खेलकुद

    Showing ५१-६० of ६० items.
  • विराटनगरबाट राष्ट्रिय फुटबल टिमको घोषणा

    विराटनगर-फुटबलमा पछिल्लो समय बर्चस्व विहिन बन्न पुगेको विराटनगरले लामो समयपछि राष्ट्रिय स्तरको फुटबल क्लब पाएको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको हातबाट बिहीबार साँझ आयोजित समारोहमा विराटनगर सिटी फुटबल क्लब घोषणा गरियो ।हाल १४ खेलाडी अनुबन्धित भइसकेको क्लबमा राष्ट्रिय खेलाडी रञ्जित धिमाललाई क्याप्टेन नियुक्त गरिएको क्लबका प्रमुख कार्यकारी अधिकृत शुभाशिष कोइरालाले बताए । क्लबमा धिमालका साथ अन्य राष्ट्रिय खेलाडी सुनिल बल र सन्तोष तामाङ पनि छन् ।क्लबले गोलकिपरमा किशोर गिरी र सूर्य अधिकारी तथा डिफेन्समा रञ्जित धिमाल, सरोज दाहाल, विक्रम धिमाल र विजय धिमाल नियक्त गरेको छ। त्यस्तै मिडफिल

    • प्रकाशित मितिः चैत्र १३, २०७७
    • ४०३ पटक पढिएको
  • मिल्स गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा धरान एकेडेमी सेमिफाइनलमा

    विराटनगर - विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा धरान सिटी फुटबल एकेडेमी सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर– १६ स्थित जुट मिल्सको खेलमैदानमा आज  भएको अन्तिम क्वाटरफाइनल खेलमा शताक्षीधाम स्पोर्ट्स क्लब झापालाई १–० गोलले पराजित गरि धरान सेमिफाइनलमा प्रवेश गरेको हो । जितसँगै धरान बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा साइनो स्पोर्ट्स क्लब रानी बिच हुनेछ । अन्तिम चारमा पुगेको धरानले जितको लागि एक मात्र निर्णायक गोल खेल सुरू भएको ४ मिनेटमै गरेको थियो । धरानका तपन कार्कीले गरेको गोल निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच झापाका गोलरक्षक सन्दिप लिम्बु घोषित भए । उनले नगद पाँच

    • प्रकाशित मितिः चैत्र १०, २०७७
    • २७४ पटक पढिएको
  • एभरेष्ट कलेज फुटबल टुर्नामेन्टको उपाधि कक्षा १२ को व्यवस्थापन संकायलाई

    विराटनगर -  विराटनगर–५ स्थित एभरेष्ट कलेज फुटबल टुर्नामेन्ट २०७७ को उपाधि कक्षा १२ को व्यवस्थापन संकायले जितेको छ । कलेजकै खेलमैदानमा आज  सम्पन्न फाइलन खेलमा कक्षा १२ कै विज्ञान संकायलाई १ का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै व्यवस्थापन संकायले उपाधि जितेको हो । विज्ञान संकायकालागि एक मात्र गोल डेविड पराजुलीले गरे भने व्यवस्थापन संकायका लागि आमोस दाहाल र विपुल श्रेष्ठले एक एक गोल गरे । ६० मिनेटकोे खेल अत्यन्तै रोमाञ्चक बनेको थियो । फाइनल खेलको म्यान आफ द म्याच विजयी टीमका कप्तान आविश्कार खड्का घोषित भए । प्रतियोगिताको पहिलो दिन सम्पन्न खेलबाट कक्षा ११ दुई खेल नै हारेर बाहिरियो

    • प्रकाशित मितिः चैत्र ६, २०७७
    • ४४२ पटक पढिएको
  • दुई बर्ष पछि विराट गोल्डकप आयोजना हुदै, चैत २६ गतेदेखि १० टिम मैदानमा उत्रने

    विराटनगर-दुई बर्ष पछि आगमी चैत २६ गतेदेखी बैशाक ४ गते सम्म विराट गोल्डकप प्रतियोगिता हुने भएको छ । २०७४ साल पछि विराट गोल्डकप फुटबल ट्रष्टले नेपाल, भारत र क्यामरुनको गरि १० वटा टिमलाई मैदानमा उतार्न लागेको हो ।आन्तरिक समस्या, कोभिड प्रभाव र फ्लडलाईट जडानले प्रतियोगिता दुई बर्ष पछि धकेलिएको हो । विराट गोल्ड कप फुटबल ट्रस्टले बिहिबार पत्रकार सम्मेलन गर्दै खेलको मिति सार्बजनिक गरेको हो । ट्रस्टका संयोजक मनोजविक्रम शाहले प्रतियोगितामा नेपाल, भारत र क्यामरून गरी ३ मुलुकका १० फुटबल टिम सहभागी हुने जानकारी दिए । संयोजक शाहले प्रतियोगिताका मुख्य आकर्षक टिममा भारत-पन्जाब पुलिस, झारखण्ड टाटा ए

    • प्रकाशित मितिः चैत्र ५, २०७७
    • ५०७ पटक पढिएको
  • मिल्सएरिया मा प्रथम मिल्स गोल्डकप फुटबल प्रतियोगिता हुने

    विराटनगर - विराटनगरको मिल्स एरिया (रानी)मा प्रथम मिल्स गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।विराटनगर–१६ मा रहेको मिल्स गोल्डकप फुटबल ट्रष्टले पहिलो पटक प्रदेशस्तरीय गोल्डकप गर्ने भएको हो । यही चैत ७ देखि १४ गतेसम्म गोल्डकप आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ ।ट्रष्टका अध्यक्ष किशोर शाहीका अनुसार विराटनगरको फुटबल इतिहासमा मिल्स एरियाको योगदान र पहिचान गराउने उधेश्यका साथै फुटबल खेललाई गतिसिल बनाउँदै लैजानकालागी प्रतियोगिता गर्न लागेको हो । नयाँ पुस्तालाई खेलकुदका माध्यमबाट सकारात्मक सोचको  विकास गराउने सभ्य समाज निर्माण गरी सामाजिक दाहित्व बहन गराउने ट्रष्टको लक्ष्य रहेको

    • प्रकाशित मितिः चैत्र ५, २०७७
    • ६६२ पटक पढिएको
  • जहदामा जारी वाईवाई वडा अध्यक्ष कपको उपाधी एमएमसी क्लबको पोल्टामा

    विराटनगर -  मोरङको जहदामा लक्ष्मीनिया युवा क्लवद्वारा आयोजित वाई वाई वडा अध्यक्ष कप क्रिकेट प्रतियोगितामा एमएमसी क्लब बिराटनगरले  उपाधी उचालेको  छ। पोखरिया स्पोर्टिंग क्लब, जहदा–६ लाई ७४ रनले पराजित गर्दै एमएमसी बिराटनगरले जित हात पारेको छ ।टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको एम.एम.सी. क्लब बिराटनगर २० ओभरमा २०० रन बनाउन सफल भयो । एम.एम.सी. को तर्फबाट दिपेश कडेल  ले  सर्वाधिक ५३ रन, सतिश यादवले ३६ रन , तब्रेजले ३३ रनको योगदान गरेका थिए।पोखरिया  को तर्फ बाट नितेश सहनी, बिनेस सहनी, दिवस र बब्लु ले २–२ विकेट लिए। जवाफी ब्याटिंगमा उत्रिएको जहदा–६, पोखरिया

    • प्रकाशित मितिः फाल्गुन २३, २०७७
    • ९६८ पटक पढिएको
  • वडाध्यक्ष कप क्रिकेटको फाइनलमा विराटनगरको एमएमसी र पोखरिया बिच भिडन्त

    विराटनगर–मोरङको जहदामा लक्ष्मीनिया युवा क्लवद्वारा आयोजित वाईवाई वडाध्यक्ष कप क्रिकेट प्रतियोगिताको शनिबार हुने फाइनल खेलमा विराटनगरको एमएमसी क्लब र जहदाको पोखरिया क्लिबका बिच उपाधिका लागि प्रतिष्पर्धा हुने भएको छ ।कलाबन्जर युवा स्पोर्टिंग क्लब धनपालथानलाई ४ बिकेटले  पराजित गर्दै एमएमसी विराटनगर  फाइनलमा प्रवेश गरेसंगै उसको भेट शनिबार हुने फाइनलमा जहदाको पोखरियासंग हुने भएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको कलाबन्जर १९ ओभरमा अलआउट हुदै  १२३  रन बनाउन सफल भएको थियो ।कलाबन्जरका अमितले  सर्वाधिक ३० रन, बेचनले २२ रन, सुरजले १४  रन, नरेशले १०, श्यामले ८, पप्पुले ७ रन

    • प्रकाशित मितिः फाल्गुन १८, २०७७
    • ३२८ पटक पढिएको
  • च्याम्पियन एपीएफको अपराजित यात्रा कायमै

    विराटनगर, ५ फागुन ।विभागीय टिम एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा अपराजित यात्रालाई कायम राखेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज विराटनगर महानगरपालिकालाई १–० गोलले पराजित गर्दै एपीएफले जितको यात्रालाई कायम राखेको हो । एपीएफको जितमा अनिता केसीले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा अनिताले निर्णायक गोल गरेकी हुन् । जितसंगै च्याम्पियन एपीएफले ११ औं जित निकालेको छ । दुई खेल अगावै च्याम्पियन बनेको एपीएफले ११ खेलमा ३३ अंक जोडेको छ । जारी लिगमा एपीएफ अपराजित रहने एक्लो टिम हो । आज नै भएको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसँग बराबरी खेलेपछि एप

    • प्रकाशित मितिः फाल्गुन ५, २०७७
    • ४३७ पटक पढिएको
  • शहिद रंगशालामा फ्लड लाईटको परीक्षण

    विराटनगर ५ फागुन । शहिद रंगशाला विराटनगरमा फ्लड लाईटको परीक्षण गरिएको छ । मंगलबार साँझ जनप्रतिनिधि, खेलकर्मी, प्राविधिक लगायतको उपस्थितिमा फ्लड लाईटको परीक्षण गरिएको हो । फ्लड लाइट जडानको काम करिव सकिएको निर्माण पक्षले जनाएको छ । गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीवीच सहिद रंगशालामा फ्लड लाइट जडानको सम्झौता भएको थियो । २१० दिनेभित्र काम सक्ने सम्झौता भएपनि कोरोनाका कारण निर्धारित मितिमा काम सम्पन्न गर्न नसकीएको कार्की बन्धु अमर जेभीवीच प्रवन्ध निर्देशक गणेश कार्कीले बताउनुभयो । कोरोनाका कारण सम्झौता अवधि गुज्रिएपछि तत्कालिन सामाजिक विकास मन्त्री जीवन घिमिरेले च

    • प्रकाशित मितिः फाल्गुन ५, २०७७
    • ४४२ पटक पढिएको
  • चौदण्डीमाथि चन्द्रपुरको जित

    विराटनगर, ४ फागुन । राष्ट्रिय महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिकाले जित निकालेको छ । आज  भएको खेलमा चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गरेको हो । चन्द्रपुरको जितमा रजनी थोकर र दिल कुमारी रानाले एक एक गोल गरिन् । चौदण्डीकी मनिता तामाङले एक गोल फर्काईन् । पहिलो हाफको इन्जुरी समयमा रजनीले गोल गर्दै चन्द्रपुरलाई अग्रता दिलाएकी थिइन् । खेलको ६६ औं मिनेटमा दिल कुमारीले गोल गर्दै टोलीको अग्रता २–० को बनाईन । त्यसपछि खेलको ६८ औं मिनेटमा चौदण्डीकी मनिताले एक गोल फर्काएपनि चन्द्रपुर २–१ ले विजयी भयो । जितसँगै चन्द्रपुरले ११ खेलमा ९ अंक जोडेको छ । लिगमा तेस

    • प्रकाशित मितिः फाल्गुन ४, २०७७
    • १३९ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल