काठमाडाैँ- नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मटितेल र एलपी ग्यासको मूल्य बढाएको छ ।

निगमले बुधबार राति विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर तीन रुपियाँले वृद्धि गरेको छ भने खाना पकाउने एलपी ग्यासमा ७५ रुपियाँ बढेको जनाएको छ । मूल्य वृद्धि भएसँगै अब ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपियाँ कायम भएको छ ।

यसैगरी पेट्रोल २३६ रुपियाँ पुगेको छ भने डिजेल मटितेल प्रतिलिटर ११९ रुपियाँ पुगेको छ ।

खरिद मूल्य नै महँगो परेको र नेपालको सीमा जोडिएको रक्सौल बजारभन्दा नेपालमा पेट्रोल ३७ रुपैयाँ ५३ पैसा र डिजेल ३० रुपैयाँ ६५ पैसा सस्तो रहेको तथा ग्यास प्रति सिलिन्डर ६ सय ५७ रुपैयाँ ८४ पैसा घाटा रहेको निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराइले बताए ।