मुख्य समाचार

    Showing ९१-१०० of ८०१ items.
  • युक्रेनमाथि रुसी आक्रमणको नेपालमा असर, खाद्यान्न, कोइला, खानेतेलको मूल्य बृद्धिहुने

    विराटनगर-युक्रेन माथि रुसी आक्रमणले विश्वको अर्थ व्यवस्थामा असरपरेसंगै त्यसको असर नेपालमा समेत देखिएको छ । रुसी आक्रमणसंगै विश्वव्यापी रुपमा शेयरबजारमा त्यसको नकारात्मक असर देखिएको छ । युक्रेनबाट सोझै नेपालमा तोरीको दाना, सूर्यमुखी र भटमासको क्रुड आयल र गहँुको आयात हुदै आएको छ । जसमा प्रतिटन ३० देखी ६० डलर मूल्य बढेको छ । विश्वब्यापीरुपमा कोइला, पेट्रोलियम लगायतमा हुने मृल्यबृद्धिको असरसमेत नेपालमा पर्ने देखिएको छ । कोइलाको मूल्य बृद्धिले इँटा र सिमेन्ट उद्योगको उत्पादन लागत बढ्छ भने अबको एक महिना भित्र नेपालमा खानेतेलको मूल्य एक सय रुपैयाँ सम्म बढ्ने अनुमान उद्योगीहरुले गरेका छन । घ

    • प्रकाशित मितिः फाल्गुन १६, २०७८
    • ३५२ पटक पढिएको
  • तपाईहरुलाई संकटपर्दा राष्ट्रबैंकले सहयोग गर्‍यो,अब तपाईहरुले सिस्टम जोगाउन सहयोग गर्नु पर्छ : गर्भनर अधिकारी

    विराटनगर-गत बर्ष राज्यले निजी क्षेत्रलाई सहयोग गर्‍यो अहिले निजी क्षेत्रले राज्यलाई सहयोग गर्नु पर्ने अवस्था आएको छ । गर्भनर महाप्रसाद अधिकारीले भने‘सिस्टमलाई बचाउन पनि अब निजी क्षेत्रको सहयोग चाहिएको छ ।’ बाह्रखरी मिडियाले आयोजना गरेको इकोनोमिक समिटमा बोल्दै अधिकारीले अहिले बैंकको व्याज चर्को भयो भन्ने गुनासो आइरहेको बारे भने‘साढे चार प्रतिशत सम्म ब्याजदरमा हिजोका दिनमा ऋण लिनु भयो त्यो अनुत्पादक क्षेत्रमा पनि लगानी भएको छ । क्यास मार्जिन राखेका छौं आयातमा केही सहज हुनासाथ हामी यसलाई सहज बनाउछौं ।’ उनले पछिल्लो नीतिले क्रेडीटमा सामान ल्याउन रोकेको सन्दर्भमा प्रष्ट्याउदै भने‘उधारोमा सामान

    • प्रकाशित मितिः फाल्गुन १६, २०७८
    • २६१ पटक पढिएको
  • प्रदेश १ मा थपिए ८ मन्त्री, १४ सदस्यीय मन्त्री मण्डल

    विराटनगर-नाम राख्न नसकेको प्रदेश १ मा आइतबार मन्त्री मण्डल विस्तार भएको छ । प्रतिपक्ष दल एमालेको विरोधका बावजुद प्रदेश सरकारमा ७ नयाँ मन्त्री र एक राज्यमन्त्री थपिएका हुन । अब प्रदेश १ को सरकारको आकार १४ सदस्यीय बनेको छ । गठबन्धनबाट मुख्यमन्त्री बनेका राजेन्द्र राईले अनावश्यक खर्च कटौती गर्ने प्रतिबद्धता जनाएका पनि मन्त्रालयको संख्या र मन्त्रीमण्डलको आकार बढ्दा प्रदेश सरकारले अनावश्यक आर्थिक भार थेग्नु पर्ने देखिएको छ । थपिएका ६ मन्त्री र एक राज्यमन्त्रीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनियताको सफत ग्रहण गराएका छन । थपिएका नयाँ मन्त्रीहरुमा नेपाली कांग्रेसबाट शेखरचन्द्र थापा वन

    • प्रकाशित मितिः माघ २३, २०७८
    • ५७२ पटक पढिएको
  • नेपाली कांग्रेस क्षेत्र नम्बर ६ को पार्टी कार्यालय भवन डा.कोइरालाद्वारा सिलान्यास

    विराटनगर-नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ६ को पार्टी कार्यालय भवनको विराटनगर ४ एयरपोर्ट रोडमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आइतबार सिलान्यास गरेका छन । सिलान्यास कार्यक्रममा केन्द्रिय सदस्य डा. डिला संग्रौला लगायतका केन्द्रिय, जिल्ला स्तरका नेताहरुको उपस्थिति रहेको थियो । मोरङको क्षेत्र नम्बर ६ डा.कोइरालाको निर्वाचन क्षेत्र हो । साविकको कन्चनबारी ९ ‘ख’ को एक कठ्ठा जमिन प्रदेश सांसद चुमनारायण तबदारको परिवारले निःशुल्क रुपमा नेपाली कांग्रेस क्षेत्र नम्बर ६ लाई प्रदान गरेको हो । २०५४ सालमा नेपाली कांग्रेसको क्षेत्रीय सभापति भएका बेला चुमनारायण, माइलो भाई नेत्र र कान्छो भाई अभ

    • प्रकाशित मितिः माघ २३, २०७८
    • ३७५ पटक पढिएको
  • मोफसलमा पहिलो पटक ढाडको नसा च्यापिएको सफल अप्रेशन दुरविनबाट नोबेल अस्पतालमा

    विराटनगर-विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको ढाडको नसा च्यापिएको समस्याको शल्यक्रिया दुरविनको माध्यमबाट सफलतापूर्वक गरिएको छ । ढाडको नसा च्यापिएर अस्पताल आएका झापाको विर्तामोड नगरपालिका-४ का ४८ बर्षीय पेलेङ सिंह धिमालको दुरविनको माध्यमबाट सफलतापूर्वक शल्यक्रिया गरिएको हो । नोबेल अस्पतालको न्यूरो विभागका प्रमुख एवं बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले शल्यक्रिया गरेको हो । काठमाडौं बाहिर पहिलो पटक दुरविनको माध्यमबाट यस्तो शल्यक्रिया भएको बरिष्ठ न्यूरो सर्जन डा.काफ्ले बताउँछन् । ‘मेरुदण्डमा नसा च्यापिदा सामान्य अवस्थामा औषधी दिइन्छ, अप्रेशन गर्नुपर्ने

    • प्रकाशित मितिः माघ २१, २०७८
    • ४९३ पटक पढिएको
  • प्रदेश १ का ९ जिल्लाको जनसंख्या घट्यो, मोरङ सुनसरी लगायतको बढ्यो

    विराटनगर-पछिल्लो १० वर्षमा प्रदेश १ का ९ जिल्लाको जनसंख्या घटेको राष्ट्रिय जनगणना ०७८ मा प्रकाशित विवरणमा उल्लेख छ । प्रदेश १ का पहाडी जिल्ला खोटाङ, भोजपुर, पाँचथर, धनकुटा, ओखलढुंगा, इलाम, सोलुखुम्बु पाँचथर र ताप्लेजुङको जनसंख्या ०६८ मा भन्दा ०७८ मा कम भएको पाइएको हो ।केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकमा देशका ३२ जिल्लाको जनसंख्या ०६८ मा भन्दा कम भएको छ, जसमा प्रदेश १ का ९ जिल्ला छन् । खोटाङमा ०६८ मा भन्दा ३० हजार ९७२ जनसंख्या कम भएको छ । ०६८ मा २ लाख ६ हजार ३१२ रहेकामा ०७८ मा १ लाख ७५ हजार ३४० मा झरेको छ ।भोजपुरको जनसंख्या ०६८ मा १ लाख ८२ हजार २५९ रहेकामा ०७८ मा १ ला

    • प्रकाशित मितिः माघ १७, २०७८
    • २३६ पटक पढिएको
  • प्रदेश १ सरकारमा ७ बाट १२ मन्त्रालय थपिदै, भौतिक संरचना निर्माणका लागि जमिन खोजिदै

    विराटनगर-प्रदेश १ को सरकारमा अब १२ मन्त्री र मन्त्रालय हुने भएको छ । आइतबार बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधनसहित पारित गरेसँगै प्रदेशमा मन्त्रालय संख्या बढ्ने भएको हो ।मन्त्रिपरिषद् कार्यविभाजन नियमावली पारित गर्ने निणर्यबारे सरकारले औपचारिक जानकारी भने दिएको छैन । मन्त्रिपरिषद् बैठकपछि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुरर आङ्बोले सरकारले गरेका अन्य निणर्यहरु मात्रै सार्वजनिक गरेका थिए ।मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार सरकारले सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय

    • प्रकाशित मितिः माघ १७, २०७८
    • २१६ पटक पढिएको
  • मारुती सिमेण्टद्वारा एम्बुलेन्स प्रदान

    विराटनगर-मारुती सिमेण्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका १४ अरुण ठाकुरलाई एम्बुलेन्स प्रदान गरेको छ । ककुरठाकुर भन्ने स्थान र आसपासका स्थानीयहरुलाई स्वास्थ्यमा पहुँच पुराउन एम्बुलेन्स प्रदान गरिएको हो ।सोमबार दुधौली नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा प्रालिका संञ्चालक तथा प्रदेश एकका मूख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहाकार राजेन्द्र राउतले नगरपालिकाका मेयर घनश्याम राउतलाई एम्बुलेन्स हस्तान्तरण गरे । एम्बुलेन्सको चाबी हस्तान्तरण गर्दै प्रालिका राउतले त्यस क्षेत्रका स्थानीयलाई विभिन्न क्षेत्रमा प्रालिले सहयोग गरिरहेको बताउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता जाहेर गर

    • प्रकाशित मितिः माघ १७, २०७८
    • २१४ पटक पढिएको
  • सुनसरी मोरङ औद्योगिक करिडोरका समस्याको समाधानका लागि युद्धस्तरमा लाग्ने प्रतिवद्धता

    विराटनगर-विभिन्न कारणले झण्डै तीन महिना लामो प्रक्रियाबाट सम्पन्न मुलुककै जेठो ब्यापारिक तथा औद्योगिक संगठन मोरङ व्यापार संघको अध्यक्षमा नविन रिजाल सर्बसम्मत चयन भएका छन् । पुस २० गते भएको निर्वाचनमा कार्यसमितिका लागि १६ सदस्य निर्विरोध निर्वाचित भएका थिए । तीन १६ सदस्यहरुबाट रिजाल सर्वसम्मत अध्यक्ष चयन भएका हुन । उनलाई बिहिबार नै निर्बतमान अध्यक्ष प्रकाश मुन्दडाले पदभारग्रहण गराएका थिए ।१६ सदस्यीय समितिको बैठकले वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, वाणिज्यतर्फको उपाध्यक्षमा अनिलकुमार सारडा, उद्योगतर्फको उपाध्यक्षमा विकासकुमार बेगवानी र महासचिवमा अनिल शाह निर्वाचित भएका छन् । संघको सचिवमा सन्जय श्रे

    • प्रकाशित मितिः माघ १३, २०७८
    • ३०१ पटक पढिएको
  • प्रदेश १ मा धान उत्पादन घट्यो, जोगवनी नाकावाट धान र चामलको आयात बढ्यो

    विराटनगर-गत बर्ष भन्दा यो बर्ष चार हजार हेक्टर धान खेतीको क्षेत्रफल बढेपनि धानको उत्पादन भने प्रदेश १ मा घटेको छ । तवर्ष ३ लाख ३२ हजार हेक्टरमा धान रोपाई हुुँदा १३ लाख ११ हजार टन धान उत्पादन भएको थियो । यसपाली ३ लाख ३६ हजार हेक्टरमा धान रोपाई भएकोमा १२ लाख ८२ हजार टन मात्र उत्पादन भएको छ । यो गतवर्षको आधारमा २९ हजार टनले कम हो ।धान पाक्ने समयमा परेको वेमौसमी वर्षाका कारण खेती बढेपनि यसपाली उत्पान घट्यो । प्रदेश कृषि मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले भने वेमौसमी वर्षाले प्रदेशमा करिव ५० हजार हेक्टरको पाकेको धान क्षतिग्रस्त भएको थियो । त्यसकै कारण उत्पादनमा ह्रास आयो । अनुकुल मौसमका कारण

    • प्रकाशित मितिः माघ ५, २०७८
    • २६८ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल