विराटनगर- प्रदेश १ का १४ वटै जिल्लाका प्रहरी कार्यालयले  २०७७ साल श्रावण देखी असार मसान्त सम्ममा ७ हजार ३ सय ८४ मुद्धा दर्ता तथा  ४० करोड भन्दा बढी राजश्व संकलन गरेका छन । 

 समाजमा हुने अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी,  नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकासी  र ट्राफिक ब्यबस्थापनका क्रममा गरिएको कारवाहीबाट ४० करोड भन्दा बढी राजश्व संकलन भएको हो । 


गत आर्थिक बर्षको १२ महनिा अवधीमा ७ हजार ३ सय ८४ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयन तर्फ विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका ७४३ जना फरार प्रतिवादी पक्राउ गरी ७३५ बर्ष कैद भुक्तान भई , ४ करोड ४३ लाख ५८ हजार ९ सय २७ रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी लागुऔषध नियन्त्रण तर्फ ३५१६ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको छ भने १७ सय ८९ केजी गाँजा बरामद भएको छ ।


यसैगरी बभिन्नि मनोद्धिपक क्याप्सुल ५० हजार २५५ ट्याब्लेट बरामद भएको तथा मनोद्धपिक सुई १० हजार ३५८ एम्पुल बरामद भएको छ । अन्य बभिन्नि कसिमिका मनोद्धपिक औषधीहरु २ हजार ४ सय ८३ ट्याब्लेट बरामद भएको छ । यसैगरी २ हजार ४२३ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख ७६ हजार ८६३ गाँजाका बोट नष्ट गरएिको छ । यसैगरी भन्सार चोरी नकिाशी तर्फ अबैध रुपमा समान चोरी नकिाशी गर्ने १९० जना मानसि पक्राउ गर्नुका साथै १९ करोड ०१ लाख ५८ हजार २१२ रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै नदजिन्य पदार्थको अबैध रुपमा दोहन गर्ने १७० जना मानसि र ७८५ वटा नदजिन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ६५ लाख ७५ हजार ३०० राजश्व संकलन भएको छ । यसैगरी अबैध काठ चोरी नकिासी गर्ने ७० जना मानसि पक्राउ गर्नुका साथै ३२६१ क्यूफिट  काठ बरामद गरी ७० लाख ३८ हजार ७८७ रुपैयाँ राजश्व संकलन भएको छ ।


यसैगरी ट्राफिक व्यवस्थापन तर्फ ट्राफकि नयिम उलंघन गर्ने २ लाख ५४ हजार ३९४ वटा सवारी साधनलाई कारवाही गर्दा १५ करोड ९७ लाख ११ हजार राजश्व संकलन भएको छ । गत आर्थिक बर्षको श्रावण देखी असार मसान्त सम्ममा ७ हजार ३ सय ८४ मुद्धा दर्ता भई ४० करोड ७८ लाख ४२ हजार ३१७ राजश्व संकलन भएको हो ।