झापा- झापा मेचीनगर नगरपालिका ६ फाईरिङ चोकमा अटो टेम्पुको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५१ वर्षीय चन्द्रप्रसाद अधिकारी रहेका छन् ।

हिजो बेलुका साढे ६ बजे पूर्वतर्फ आउँदै गरेको मे१ह ६४५० नम्बरको अटोले ठक्कर दिँदा गम्भीर घाइते भएका अधिकारीको बिएन्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा राति ९ बजे मृत्यु भएको थियो ।

अटो र चालक झापा मेचीनगर नगरपालिका ६ नकलबन्दा का ३२ वर्षीय सुरेन्द्र राजवंशी इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा रहेका छन् । घटनाकोबारेमा थप अनुसन्धान भइरहेको छ ।