राष्ट्रिय

    Showing ७१-८० of १४९ items.
  • प्रदेश १ मा ११ जनाको मृत्यू, ८ सय ४१ जनामा कोरोना संक्रमण

    विराटनगर-प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४१ जनामा कोरोना संक्रमण देखिएको छ । मृत्यू हुनेमा ७ महिला र ४ पुरुष रहेका छन ।  १ हजार ५१४ जनाको पीसीआर परीक्षण गर्दा ३९६ र १ हजार ४७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४४५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा १३५-१३५, सुनसरीमा ८२, इलाममा २१, धनकुटामा १०, भोजपुरमा ३, पाँचथर, उदयपुर र तेर्‍हथुममा २-२, ताप्लेजुङ र खोटाङमा १-१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।झापाको दमकमा ५९, विर्तामोडमा २०, अर्जुनधारामा १३, मेचीनगरमा ११, शिवसताक्षीमा ८, कनकाई र भद्रपुरमा ७-७, कमल ग

    • प्रकाशित मितिः भदौ २, २०७८
    • ३७३ पटक पढिएको
  • राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

    विराटनगर-  राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् । हिजो (मंगलबार) मन्त्रिपरिषद्ले निर्णय गरी सिफारिस गरेको केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतले दल विभाजन गर्ने व्यवस्थासहितको अध्यादेश बुधबार राष्ट्रपतिले जारी गरेकी हुन् ।बुधबार दिउँसो १ बजे अध्यादेश जारी भएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएकाछन । राष्ट्रपतिले जारी गरेसँगै अध्यादेश राजपत्रमा प्रकाशनका लागि पठाइने बताईएको छ । राजपत्रमा प्रकाशित भएपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ स्वतः निस्क्रिय हुनेछ । अध्यादेश जारीभएपछि अब कुनै पनि दलले आफ्नो दलको केन्द्रीय समिति वा

    • प्रकाशित मितिः भदौ २, २०७८
    • २८७ पटक पढिएको
  • ‘इतिहासमा इटहरी’ पुस्तक सार्वजनिक

    विराटनगर-इटहरीको इतिहासकाविभिन्नपक्षबारे उजागर गरिएको पुस्तकइतिहासमा इटहरी विमोचन गरिएको छ । नेप्ली मिडिया प्रा.लि.ले प्रकाशन गरेको पुस्तकलाई इटहरीकाविभिन्न क्षेत्रका ऐतिहासिकव्यक्तिहरुको उपस्थितीमाविमोचन गरिएको हो ।इटहरीकापहिलो मन्त्री रामकुमार सुब्बा, पहिलो मेयर तथावर्तमानप्रदेश सांसद सर्वध्वज साँवा, मेयर द्वारिकलाल चौधरी, इटहरीकापहिलो फिल्मनिर्मातातथाजग्गादाता हेमनारायण चौधरी र इटहरीकापहिलो स्कुल सञ्चालक डेबिट सुब्बाले संयुक्त रुपमा पुस्तकविमोचन गरेका थिए ।३३६ पृष्ठको उक्त पुस्तकमा इटहरीको कला, संगीत, साहित्य, व्यापार, शिक्षा, स्वास्थ्य, खेलकुदलगायतविभिन्नविषयसँग सम्बन्धित ऐतिहासिक घटनाक्रम

    • प्रकाशित मितिः भदौ १, २०७८
    • ७१८ पटक पढिएको
  • जग्गाको सट्टापट्टासम्बन्धी निर्णय कार्यान्वयन नगर्न संसदीय समितिको निर्देशन

    विराटनगर -  झापामा रहेको गिरीबन्धु टी स्टेट प्रालिको स्वामित्वमा रहेको जग्गाको सट्टापट्टासम्बन्धी मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको मंगलबारको बैठकले केपी ओली नेतृत्वको अघिल्लो सरकारले सो कम्पनीको स्वामित्वमा रहेको जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको हो ।ओली सरकारको निर्णय भूमि व्यवस्था ऐन र भूउपयोग ऐन प्रतिकूल रहेकाले कार्यान्वयन नगर्न सरकारलाई सचेत गराइएको समितिकी सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिईन । ओली नेतृत्वको अघिल्लो सरकारले ग

    • प्रकाशित मितिः भदौ १, २०७८
    • ४८७ पटक पढिएको
  • अधिग्रहण सक्नु पर्ने १६ महिनाको अवधिमा बल्ल उपसमिति गठन

    विराटनगर-विराटनगर विमानस्थल पीडित संघर्ष समितिले जग्गा रोक्का गरेर प्रशासनले अधिग्रहणको काम समयमा अगाडी नबढाएको कारण संघर्षका कार्यक्रम घोषणा गर्ने भएको छ । समयमा जग्गाको मुआब्जाको प्रक्रिया अघि नबढ्दा विराटनगर विमानस्थल वरपर बसोबास गरेका ३ सय ५० घर परिवार मर्कामा परेका छन भने २०७७ को चैत महिनामा १४ सय कित्ता जमिन अधिग्रहणका लागि रोक्का गरिएको छ । ओलाी सरकारको पालामा नै बजेट आउने र आफुहरुले मुआब्जा पाउने आशामा बसेका विमानस्थल पिडितहरु सरकारले बजेटको ब्यवस्था नगर्दा र स्थानिय प्रशासनले अधिग्रहणको काम अघि नबढाउदा निराश बनेका हुन । उनीहरुले अहिले आफ्नो रोक्का भएको जग्गा फुक्का गरिनु पर्ने मा

    • प्रकाशित मितिः श्रावण ३२, २०७८
    • ४३५ पटक पढिएको
  • नागरिकको सहयोग प्रहरीका लागि सार्वोपरि : महानिरीक्षक क्षेत्री

    इनरुवा-प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शान्ति सुरक्षा कायम गर्नका लागि नागरिकको भूमिका महत्वपूर्ण रहेको बताएका छन । सुनसरी सदरमुकाम इनरुवामा बिहिबार जिल्ला प्रहरी कार्यालय सुनसरीको नवनिर्मित भवन उदघाटन कार्यक्रमलाई  सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताएका हुन । नागरिकको सहयोग विना प्रहरी एक्लैले केही गर्न नसक्ने भन्दै सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।  सुरक्षा अभियान प्रहरी र जनताको सहकार्यको परिणाम भएको भन्दै सुरक्षा संवेदनशीलता प्रति सबै नागरिक गम्भिर भएको खण्डमा कार्य सम्पादन गर्नका लागि नेपाल प्रहरीलाई सहज हुने प्रहरी महानिरीक्षक क्षे

    • प्रकाशित मितिः श्रावण २८, २०७८
    • ४८१ पटक पढिएको
  • कलुमान भन्छन‘मिलेर काम गर्छौं ।’

    विराटनगर-दोश्रो पदभार ग्रहण गर्दै नेपाल विद्युत प्राधिकरणका नवनियुक्ती प्रवन्ध निर्देशक कुलमान घिसिङले १५ हजार कर्मचारीको सहयोगले नै पहिलो कार्यकालमा उल्लेखिय सफलता हासिल गरेको र दोश्रो कार्यकालमा पनि सबैको साथ र सहयोग लिएर अघि बढ्ने बताएका छन । बुधबार नियुक्ती लिएसंगै नेपाल विद्युत प्राधिकरणको केन्द्रिय कार्यालय रत्नपार्क पुगेर उनले दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेका हुन् ।ओली सरकारले नियुक्ती गरेका निवर्तमान प्रबन्ध निर्देशक हितेन्द्र शाक्यलाई जल तथा ऊर्जा आयोगमा चार वर्षका लागि जिम्मेवारी दिइएको छ । शाक्यले छोडेर गएकै ठाउँबाट आफूले काम अघि बढाउने घिसिङले बताए । आफ्नो दोस्रो कार्य

    • प्रकाशित मितिः श्रावण २७, २०७८
    • ३८१ पटक पढिएको
  • अनलाइन कक्षाको शुल्क ५० प्रतिशत मात्र लिन महानगरको विद्यालयलाई निर्देशन

    विराटनगर-अनलाईन कक्षाको प्रभावकारितालाई हेर्दै विराटनगर महानगरपालिकाले अनलाइन कक्षाको ५० प्रतिशत घटाउन संस्थागत विद्यालयलाई निर्देशन दिएको छ । तर संस्थगत विद्यालयहरुले महानगरको निर्देशनमा त्रुटी रहेको भन्दै कार्यान्वयनमा आनाकानी गरेका छन । विराटनगर महानगरपालिकाले कोभिड-१९ का कारण बन्द रहेको तर अनलाइन कक्षा संचालन गरेका विद्यालयलाई विद्यार्थीका अभिभावकबाट ५० प्रतिशत मात्रै शुल्क असुल गर्न निर्देशन गर्दै गत २१ गते परिपत्र गरेको थियो । परिपत्र हचुवाको भरमा आएको र कार्यान्वयन गर्न नसकिने संस्थागत विद्यालयका संचालकहरुले बताएका छन् । विराटनगर महानगरपालिकाको प्याब्सन अध्यक्ष इन्द्र राईले १

    • प्रकाशित मितिः श्रावण २५, २०७८
    • ४२६ पटक पढिएको
  • सरकार सञ्चालनका लागि सत्तारुढ गठबन्धन कार्यदलले तयार पारेको साझा कार्यक्रम सार्वजनिक

    विराटनगर -  सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनमा रहेका दलका नेताहरुले प्रतिवेदन सार्वजनिक गरेका हुन् ।कार्यक्रममा कार्यदल संयोजक एवं नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले साझा कार्यक्रम र कार्यविधि वाचन गरको थिए । सत्तारुढ दलका शीर्ष नेताहरु, मन्त्रीहरु र कार्यदलका संयोजकलगायतले  आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठकबसेर प्रतिवेदनलाई अन्तिम रु

    • प्रकाशित मितिः श्रावण २४, २०७८
    • ६३७ पटक पढिएको
  • नेपालमै पहिलो पटक रोर्वटिक सर्जरी केएमसीमा

    काठमाडौं । नेपालमा अब रोवर्टबाट उपचार ! विकासोन्मुख त्यसमाथि स्वास्थ्य सेवामा पछि परेको मुलुकका नागरिकका लागि अचम्मको खबर हो । तर, मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा केही गरौं भन्ने उद्देश्यका साथ लागि परेका विराटनगरका डा. सुनिल शर्माले काठमाडौं मेडिकल कलेजलाई सुपरस्पेशियालिटीको हव बनाउँदै नेपालमै पहिलोपल्ट रोवटिक न्यूरो सर्जरी सेवा सुरु गर्न लागेका छन् ।गतवर्षबाट डा. शर्माको लगानी र व्यवस्थापनमा आएको काठमाडौं मेडिकल कलेज (केएमसी) ले मुलुकमै पहिलोपल्ट क्रेनियल रोवर्टबाट न्यूरो सर्जरी सुरु गर्ने भएको हो । केएमसीले सार्क राष्ट्रहरुमा भारतपछि नेपालमा पहिलो पटक रोवटिक न्यूरो सर्जरी सुरु गर्न लागे

    • प्रकाशित मितिः श्रावण २२, २०७८
    • १९६ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल