समाचार

    Showing ९१-१०० of ९४८ items.
  • मारुती सिमेण्टद्वारा एम्बुलेन्स प्रदान

    विराटनगर-मारुती सिमेण्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका १४ अरुण ठाकुरलाई एम्बुलेन्स प्रदान गरेको छ । ककुरठाकुर भन्ने स्थान र आसपासका स्थानीयहरुलाई स्वास्थ्यमा पहुँच पुराउन एम्बुलेन्स प्रदान गरिएको हो ।सोमबार दुधौली नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा प्रालिका संञ्चालक तथा प्रदेश एकका मूख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहाकार राजेन्द्र राउतले नगरपालिकाका मेयर घनश्याम राउतलाई एम्बुलेन्स हस्तान्तरण गरे । एम्बुलेन्सको चाबी हस्तान्तरण गर्दै प्रालिका राउतले त्यस क्षेत्रका स्थानीयलाई विभिन्न क्षेत्रमा प्रालिले सहयोग गरिरहेको बताउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता जाहेर गर

    • प्रकाशित मितिः माघ १७, २०७८
    • २१६ पटक पढिएको
  • सुनसरी मोरङ औद्योगिक करिडोरका समस्याको समाधानका लागि युद्धस्तरमा लाग्ने प्रतिवद्धता

    विराटनगर-विभिन्न कारणले झण्डै तीन महिना लामो प्रक्रियाबाट सम्पन्न मुलुककै जेठो ब्यापारिक तथा औद्योगिक संगठन मोरङ व्यापार संघको अध्यक्षमा नविन रिजाल सर्बसम्मत चयन भएका छन् । पुस २० गते भएको निर्वाचनमा कार्यसमितिका लागि १६ सदस्य निर्विरोध निर्वाचित भएका थिए । तीन १६ सदस्यहरुबाट रिजाल सर्वसम्मत अध्यक्ष चयन भएका हुन । उनलाई बिहिबार नै निर्बतमान अध्यक्ष प्रकाश मुन्दडाले पदभारग्रहण गराएका थिए ।१६ सदस्यीय समितिको बैठकले वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, वाणिज्यतर्फको उपाध्यक्षमा अनिलकुमार सारडा, उद्योगतर्फको उपाध्यक्षमा विकासकुमार बेगवानी र महासचिवमा अनिल शाह निर्वाचित भएका छन् । संघको सचिवमा सन्जय श्रे

    • प्रकाशित मितिः माघ १३, २०७८
    • ३०३ पटक पढिएको
  • ११६ किलोमिटर घुमेर विराटनगर आउदा २० हजार बढी भाडा तिर्दै उद्योगी व्यावसायी

    विराटनगर-विराटनगरको आइसीपीबाट चार किलोमिटर दक्षिण पश्चिम भारतीय क्षेत्रमा रहेको मिरगंज पुल भासिएपछि भारत लगायत तेश्रो मुलुकबाट सामान लिएर आउने ट्रक तथा लरीहरु अहिले ११६ किलोमिटर पश्चिम उत्तरमा रहेको सुनसरीको भण्टावारी नाकाबाट आउदा एउटा ट्रक अथवा लरीलाई २० हजार सम्म नेपाली रुपैया बढी भाडा तिर्नु परेको उद्योगी तथा व्यवसायीले गुनासो गरेका छन । नेपालको दोश्रो नाकाको रुपमा रहेको विराटनगर जोगवानी नाकामा ७ बर्षदेखी मिरगंजको पुलनै निकासी पैठारीको लागि बाधक बन्दै आएको छ । तर नेपाल सरकारले कुटनीतिक माध्यमबाट त्यहा फलामे पुलको साटो तत्काल नयाँ पुल निर्माण गर्न लगाएर संचालनमा ल्याउनु पर्नेमा सो गर्न

    • प्रकाशित मितिः माघ ५, २०७८
    • २२८ पटक पढिएको
  • बतासका विरुद्ध भइरहेको अनर्गल प्रचारका विरुद्ध उद्योग संगठनको ध्यानाकर्षण

    विराटनगर-नारायणहिटी दरबार संग्रहालय क्याफेटेरिया भाडा प्रकरणका सम्बन्धमा बिगत केहि दिन यता बतास अर्गनाइजेशनका बिरुद्ध विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जालहरुमा प्रकाशन तथा प्रशारण भइरहेका समाचारहरु प्रति यसं संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । नेपाल सरकारको जिम्मेवार निकाय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगतको नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन र सञ्चालन समितिले स्मारक परिशरमा क्याफेटेरिया सञ्चालनका लागी भाडामा दिने गरि नियमानुसार टेन्डर आब्हान गरेको थियो । उक्त टेन्डर प्रकृयाबाट बतास अर्गनाइजेशन अन्तरगतको बि.पि.एस लिजिङ एण्ड म्यानेजमेन्ट छनौट भएको त

    • प्रकाशित मितिः पुष ३०, २०७८
    • ४३४ पटक पढिएको
  • पाँचदिनपछि सुनसरीको भण्टावारी नाकाबाट सुरु भयो आयात निर्यात

    विराटनगर-आयात निर्यातका लागि भारतको भीमनगर र नेपालको भण्टावारी नाका सुचरु भएपछि बुधबार २ सय २२ मालबाहक सावारी विराटनगर आइसीपीको यार्डमा आइपुगेका छन । उनीहरुको चेकजाँच र भन्सार जाँचपास बिहिबारबाट हुने भन्सार कार्यालय जनाएको छ । विहान पूर्वपश्चिम राजमार्गमा सवारीको चाप हुने भएकाले बेलुका नौं बजेबाट प्रहरीको स्कटिङमा भाण्टाबारी नाकाबाट विराटनगरको आइसीपी सम्म मालबाहक ल्याउने तीनीहरुको भन्सार चेकजाँच भोलिपल्ट गर्ने ब्यवस्था मिलाइएको भन्सार अधिकृत अमित तिवारीले जानकारी दिए ।  पाँचदिन देखी निकासी पैठारी ठप्प भएको विराटनगर नाकामा आउने भारत लगायतका तेश्रो मुलुकबाट आउने सामाग्रीका लागि सु

    • प्रकाशित मितिः पुष २८, २०७८
    • ३९६ पटक पढिएको
  • राष्ट्रबैंकले चालु पुँजीको कर्जा सीमा २० प्रतिशत तोक्दा औद्योगिक क्षेत्रमा तबाही : राजकुमार गोल्छा

    मुलुकको प्रतिष्ठीत औद्योगिक घराना गोल्छा अर्गनाइजेशनका नाति पुस्ताका इमान्दार र सफल उद्योगी भित्र पर्छन राजकुमार गोल्छा । गोल्छा अर्गनाइजेशन भित्र उनले संचालनको जिम्मा पाएका उद्योगहरु सफल र नाफा दिइरहने भित्र पर्छन । पछिल्लो समय जुटको अभाव हुदा पनि उनले भारत र बंगलादेशबाट जुट ल्याएर अरिहन्त र रघुपति जुट मिल संचालन गरिरहेका छन । उद्योग संगठन मोरङका उद्याध्यक्ष समेत रहेका गोल्छासंग आर्थिक पत्रकार वेदराज पौडेलले समसामयिक विषयमा गरेको कुराकानीको संक्षेप । प्रश्न-राष्ट्र बैंकले चालु पूँजीको कर्जा सीमा २० प्रतिशत तोक्न कार्यविधि बनाएको छ यसले औद्योगिक क्षेत्रमा कस्तो असर पर्छ ?उत्तर-चालु प

    • प्रकाशित मितिः पुष २८, २०७८
    • ३२८ पटक पढिएको
  • पराष्ट्र मन्त्री खड्काले भने‘विराटनगर जोगवनी आयात निर्यात तत्काल खुलाउन पहल गर्छु ।’

    विराटनगर-सोमबार मोरंग व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजाल र पूर्व अध्यक्ष महेश जाजूले परराष्ट्र मन्त्री नारायण खड्कालाई भेटी विराटनगर जोगवानी नाकाबाट भइरहेको निकासी पैठारी तत्काल सुचारु गर्न ज्ञापन पत्र बुझाएका छन । जोगवनी नाकाभन्दा ४ किलोमिटर दक्षिण पश्चिममा रहेको मिरगंजमा फलामे पुल भासिदा पाँचदिन देखी भारत लगायत तेश्रो मुलुकबाट आएका सामान तथा औद्योगिक कच्चा पदार्थ आउन सकेको छैन भने नेपालबाट भारत लगायत अन्य मुलुकजाने सामान निकासी हुन सकेको छैन । जस्को कारण अर्बौंको माल सामान गाडीमा नै सडकमा लामबद्ध भएर अलपत्र परेको छन । ज्ञापन पत्रमा भारत सहित तेश्रो मुलुकबाट नेपाल भित्रने मालवाहक

    • प्रकाशित मितिः पुष २६, २०७८
    • ४४८ पटक पढिएको
  • अधिकारीको ‘बरियो’ गजल संग्रह विमोचन

    विराटनगर-साहित्यकार रोमु अधिकारीद्वारा लिखित ‘बरियो’ गजल संग्रहको शनिबार एक समारोहका बीच विमोचन गरिएको छ । साहित्य कला संस्कृति प्रतिष्ठानले सुनसरीको धरानमा शनिबार आयोजना गरेको कार्यक्रममा संघीय सांसद जयकुमार राई, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, धरान वडा नम्बर १३ का अध्यक्षसमेत रहनु भएका प्रतिष्ठानका संरक्षक नेत्र काफ्ले, प्राध्यापक कविराज न्यौपाने, डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीका अध्यक्ष विनोद विवश, आयोजक संस्थाका अध्यक्ष गोपाल श्रेष्ठलगायतले संयुक्त रुपमा गजल संग्रहको विमोचन गरे । विमोचित कृतिका बारेमा अग्रज साहित्यकार मधु पोखरेलले समीक्षा गरेका थिए । समीक्षक पोखरेलले संग्र

    • प्रकाशित मितिः पुष २४, २०७८
    • १,३११ पटक पढिएको
  • भारतको मिरञ्जमा रहेको पुल भासिदा विराटनगर भन्सारको साडे १४ करोड राजश्व प्रभावित

    विराटनगर-नेपाल भारत सीमानाकाबाट चार किलोमिटर दक्षिण पश्चिममा रहेको मिरगंज पुल बिहिबारबाट भासिएपछि त्यसबाट आवतजावत ठप्प हुदा विराटनगर भन्सारको दैनिक राजश्व संकलन प्रभावित भएको छ । विराटनगर भन्सारको दैनिक १४ करोड ५० लाख राजश्व संकलन गर्ने लक्ष रहेको छ । २०७४ सालको साउन महिनामा पहिलोपटक पुल भासिदा ११६ किलोमिटर पश्चिम सुनसरीको भन्टावारीबाट मालवाहक सावारी आवात जावत गर्नु परेको थियो । मिरगंजको पुल सो बेलामा तीन महिनापछि मर्मत भएर संचालनमा आएको थियो । बेलीब्रिज भासिएपछि भारत सरकारले भासिएको पुल भन्दा एक किलोमिटर उत्तर तर्फ नयाँ पक्की पुल निर्माण गरेको छ । तर उक्तपुलको निर्माण सम्पन्न भएर हस्तान्

    • प्रकाशित मितिः पुष २४, २०७८
    • ३३१ पटक पढिएको
  • मोतीरामले चुम्यो ए डिभिजन लिगको उपाधि

    विराटनगर-जिल्ला स्तरी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि मोतीराम स्पोर्टिङ क्लबले जितेको छ ।  मोरङ जिल्ला फुटबल संघले विराटनगरको सहिद मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न फाइनल खेलमा मोतीरामले उर्लाबारी स्पोर्टिङ क्लबलाई ३-१ गोलअन्तरमा पराजित गर्दै लिग विजेता बनेको हो । मोतीरामका टेकबहादुर लिम्बूले ह्याट्रिक गोल गर्दै टोलीलाई विजयी बनाए । खेलको १८ औं मिनेटमा मोतीरामका टेकबहादुर लिम्बूले गोल गर्दै अग्रता दिलाए । ४१ औं मिनेटमा पुनः लिम्बूले गोल संख्या दोब्बर पारे । ४५ औं मिनेटमा उर्लाबारीका लागि सौरज राउतले एक फर्काए । ७० औं मिनेटमा मोतीरामका लागि फेरी लिम

    • प्रकाशित मितिः पुष २४, २०७८
    • ७८७ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल