स्वास्थ्य

    Showing २१-३० of २९७ items.
  • केएमसीलाई प्रेस काउन्सिलको सम्मान, राष्ट्रपतिद्वारा प्रशंसापत्र प्रदान

    विराटनगर . स्वास्थ्य शिविर सञ्चालन गरेर सहयोग पुर्याएको भन्दै प्रेस काउन्सिल नेपालले काठमाडौं मेडिकल कलेजलाई सम्मान गरेको छ । प्रेस काउन्सिलको ५३ औं बार्षिकोत्सवको अवसर पारेर केएमसीलाई प्रशंसापत्र प्रदान गरिएको हो ।राष्ट्रपति भवन सितल निवासमा बिहिबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले केएमसीका चार्टर एकाउन्टेन्ट क्षितिज निरौलालाई केएमसीको प्रशंसापत्र प्रदान गरिन् । समाजसेवीको रुपमा परिचित केएमसीका कार्यकारी अध्यक्ष डा.सुनिल शर्माको योजना अनरुप गरिब तथा बिपन्न विरामीलाई लक्षित गरेर केएमसीले विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । प्रेस काउन्सिलको स्

    • प्रकाशित मितिः आश्विन ११, २०७९
    • ३५५ पटक पढिएको
  • हामी निर्देशन दिदैनौं तपाईहरुलाई काम गर्ने वातावरण बनाउछौं : मेयर

    विराटनगर–विराटनगर महानगरपालिका मातहत रहेका स्वास्थ्य केन्द्रहरूलाई चुस्तदुरुस्त र व्यवस्थित बनाउन स्वास्थ्यकर्मीहरूले माग गरेका छन् । नेपाल स्वास्थ्यकर्मी संघ मोरङले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले महानगरपालिका मातहतका स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रहरूलाई व्यवस्थित बनाउन माग गरेका हुन् । कार्यक्रममा संघका मोरङ अध्यक्ष रमेश कार्कीले जनताको सेवाका लागि आफूहरू रातदिन खट्न तयार रहेको बताए । त्यसका लागि स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूलाई भौतिक संरचना र प्रविधियुक्त बनाउनुपर्नेमा जोड दिए । “हामी कोभिडका बेलामा पनि ज्यानको बाजी राखेर जनताको स्वास्थ्य सेवामा ख

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • ९६६ पटक पढिएको
  • फुजिमा आयलले स्तन क्यान्सरको निशुल्क उपचारका लागि थाल्यो उपचारकोष

    विराटनगर- फुजिमा आयल कम्पनी प्रा.लिले स्तनक्यान्सर परिक्षण र स्तनक्यान्सर भएका महिलाको निशुल्क उपचारका लागि उपचारकोषको थालनी गरेको छ । नारी दिवशको अवसरमा कम्पनीले बार्षिक ३५ लाख बरबरको रकम जम्मा हुनेगरि स्तन क्यान्सरको उपचार कोष संचालनको घोषणा गरेको हो । नारी दिवशको अवसरमा उद्योग र स्थानिय हात्तिमुढाका ५० जना महिलाहरुको विराट मेडिकल अस्पतालमा निशुल्क स्तन क्यान्सरको परिक्षण गराएको छ । फुजिमाले महिलाहरुलाई अस्पताल सम्म ल्याउने र लाने समेत निशुल्क गरेको थियो । फुजिमा आयलका प्रवन्ध निर्देशक सुवोध कोइरालाले नारी दिवशको अवसर पारेर आफुहरुले अब बर्ष भरि नै मुलुकका विभिन्न स्थानहरुका महिलाको

    • प्रकाशित मितिः फाल्गुन २६, २०७८
    • ३४० पटक पढिएको
  • महिला प्रहरीलाई स्यानिटरी भेन्डिङ मेशिन प्रदान

    विराटनगर-११२ औं अन्तर्राष्ट्रिय महिला दिवस अवसरमा उद्योग संगठन र अमेरिकन कर्नरले संयुक्तरुपमा मोरङले जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत महिला प्रहरीका साथै सेवाग्राहीले प्रयोग गर्न मिल्ने गरी स्यानिटरी भेन्डिङ मेसिन जडान गरी सञ्चालनमा ल्याएको छ ।संगठनले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गत मंसिरबाट यस क्षेत्रका उद्योगमा भेन्डिङ मेसिन जडान गर्ने अभियान थालेको थियो । सोही अभियानअन्तर्गत यसअघि मोरङको टंकीसिनुबारीस्थित दुगड फुड एन्ड स्पाइसेस प्रालिमा एक थान भेन्डिङ मेसिन जडान गरिसकेको छ ।उद्योग संगठन मोरङ, महिला उद्यम समिति तथा सामाजिक विकास समितिको तत्वावधानमा महिलाको स्वास्थ्य सुरक्षालाई

    • प्रकाशित मितिः फाल्गुन २५, २०७८
    • ३३८ पटक पढिएको
  • चौधरी ग्रुपले आफ्ना उद्योगका कामदार कर्मचारीको गर्‍यो निशुल्क स्वास्थ्य परिक्षण

    विराटनगर-चौधरी ग्रुपको सुनसरीको गढी गाउँ पालिकामा रहेको चाउचाउ उद्योगमा काम गर्ने ५५३ जना कर्मचारी, मजदुर र मजदुरका आफन्त समेतको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । सीजी फुड्स इन्डस्ट्रिज प्रालिको प्राङगणमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालिको प्राविधिक सहयोगमा शुक्रबार सम्पन्न भएको स्वास्थ्य शिविरमा ५५३ जना विरामीको निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो । अस्पतालका प्रवन्धक नारायण दाहालको अनुसार शिविरमा १७७ जनाको रगत परिक्षण, ११३ जनाको भिडियो एक्सरे, ८७ जनाको इसीजी र ३१ जनाको दाँत फुकालिएको छ । नोवेल मेडिकल अस्पतालको सहयोगमा हुने हरेक शिव

    • प्रकाशित मितिः फाल्गुन २१, २०७८
    • ९२७ पटक पढिएको
  • मोफसलमा पहिलो पटक ढाडको नसा च्यापिएको सफल अप्रेशन दुरविनबाट नोबेल अस्पतालमा

    विराटनगर-विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको ढाडको नसा च्यापिएको समस्याको शल्यक्रिया दुरविनको माध्यमबाट सफलतापूर्वक गरिएको छ । ढाडको नसा च्यापिएर अस्पताल आएका झापाको विर्तामोड नगरपालिका-४ का ४८ बर्षीय पेलेङ सिंह धिमालको दुरविनको माध्यमबाट सफलतापूर्वक शल्यक्रिया गरिएको हो । नोबेल अस्पतालको न्यूरो विभागका प्रमुख एवं बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले शल्यक्रिया गरेको हो । काठमाडौं बाहिर पहिलो पटक दुरविनको माध्यमबाट यस्तो शल्यक्रिया भएको बरिष्ठ न्यूरो सर्जन डा.काफ्ले बताउँछन् । ‘मेरुदण्डमा नसा च्यापिदा सामान्य अवस्थामा औषधी दिइन्छ, अप्रेशन गर्नुपर्ने

    • प्रकाशित मितिः माघ २१, २०७८
    • ५०३ पटक पढिएको
  • माया मारेको विरामीले आर्या न्यूरोमा पाए नयाँ जीवन

    विराटनगर-महिना दिनको अन्तरमा विराटनगर-३ कन्चनबारीमा रहेको आर्या न्युरो अस्पताले दुइजना विरामीको जटिल प्रकारको सफलउपचार गरेर जीवनबचाउन सफलभएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका- ९ का ६० वर्षिय तेज नारयण चौधरीको टाउकोको‘लक्ड-इन-सिनड्रम’ अर्थात स्वाचालित मांसपेशीको पूणर् पक्षघात भएको जटिल प्रकारको सफलउपचार गरेर विरामीले नयाँ जीवन पाएका हुन् ।  प्रेसरका विरामीपनि रहेका चौधरी महिनादिन अगाडी काम गर्ने क्रममा घरमा लडेपछि बेहोस भएका थिए ।  उनका परिवारले विराटनगर र धरानको विभिन्न अस्पताल पुर्‍याएका थिए । ‘विराटनगरका एक अस्पतालमा एक हप्ताजति उपचार गरिम । बुवाको होस आएन,’विरामी चौधरीको छोर

    • प्रकाशित मितिः पुष १९, २०७८
    • ४३४ पटक पढिएको
  • कोशी अस्पतालाई भेण्टिलेटर सहित ४२ लाख ७४ हजारको स्वास्थ्यसमाग्री निशुल्क प्रदान

    विराटनगर-कोभिड १९ को नयाँ भेरिएन्ट अमिक्रोन भाइसर फैलिरहेको बेला लुथरन सामुदायिक कल्याण समाज रंगेलीले भेण्टिलेटर सहित ४२ लाख ७४ हजार १०४ रुपैयाँ बरबरको स्वास्थ्य सामाग्री कोशी अस्पताललाई निशुल्क प्रदान गरेको छ ।स्वास्थ्य समाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सांसद तथा पूर्व रक्षा मन्त्री मिनेन्द्र रिजालले कोशी अस्पतालका निमित्त सुपरिटेण्डेन्ट लक्ष्मीनारायण यादवलाई उक्त सामाग्री हस्तान्तरण गरे । कार्यक्रममा पूर्वमन्त्री रिजालले धर्म र सम्प्रदाय भन्दा माथि उठेर लुथरनले गरेको यो मानविय कार्य उदाहरणीय रहेको बताए । यस अघि पनि जोखिममा रहेका मानिसहरुलाई लुथरन सामुदायिक कल्याण समाजले गरेको मानवि

    • प्रकाशित मितिः पुष १७, २०७८
    • ५२३ पटक पढिएको
  • प्रदेश १ मा खोप अभियान प्रभावित हुन सक्ने, सिरिन्ज अभावका कारण तीन लाख डोज खोप थन्कियो !

    विराटनगर - प्रदेश १ मा कोभिड–१९ विरुद्धको खोप अभियान प्रभावित हुनसक्ने देखिएको छ । कोरोनाविरुद्धको भेरोसेल खोपका लागि सिरिन्जको अभाव भएपछि प्रदेशमा खोप अभियान प्रभावित हुन सक्ने अवस्था आएको हो हो ।प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्दले विराटनगरमा मौज्दात रहेको सिरिन्ज सकिन लागेको जानकारी गराएको छ । केन्द्रबाट थप सिरिन्ज नआए कोभिडविरूद्धको खोप कार्यक्रम प्रदेश १ मा प्रभावित हुनसक्ने खतरा बढेको हो । २८ मंसिरमा प्रदेशको लागि ३ लाख ७७ हजार ८ सय ५० डोज भेरोसेल खोप आएको थियो । खोपका लागि सोही बरावरको सिरिन्ज आवश्यक पर्दछ । तर, केन्द्रदेखि अहिलेसम्म भेरोसेल खोपका लागि सिरिन्ज नआएको प्रदेश स्वास्

    • प्रकाशित मितिः पुष ६, २०७८
    • ४६१ पटक पढिएको
  • नेपालमा पनि फेला पर्यो ‘ओमिक्रोन’

    काठमाडौं- नेपालमा पहिलो पटक कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’  फेला परेको पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दक्षिण अफ्रिकाबाट आएका दुई जनामा जिन स्विकोन्स गर्दा ओमिक्रोन भेरिएन्ट देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्रा डा. समिरकुमार अधिकारीले जानकारी दिए ।सोमबार मन्त्रालयलल पत्रकार सम्मेलन गर्दै उक्त ओमिक्रोन पृष्टि भएको जनाकारी दिएको हो । ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरू दुवैले कोरोनाभाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि मन्त्र

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • २८६ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल