विराटनगर- निजी कम्पनीहरूले नेपालमै आफ्नै देशको खानीबाट अन्तर्राष्ट्रियस्तरको सिमेन्ट उद्योग सञ्चालन गर्ने सोच पनि नबनाउँदै एउटा आँट बनाएर मारुती सिमेन्ट स्थापना भयो । आजभन्दा १५ वर्षअगाडि नेपालकै पहिलो तथा निजीस्तरको सबैभन्दा ठुलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगको रूपमा स्थापना भएको उक्त कम्पनीले अन्तर्राष्ट्रिय निर्भरतालाई विश्राम दियो । त्यसअघि भने नेपालले सिमेन्टका लागि भारतसँग निर्भर हुनुपर्ने अवस्था थियो । 

मारुती सिमेन्ट उद्योग खुलेयता नेपालले स–साना संरचना निर्माणदेखि ठुला–ठुला परियोजनासम्म अरू देशमा निर्भर हुनुपर्ने अवस्था छैन् । नेपालमै पहिलो पटक ग्रेड सिमेन्टको उत्पादन सुरु गर्ने मारुती सिमेन्ट अहिले पनि राष्ट्रिय गौरवका परियोजनाहरूमा प्रयोग हुँदै आइरहेको छ । सिमेन्टको ग्रेड निर्धारण भनेको उक्त सिमेन्टको भारबहन क्षमता हो । कति अवधिमा कति लोड बहन गर्नसक्छ भन्ने मापन नै ग्रेड हो । सिमेन्टको कम्प्रेसिभ स्ट्रेन्थ नै ग्रेड हो, जसले भार बहन गर्नसक्ने बल र समयको आधारमा ग्रेड मापन गरिने अभ्यास रहेको छ । ५३ ग्रेड भने ५३ लोड प्रतिवर्ग सिएम बहन गर्न सकिन्छ भन्ने बुझिन्छ । 

नेपालकै पहिलो ५३ ग्रेडको ओपिसी सिमेन्ट कम्पनीले १२ वर्षअघि नेपालमा ग्रेड सुरु गरेको थियो । दुई वर्षपछि ग्रेड बन्द भएपनि हालैमात्र खुलेको ग्रेडको पहिलो सर्टिफिकेट पनि मारुतीलाई नै मिलेको थियो । हालैमात्र नेपाल सरकारले सिमेन्टको ग्रेड उल्लेख गर्न मिल्ने निर्णय गरेअनुरूप नेपाल गुणस्तर विभागबाट सम्पूर्ण मापदण्ड प्रमाणित गर्दै मारुती सिमेन्ट सर्वशक्तिशाली ५३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बन्न सफल भएको हो । 

हालसम्म पनि अधिकांश सिमेन्ट उद्योगले आफ्नो ग्रेड लेख्ने गरेका छैनन् । तर स्पष्ट रूपमा ग्रेड उल्लेख गर्ने मारुती सिमेन्ट पछिल्लो समय उपभोक्ताको भरोसा जित्न सफल भइरहेको छ । ठुला–ठुला परियोजनाहरू पुल, बाँध, उद्योग, घर निर्माण तथा बाटोघाटो निर्माणमा प्रयोग हुँदै आइरहेको मारुती सिमेन्ट उपभोक्ताहरूमा निकै लोकप्रिय छ । 

प्रतिद्वन्द्वीले फैलाएको भ्रम

पछिल्लो समय मारुती सिमेन्टको गुणस्तरप्रति लक्षित गरेर भ्रम फैलाइएको विषयमा कम्पनीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । प्रतिद्वन्द्वी सिमेन्ट उद्योगहरूले अरूलाई तल पार्न उपभोक्तामा भ्रम फैलाउने नियोजित काम गरेको कम्पनीको दाबी छ । आफ्नो उत्पादनको १५ वर्षदेखि नै सिमेन्टको गुणस्तरमा कहिल्यै ह्रास आउन नदिई नेपालको सर्वाधिक विश्वसनीय ब्राण्डको रूपमा स्थापित भएको भएपनि मारुती सिमेन्टप्रति उपभोक्तामा गलत भ्रम फैलाइएको कम्पनीका बजार प्रबन्ध लक्ष्मी सिवाकोटी बताउँछन् ।

अरू सिमेन्ट उद्योगले ग्रेड पनि उल्लेख नगरी सिमेन्ट बेचिरहेको उल्लेख गर्दै गुणस्तरीय सिमेन्ट भएका कारण अन्य सिमेन्टको तुलनामा महँगो भएका कारण र बजारमा लोकप्रिय मारुती सिमेन्टसँग प्रतिस्पर्धा गर्न नसकेर यस्तो भ्रम फैलाएको उनको भनाइ छ । ‘गुणस्तर र विश्वसनीयताका कारण हाम्रो सिमेन्टसँग प्रतिस्पर्धा गर्न नसकेपछि यस्ता भ्रमहरू फैलाइएका हुन्’, उनले भने, ‘हाम्रो उत्पादनको गुणस्तर सुनिश्चितताका लागि हामीले आफैँ समय–समयमा विस्तृत परीक्षण तथा विश्लेषण गर्छौँ ।’