आर्थिक

    Showing ३१-४० of २९२ items.
  • बैंकहरुले बढीमा १ प्रतिशतमात्र प्रिमियम थप गर्न पाउने ब्यावस्था गर्न अर्थमन्त्रीलाई आग्रह

    विराटनगर– मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजाल र उद्योग संगठन मोरङका उपाध्यक्ष नन्द किशोर राठीले अर्थ मन्त्री माननीय विष्णु प्रसाद पौडेललाई भेट गरी विद्यमान बैंकिङ जटिलताहरु निराकरणका लागि पुनः पहल गरेका छन् । दुवैले  अर्थ मन्त्रीलाई भेट गर्दै बैंकहरुको उच्च प्रिमियम दरका कारण बैंक व्याज दर चर्को हुन गएको बताउँदै बढिमा १ प्रतिशत मात्र प्रिमियम थप गर्न पाउने व्यवस्था ल्याउन अनुरोध गरेका थिए । त्यस्तै, बैंकहरुले पछिल्लो अवस्थामा बैंकिङ शुल्कहरु अचाक्ली रुपले बढाएकोले त्यसलाई समेत न्यून गराउन निर्देशन दिन अनुरोध गरेका छन् । साथै, अध्यक्ष रिजालले मोरंग व्यापार संघको विगतका पहलहरुबाट ने

    • प्रकाशित मितिः फाल्गुन २, २०७९
    • २८९ पटक पढिएको
  • विराटनगरको विकासका लागि अमेरिकी सरकारसँग समन्वय गर्छौं : राजदूत

    विराटनगर-नेपालका लागि अमेरिकाका राजदूत डिन आर थोम्सनले विराटनगरको विकासका लागि अमेरिकी सरकारसँग समन्वय गर्न तयार रहेको बताएका छन् । विराटनगर महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसँगको शिष्टाचार भेटमा राजदूत थोम्सनले विराटनगरको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि अमेरिकी सरकारसँग आफूले समन्वयकारी भूमिका खेल्ने बताए । उनले शिक्षा र स्वास्थ्यमा सुधार नगरेसम्म विकास सम्भव नभएको प्रतिक्रिया दिए । “जति पनि मुलुकले विकास गरेका छन् ती मुलुकले शिक्षा र स्वास्थ्यमा  सुधार गरेकै कारण विकास भएको हो,” थोम्सनले भने । मानव बेखविखन र ओसारपसारका सम्बन्धमा पनि थोम्सनले ज

    • प्रकाशित मितिः माघ १९, २०७९
    • ३९७ पटक पढिएको
  • जाडोमा न्यानो सिरक पाउदा दंगपरे मुसहर बस्तीका स्थानीय

    इटहरी-हरेक सालझै यो सालको जाडोपनि तिनै चिसा थाङनामा काट्नुपर्ने सम्झेर घुर तापिरहेकी ७०बर्षकी धनिदेवी मुसहरले हुनेखानेले नै ओढ्ने गरेको फाइवरको न्यानो सिरक निशुल्क पाउँदा दंग थिइन । तराईका मुसहर बस्तीमा न्याना कपडाको अभावमा घुर ताप्ने चलन छ । आय स्रोत कमजोर हुदा पुराना कपडा जोडेर हातले सिलाइएका फगटामा चिसा रातहरु काट्नु पर्ने अवस्था छ । नयाँ सिरक पाएकी धनिदेवीले भनिन ‘थाङ्ना, फगटा ओडेरै जिन्दगी सकिन्छ भन्ने थियो तर अहिले नयाँ सिरक पाइयो ।’तराईमा सीत लहरको कारण बर्षेनी धेरैले ज्यान गुमाउन पुग्छन । चिसोमा न्यानो कपडा भएन भने हृदयघातको सम्भावना बढी हुने गरेको मुटु रोग विषेशज्ञ डा. राजेश नेपाल बता

    • प्रकाशित मितिः माघ ५, २०७९
    • ४४५ पटक पढिएको
  • जम्बो मन्त्री मण्डल बनाएर राजश्वमा लुट गर्न पाइदैन : नविन रिजाल

    विराटनगर–प्रदेश १ लगायतका प्रदेशहरुमा बन्ने सरकार सानो र छरितो हुनु पर्ने धारणा ब्यक्त गर्दै मोरङ ब्यापार संघका अध्यक्ष नविन रिजालले यदि जम्बो मन्त्री मण्डल सहितको सरकार बने त्यसले जनताले तिरेको करको दुरुपयोग हुने र विकास खर्च कटौती गरि चालुखर्च बढाउनु पर्ने अवस्था आउने भएकाले छरितो र सानो मन्त्री मण्डल सहितको सरकार बनाउन दलहरुलाई आग्रह गरेका छन । उनले अहिले विकास खर्च नभइरहेको अवस्था र बैंकको ब्याज दोहोरो अंकले आकाशिएको बेला सरकारले चालु खर्च घटाएर पूँजीगत खर्च बढाउनु पर्ने अवस्था रहेको छ । तर दलहरुले आफ्नालाई फाइदाका लागिमात्र बढी मन्त्रालय राखेर मन्त्री र राज्य मन्त्री थप्ने काम गरेभने

    • प्रकाशित मितिः पुष १६, २०७९
    • ४५१ पटक पढिएको
  • औद्योगिक क्षेत्रको समस्या समाधान गर्न सरकारलाई आग्रहः राष्ट्रपति भण्डारी

    विराटनगर–राष्ट्रपति विद्यादेवी भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह  गरेकी छन् । बिहीबारदेखि विराटनगरमा आयोजना भएको विराट एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह  गरेकी हुन् । राष्ट्रपति भण्डारीले विगतमा देशको प्रमुख औद्योगिक क्षेत्र रहेको विराटनगर पछिल्ला वर्षहरूमा आफ्नो गौरव कायम गर्न संघर्ष गरिरहेको बताएकी छन् । उनले आगामी दिनमा औद्यौगीकरणका लागि विराटनगरले देशलाई नै सन्देश दिन अग्रसर हुने विश्वास व्यक्त  गरिन् । विराटनगरमा आर्थिक तथा औद्योगिक विकासको धेरै सम्भावना रहेको बताउँदै उनले

    • प्रकाशित मितिः पुष १, २०७९
    • ३०१ पटक पढिएको
  • लगानीको संभाव्यताको छुट्टै पेभिलियन

    विराटनगर –विराटनगर–१४ स्थित डिग्री कलेज (पुरानो हवाई फिल्ड)को मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा प्रदेश १ मा लगानीकर्तालाई आकर्षित र लगानीको संभाव्यताको छुट्टै पेभिलियन राखिने भएको छ । प्रदेश १ लगानी प्राधिकरण, एसिया फाउण्डेशन र कन्सोर्टियमसँगको सहकार्यमा विराट एक्स्पोमा छुट्टै पेभिलियन राख्न लागिएको आयोजक समितिले जनाएको छ । पेभिलियनमा प्रदेश १ मा लगानीका लागि सम्भावित परियोजनाहरूको प्रदर्शन गर्ने, लगानी गर्न इच्छुकहरूका लागि आवश्यक सहजीकरण गर्ने उद्देश्य राखिएको छ । यस्तै, प्रदेश १ मा लगानीका क्षेत्रहरू, संभावित परियोजनाहरू, लगानीको मोडेल, लगानी सहजीकरणका नीतिगत का

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • १८८ पटक पढिएको
  • भन्सार कर्मचारीलाई धम्क्याएर अवैध सामान लिएर भागे तस्कर

    विराटनगर–विराटनगर नाकामा अवैध गतिविधि र कारोबार रोक्नका लागि भन्सारका अलावा नेपाल प्रहरी र शसस्त्र प्रहरीका जवान २४ घण्टा तैनाथ रहन्छन । उनीहरुको काम भनेको खुला सीमाको फाइदा उठाउदै कसैले भन्सार छलेर सामान नेपाल भित्र्याउन नपाओस । तर शुक्रबारको दृष्य भने फरक थियो । भन्सारका कर्मचारीले खुलेआम हुदै गरेको तस्करी रोक्न प्रयास गरेपनि भन्सारको ३ नम्बर गेटमा रहेको प्रहरी चौकीका कुनै प्रहरीले सहयोग गरेनन् । यति मात्रै होइन सीमामा तैनाथ शसस्त्र प्रहरीले पनि भन्सार कर्मचारीलाई सहियोग गरेनन् । जस्को कारण तस्करीको प्रयास सफल भयो । भन्सार नतिरि माल भित्रियो । शुक्रवार राती विराटनगर भन्सारका ६ अधिक

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • २८३ पटक पढिएको
  • औद्योगिक कच्चा पदार्थको आयातमा भाडा सस्तो हुने

    विराटनगर–११ महिना पछि भारतको जोगवनी नाकाबाट चार किलोमिटर नजिक रहेको मीरगञ्ज पुल संचालनमा आएको छ । जस्को कारण भारत लगायत तेश्रो मुलुकबाट आउने कच्चा पदार्थ लगायतको सामाग्री बोकेका मालवाहक ११६ किलोमिटर सुनसरीको भण्टावारी नाकाबाट घुमेर आउनु पर्ने झन्झट सकिएको छ । दैनिक ६८ वटा मालवाहक घुमेर आइरहेकोमा बुधबार १६८ वटा मालवाहक एकीकृत भन्सार जाँच चौकीबाट नेपाल प्रवेश गरेका छन । जस्को कारण एउटा ट्रक र कन्टेनरको १६ हजार ढुवानी भाडा जोगिएको छ । विराटनगर भन्सारका सूचना अधिकारी रामचन्द्र ढुंगानाले नेपाल भारत एकीकृत जाँच चौकीबाट बुधबार देखी मालवाहक आउन थालेको पुष्टि गरे । विराटनगर भन्सार कार्यालयका

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • १७५ पटक पढिएको
  • ‘विराट एक्स्पो २०७९’ तयारी पुरा, राष्ट्रपतिबाट उद्घाटन हुदै

    विराटनगर–मंसिर २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने ‘विराट एक्स्पो २०७९’को तयारी पुरा भएको छ । उद्योग संगठन मोरङले आयोजना गर्दै आएको विराट एक्स्पोको यो सातौं श्रृंखला हो भने २३ बर्ष देखी निरन्तर रुपमा औद्योगिक तथा कृर्षि प्रर्दशनीको आयोजना गर्दै आएको छ । अन्य श्रृखंला भन्दा फरक रुपमा अयोजना गरिन लागिएको एक्स्पो मंसिर २९ देखि पुस ६ गतेसम्म बिराटनगरको डिग्री क्याम्पसको प्राङ्गणमा आयोजना गर्ने तयारी पुरा गरिएको हो । संगठनले आयोजना गरेको  पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष सुयषराज प्याकुरेलले बिराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीमा तीन लाखले अवलोकन

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • २५१ पटक पढिएको
  • ५० हजार गरिबलाई घर बनाएर दिने जोगीसर बार्षिक तीन करोड सामाजिक काममा खर्च गर्छन

    विराटनगर-सामान्य परिवारबाट हुर्किएका मोरङ क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल(जोगीसर)ले अहिलेसम्म विभिन्न संघसंस्थाको सहयोगमा ५० हजार गरिब परिवारलाई घर बनाइदिएका छन । मण्डलले बार्षिक रुपमा मात्रै सामाजिक कामका लागि तीन करोड रुपैयाँ खर्च गर्ने गरेका छन । मोरङको क्षेत्र नम्बर ५ यस्तो क्षेत्र हो जहाँ एमाले र काँग्रेसका आधिकारिक उम्मेदवार छैनन । गठबन्धनका कारण दुवै पार्टीको झण्डा र चुनाव चिन्ह अहिले त्यो क्षेत्रमा विरलै भेटिन्छ । लोकतान्त्रिक गठबन्धनबाट माओवादीका उम्मेदवार शिवकुमार मण्डल चुनावी मैदानमा छन भने एमालेसंगको गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका उम्मेदवार राजक

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • ४६८ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल