको सरकारी वकिलसङ  रहेर केही समय सहयोगी बनेर काम गर्ने मौका पाए । त्यही काम गने दौरानमा यहाको कानुनी प्रकृयाको बारे अझ धेरै बुझ्ने मौका मिल्यो । त्यो मौका नै आज विभिन्न  निकायहरुमा टेवलटक गर्नको लागि  सम्भब भएको छ ।यहीँ  भएर पनि होला धेरैको समस्याको समाधान गरेर मन जित्न सकिएको छ र सेवा गर्ने अवसर  दिइ रहनु भएको छ।


पोर्चुगलमा आप्रवासीहरुको कस्ता कस्ता समस्या छन् ?


अलि पहिले तिर कामको समस्या थियो । अस्थायी रेसिडेन्सी कार्ड पाउनको लागि  पनि ३,४  वर्ष लाग्थ्यो । अहिले पहिले भन्दाहरेक कुरामा सहज बनेता पनि आप्रवासीहरुको चापले  गर्दा  बस्ने घरको ठूलो समस्या छ । पहिले  कार्ड पाउछ कि पाउदैन भनेर सोच्नु  पर्थो  अहिले बस्न घर पाउँछ कि पाउदैन भनेर सोच्न पर्ने दिन आएको छ । पहिलेको तुलनामा दोब्बर रकममाथी घर रुममहरु  तिर्नुपर्ने भएको छ। महंगिको अनुपातमा सेलरीको बृदि भने अति नै न्युन छ ।

यहा आप्रवासी हेर्ने सरकारी निकाय सेफबाटै जिल्ला अनुसार आ आफ्नो फरक फरक  डिसिजन गर्ने गरेको कारण कहा कस्को कसरी काम हुने भन्नेमा पनि अन्योल रहेको छ ।


अझ अहिले  त  पोर्चुगलमा इलिगल बाटो हुदै आउनेको लस्कर नै छ । रातारात महिना दिन लगाएर आउने गर्छन् । त्यसरी आउदा बाटोमा पासपोर्टहरु पुलिसले समाइ दिने, कति आफैले फ्याकेर, च्यातेर आउने हुदा पोर्चुगल आइसके पछि विभिन्न  समस्यामा पर्ने  गर्छन् ।

पोर्चुगलमा नेपाली राजदुतावास नहुनाले र फ्रान्सस्थित  राजदुतावासलेहेर्ने  भएकोले अहिले इपासपोर्टले झनै गाह्रो बनाएको छ । पासपोर्ट  बनाउन स्वयंम मान्छे नै फ्रान्स पुन्नु पर्ने हुन्छ । तर उनिहरुसंग कुनै आधिकारिक डकुमेन्ट नभएको कारण फ्रान्स राजदुतावाससम्म जान  सक्दैनन् । अहिले यो बिकराल समस्याको रुपमा आइरहेको छ । 


पोर्चुगलमा नेपालीहरुका समस्या समाधान गर्ने के के गर्नु पर्ला ?

सबैभन्दा पहिले हामी नेपालीहरु नै एकजुट हुन पर्यो । यहा मान्छे पिच्छेका फरक फरक  कुराले नया आउनेहरुले कस्को कुरा बिश्वासगर्ने ? सहि सुचना प्रवाह  नहुनु, मनगणन्ते सुचना प्रवाह हुनु,नयाँहरुलाई उचित परामर्श  नदिई फसाउनु ,लिगल  प्रकृयाबाट कामनगरी दिने काम गरे जस्तो बाहानामा पैसा लिने तर काम नै  नगर्ने  तथा सम्पर्क बिहिन  भैदिने प्रवृतिबाट   धेरैले दुःख  पाइरहेका छन् ।नेपालीहरुको समस्या सुन्ने निकाय राजदुतावास पोर्चुगलमा छैन । ४० हजार भन्दा माथी नेपालीहरु रहेको देशमा राजदुतावास नहुनुनेपाल सरकारको लागि  पनि लज्जास्पद बिषय हो । हामीहरुले एनआरएन लगायतका संस्थाहरुबाट संस्थागत रुपमा पनि धेरै पटक ज्ञापन  प्रत्र बुझाइ सकेका छौ र पनि  कुनै चासो  दिइएको छैन। राजदुतावासका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको उनले बताए ।

पछिल्लो समय  पोर्चुगलका राष्ट्रपतिसंग पनि भेट्नु भयो, कस्तो प्रतिक्रिया पाउनु भो त?

प्रतिक्रिया एकदमै सकारात्मक पाएको छु ।  मैले आँट गरेर पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सोउसासंग भेटघाट गरे । किनभने आज सम्म कसैले पनि रास्ट्रपतिसम्म पुगेर नेपालीका यथार्थ समस्या राखेको पाइन । म भन्दा अग्रजहरुले पनि ब्यवसाय गरिरहनु भएको छ तर उहाँहरुले नेपालीहरुको समस्यामा उद्यारता देखाएको पाइन र  मैले एकपटक उहाँसंग भेटेर समस्या राखे भने केहि मात्रामा भए पनि सहयोग पाउछु भन्ने सोचे र  भेटघाटमा पोर्चुगलमा भएका नेपालीहरुको समस्याको समधान कसरी गर्न सकिन्छ भन्ने बिषयमा कुराकानी गरे ।  करिब ४०/५० हजार नेपालीहरु बसोबास गर्ने पोर्चुगलमा नेपाली राजदुतावास नहुदा आप्रवासी नेपालीहरू समस्यामा रहेको बारे जानकारी गराउदै  पोर्चुगलमा पनि नेपालीराजदुतावास कसरी ल्याउन सकिन्छ भन्ने बिषयमा  राष्ट्रपतिसंग कुरा भएको छ ।उहाँ आप्रवासीको सिलसिलामा एकदमै  सकारात्मक हुनुन्छ र आफ्नो तर्फबाट गर्नसक्ने सहयोग गर्छु भन्ने आश्वासन पनि दिनुभएको छ । आशा गरौं छिटोभन्दा छिटो बाचा पुरा गर्नु हुने छ भन्ने मलाई बिश्वास छ ।