विराटनगर-  प्रदेश १ मा शनिबार ४६० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ५७४ पुगेको छ । प्रदेश १ मा शनिबार २७४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९९, झापामा ८१, सुनसरीमा ८०, उदयपुरमा ३, धनकुटामा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ७२, लेटाङमा १३, बुढीगंगामा ६, मिक्लाजुङमा ४, सुन्दरहरैचामा २, रतुवामाई र कटहरीमा १–१, झापाको दमकमा ४३, भद्रपुरमा १४, विर्तामोडमा १३, कमल गाउँपालिकामा ३, मेचीनगर र शिवसताक्षीमा २–२, कनकाई, अर्जुनधारा, बार्हदशी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ४२, इटहरीमा २८, रामधुनीमा ५, इनरुवामा २ र स्थानीय तह नखुलेका ३, उदयपुरको बेलकामा २ र स्थानीय तह नखुलेका १, धनकुटाको धनकुटा नगरपालिका र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६७ हजार ८७३ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या १२ हजार २०६ रहेको छ । प्रदेश १ मा शनिबार ९६० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३३ महिला १४१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।