मुख्य समाचार

    Showing ७१-८० of ८०२ items.
  • नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ मा पर्यटन सूचना केन्द्रको स्थापना

    विराटनगर-नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ समितिको पहलमा पर्यटन व्यवसायीहरु सहितका सरोकारवालाहरुको सक्रियतामा महासंघको सचिवालयमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । मंगलबार महासंघको कार्यालयमा स्थापित सूचना केन्द्रको महासंघका केन्द्रीय सदस्य, प्रदेशका उपाध्यक्ष एवं प्रदेश १ का मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउतले उद्घाटन गरे । प्रदेश १ को प्रमुख तीनवटा नाकाबाट नेपाल प्रवेश गर्ने सवै पर्यटकलाई प्रमुख गन्तव्यहरुको बारेमा जानकारी दिने, होटल र ट्राभल्स लगायतका सेवा प्रदायक निकायको सूचना विवरण अद्यावधिक राख्ने र पर्यटकहरुकै जानकारी राख्ने लगायतका काम सूचना केन्द्रबाट हुन

    • प्रकाशित मितिः आश्विन ११, २०७९
    • ४०२ पटक पढिएको
  • डा.सुनिल शर्माले एकैदिन तीन ठाउँमा सञ्चालन गराए निःशुल्क स्वास्थ्य शिविर

    बेलबारी–विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले सोमबार मोरङको क्षेत्र नं.३ का तीन स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन् । डा.शर्माले नोबेल अस्पतालमार्फत बेलबारी, सुन्दरहरैंचा र पथरीशनिश्चरेमा शिविर सञ्चालन गराएका हुन् ।       तीन वटै शिविरबाट ५८० जना विरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । बेलबारी नगरपालिका वडा नं. २ मा सञ्चालित शिविरमा नोबेल अस्पतालका छाती तथा फोक्सो रोग बिशेषज्ञ प्रा.डा.रामहरी घिमिरे र स्त्रीरोग बिशेषज्ञ प्रा.डा.सिता घिमिरे नेतृत्वको डाक्टरहरुको टोलीले २१३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण

    • प्रकाशित मितिः आश्विन ११, २०७९
    • ३५१ पटक पढिएको
  • केएमसीलाई प्रेस काउन्सिलको सम्मान, राष्ट्रपतिद्वारा प्रशंसापत्र प्रदान

    विराटनगर . स्वास्थ्य शिविर सञ्चालन गरेर सहयोग पुर्याएको भन्दै प्रेस काउन्सिल नेपालले काठमाडौं मेडिकल कलेजलाई सम्मान गरेको छ । प्रेस काउन्सिलको ५३ औं बार्षिकोत्सवको अवसर पारेर केएमसीलाई प्रशंसापत्र प्रदान गरिएको हो ।राष्ट्रपति भवन सितल निवासमा बिहिबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले केएमसीका चार्टर एकाउन्टेन्ट क्षितिज निरौलालाई केएमसीको प्रशंसापत्र प्रदान गरिन् । समाजसेवीको रुपमा परिचित केएमसीका कार्यकारी अध्यक्ष डा.सुनिल शर्माको योजना अनरुप गरिब तथा बिपन्न विरामीलाई लक्षित गरेर केएमसीले विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । प्रेस काउन्सिलको स्

    • प्रकाशित मितिः आश्विन ११, २०७९
    • ३४९ पटक पढिएको
  • भारतीय गृहमन्त्री अमित साहलाई मिरगञ्ज पुल संचालनका लागि ब्यापार संघको आग्रह

    विराटनगर–भारतीय केन्द्रिय गृहमन्त्री अमित साहलाई मोरङ ब्यापार संघका बरिष्ठ उपाध्यक्ष अनुपम राठीको नेतृत्वमा गएको टोलीले मीरगञ्ज पुल संचालन लगायतका समस्या समाधानका लागि आग्रह गरेको छ ।विहारको विभिन्न जिल्लामा आयोजना भएको जन भावना सभालाई सम्बोधन गर्न आएका साहलाई किसनगंजको माँ गुजरी मेडिकल कलेजमा भेट गर्दै अनुपम राठी सहित कार्यकारिणी सदस्यद्वय गोपाल अग्रवाल र विनित सिंघानियाले ज्ञापन पत्र बुझाएका छन । कडा सुरक्षा र सिमित भेटघाट मात्र गरेका साहले पत्र बुझ्दै कार्यान्वयन हुने आश्वसन दिएका थिए । ज्ञापन पत्रमा २०२२ जनवरी ६ देखी बन्दभएको मिरगञ्ज पुलको विकल्पमा बनेको मोटरेबल पुल संचालनमा ल्याउन आग

    • प्रकाशित मितिः आश्विन १०, २०७९
    • ३०४ पटक पढिएको
  • सेनिटरी प्याड, फलाम, पाम तेल उत्पादन गर्ने उद्योगका समस्याका बिषय सम्बोधन हुन्छ : मन्त्री बडु

    विराटनगर–सेनिटरी प्याड, फलाम, पामतेल उत्पादन गर्ने उद्योगमा बजेटमा भएको ब्यवस्थाको कारण उत्पन्न हुने समस्याको समाधानका लागि आफुले पहल गर्ने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बढुले बताएका छन ।उद्योग संगठन मोरङको ४९ औं बार्षिक साधरण सभालाई सम्बोधन गर्दै उद्योगी व्यवसायीले बजेटको कारण सृजित समस्या राखेपछि त्यसमा जवाफ दिने क्रममा मन्त्री बढुले बजेट पास भइनसकेको र संसदमा छलफलमा रहेकाले सेनिटरी प्याड, फलाम, पामतेल उद्योगहरुको समस्याका बारेमा पनि छलफल हुने र त्यसको निकास त्यहाबाट निस्कने उनले बताए । दाल चामल मात्रै होइन तरकारी र अचार समेत आयात भइरहेको प्रति मन्त्री बढुले आश्चर्य प्रकट

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • ६९५ पटक पढिएको
  • नेपाल वनस्पती घ्यू तेल उत्पादक संघले बजेटको प्रावधान प्रति जनायो विरोध

    विराटनगर–कच्चा पदार्थ र तयारी बस्तुमा एक तहको भन्सार शुल्क फरक हुनुपर्ने नियम विपरित सरकारले ल्याएको आर्थिक बर्ष २०७९÷२०८० बजेटमा प्रशोधित पाम र पामोलिन तेल आयातमा ५ प्रतिशत मात्रै भन्सार महसुल तोकेकोमा संघले विरोध जनाएको हो । पाम र पामोलिनको कच्चा पदार्थ(क्रुड आयल) आयातमा १० प्रतिशत भन्सार लाग्दै आएको छ । त्यसैको फिनिस गुडमा सरकारले ५ प्रतिशत मात्रै भन्सार शुल्क तोकेकोमा संघले विरोध जनाएको हो । स्वदेशी उद्योगलाई संकट तिर धकेल्ने गरि आएको निर्णय प्रति आपत्ती जनाउदै नेपाल वनस्पती घ्यू तेल उत्पादक संघले तत्काल निर्णय सच्याउन सरकारलाई आग्रह गरेको छ । चाउचाउ र विस्कुट लगायतका उद्योगलाई तयारी

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • ४८८ पटक पढिएको
  • गठबन्धनका नेताहरुको एकै स्वर‘हाम्रा उम्मेदवारको जित सुनिश्चित’

    विराटनगर–पाँच दलीय गठबन्धनका नेताहरूले विराटनगर महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार नागेश कोइराला र उपमेयर अमरेन्द्र यादवको जित सुनिश्चित भइसकेको बताएका छन् । नेपाली कांग्रेस महानगर समितिले आयोजना गरेको पत्रकारहरूसँगको छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका नेताहरूले गठबन्धनको जित सुनिश्चित भइसकेको बताएका हुन् । छलफलमा कांग्रेस नेतृ डा. डिला संग्रौलाले विराटनगरमा गठबन्धन एकढिक्का रहेको बताइन् । “हिजोअस्ति के थियो, के भयो त्यतातिर नजाऔं अब विराटनगरका सन्दर्भमा गठबन्धन एकढिक्का भएको छ,” उनले भनिन्, “यो मञ्चमा गठबन्धनका सबै नेता उपस्थिति हुनुले न

    • प्रकाशित मितिः बैशाख २४, २०७९
    • ७२४ पटक पढिएको
  • विराटनगर विमानस्थलको मुआब्जाको समस्या समाधानका लागि पहल गर्छु : नागेश कोइराला

    विराटनगर–देशमा दोश्रो ठुलो शहरको रुपमा रहेको विराटनगर अहिले छैठौं स्थानमा पुगेको कारण विराटनगरको पुरानो शाख फर्काउन अहिलेकै स्थानमा अन्तराष्ट्रिय विमानस्थल निर्माण हुनु पर्ने र विमानस्थलको मुआब्जाको समस्या समाधानका लागि आफुले पहल गर्ने नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार नागेश कोइरालाले प्रतिबद्धता जनाएका छन । विराटनगर ४ का सुकुम्बासी र अब्यवस्थित बसोवास, सडक, ढल लगायतका समस्याको समेत समाधानका लागि आफुले पहल गर्ने र महानगरले गरिरहेका तर सम्पन्न हुन बाँकी योजनाहरुलाई चाडो सम्पन्न गर्न आफुले पहल गर्ने उल्लेख गरे । इक्राहीको पोखरी चोक देखी पश्चिम रिङरोड सम्मको सडकको केहीभाग ग्राभेल रहेकोमा

    • प्रकाशित मितिः बैशाख २४, २०७९
    • ९२८ पटक पढिएको
  • कोइरालासहित गठबन्धनका उम्मेदवारलाई गुद्रीका तरकारी व्यापारीको साथ

    विराटनगर–आसन्न स्थानीय निर्वाचनका लागि प्रचारप्रसारलाई तीव्रता दिएको नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई गुद्रीका तरकारी व्यापारीले साथ दिने भएका छन् । विराटनगर–११ स्थित नयाँगुद्री बजारमा कार्यक्रम आयोजना गरेर कांग्रेसका तर्फबाट विराटनगर महानगरका लागि मेयरका उम्मेदवार नागेश कोइराला र गठबन्धनका उम्मेदवार अमरेन्द्र यादवलाई जिताउने प्रतिबद्धता जनाएका छन् । गुद्री बजार व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा समितिका अध्यक्ष पशुपति भगतले विराटनगरवासीका मन र मुटुमा बसेका नागेश कोइरालालाई जिताउन आफूहरु लागिपर्ने बताए । “विराटनगरको विकास र समृद्धिका लागि नागेश कोइरालाले जित्नुपर्छ,” उन

    • प्रकाशित मितिः बैशाख २२, २०७९
    • ६०७ पटक पढिएको
  • नागेशसंगै घरदैलोमा मत माग्दै नेतृ संग्रौला

    विराटनगर–आसन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा कांग्रेसबाट मेयरका उमेदवार नागेश कोइरालाको चुनावी अभियान जारी छ । घरदैलो सहितका प्रचार अभियानमा कांग्रेसका केन्द्रीय नेताहरु जोडिने क्रम पनि चलिरहेको छ । आज केन्द्रीय सदस्य डा. डिला संग्रौला विराटनगरमा संचालित चुनावी अभियानमा सक्रिय भएकी छन् । उनी कोइरालासंगै मतदाताका घरघर गई मत मागिरहेकी छन् । विराटनगर १२ मा संचालित घरदैलो कार्यक्रममा संग्रौलाले विराटनगरको विकासको लागि कांग्रेसका उमेदवारलाई विजयी गराउन मतदाता समक्ष अनुरोध गरिन् ।सोही वडाको पंचमुखीाचोक हुँदै बखरीसम्म चुनावी रयालीसमेत आयोजना गरिएको थियो । विराटनगर ६ मा आयो

    • प्रकाशित मितिः बैशाख २२, २०७९
    • ३३८ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल