All Posts By खबर पलपल

    Showing ७१-८० of १,०४२ items.
  • काठमाडौँबाट विराटनगरका लागि उडेको जहाज अवतरण गर्दा चक्का नखुलेपछि...

    काठमाडौं— सोमबार बिहान काठमाडौबाट विराटनगरका लागि उडेको बुद्ध एअरको जहाज अवतरण हुने क्रममा चक्का नखुलेपछि पुनः काठमाडौं फर्किएर सुरक्षित अवतरण भएको छ । बुद्ध एअरको यु १६१ रहेको (एनएजेओ) जहाजमा समस्या आएको बताइएकाे छ । उडान नम्बर यु १६१ रहेको एनएजेओ जहाजमा समस्या आएको तर काठमाडौं फर्किने क्रममा केही समयपछि पुनः चक्का खुलेपछि सुरक्षित अवतरण भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए ।  जहाजको प्राविधिक टोलीले पाइलटसँग आकाशमै समन्वय गरेकाले कुनै पनि मानवीय क्षति हुने अवस्था नआएको शेर्पाले जानकारी दिए । बुद्ध एअरका प्रवक्ता दीपेन्द्र कर्णले भने जहाजमा समान्य सम

    • प्रकाशित मितिः आश्विन ११, २०७८
    • १५१ पटक पढिएको
  • झापाका १५ पालिकामा नेतृत्व चयन

    नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत यहाँका १५ वटै पालिकामा नयाँ नेतृत्व चयन गरिएको छ ।   चार पालिकामा निर्विरोध र ११ मा आइतबार मतदानबाट कार्यसमिति चयन भएको हो । मेचीनगरमा सुवेशकुमार पनेरु, विर्तामोडमा भोजराज सिटौला, अर्जुनधारामा हेमराज खरेल, कनकाईमा दुर्गा प्रसाई, भद्रपुरमा रामबहादुर कँडेल, गौरादहमा यादवराज सेढाई, शिवसताक्षी नगरपालिकामा अशोक बस्नेत निर्वाचित हुनु भएको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले जानकारी दिए । उनका अनुसार बाह्रदशीमा इन्द्र बस्नेत, गौरीगञ्जमा अग्नु राजवंशी, विर्तामोडमा भोजराज सिटौला सभापतिमा निर्वाचित भएका छन् । कमल गाउँपालिकामा बु

    • प्रकाशित मितिः आश्विन ११, २०७८
    • ५८६ पटक पढिएको
  • ओमानसँग नेपाल फराकिलो अन्तरले पराजित

    अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल बलियो टिम ओमानसँग फराकिलो अन्तरले पराजित भएको छ । आइतबार राति कतारमा भएको खेलमा नेपाल ओमानसँग ७–२ गोलान्तरले पराजित भएको हो ।कतारको राजधानी दोहास्थित कतार युनिभर्सिटीको मैदानमा पहिलो हाफमा २–१ ले पछि परेको नेपालले दोस्रो हाफमा पाँच गोल खाएको थियो ।ओमानका लागि फमी सइदले नवौ मिनेटमा, मोहसने गोहराले ३०औं मिनेटमा गोल गर्दा इसम अल शुभीले ४६ र मोहमद अल घसानीले ४९ मिनेटमा गोल गरे। यस्तै अब्दुल्लाहजित अलमुक्बालीले ६० र ६५ मिनेट तथा जमिल अल यहमादीले ७६ मिनेटमा गोल गर्न सफल भए।नेपालले साफ च्याम्पियनसिपको तयारीका क्रममा मैत्रीपूर्ण खेल खेलेको हो। नेपाली टिम

    • प्रकाशित मितिः आश्विन ११, २०७८
    • ४७१ पटक पढिएको
  • उद्योग संगठनले सुरुगर्‍यो ‘औद्योगिक सर्वेक्षण २०७८’

    विराटनगर-उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्यांक संकलनको कार्य आइतबारदेखी सुरु गरेको छ ।  तथ्य र तथ्याकंमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सबै औद्योगिक प्रतिष्ठानहरुको औद्योगिक तथ्याकं संकलन गरि डाटाबेस तयार गर्ने लक्ष्यका साथ सुनसरी-मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक सर्वेक्षण - २०७८ शुरु गरिएको जानकारी दिदै संगठनका अध्यक्ष सुयश प्याकुरेलले “एक पटक यस्तो डाटाबेस तयार भएपछि नियमित रुपमा अद्यावधिक गरिने योजना रहेको जानकारी दिए । संगठनले सञ्चालन गरेको औद्योगिक सर्वेक्षणले सुनसरी र मोरङ गरि संगठनका सदस्य औद्योगिक प्रतिष्ठान

    • प्रकाशित मितिः आश्विन १०, २०७८
    • ७७६ पटक पढिएको
  • उच्च अदालत विराटनगरको गेटमै युवा व्यवसायीमाथि खुकरी प्रहार

    विराटनगर - उच्च अदालत विराटनगरको गेटमा युवा व्यवसायी कलामसिंह लामामाथि खुकरी प्रहार भएको छ । आइतबार उच्च अदालत विराटनगरको गेटमा ३२ वर्षीय लामामाथि खुकुरी प्रहार भएको हो । आज मध्याह्नतिर काभ्रे घरका इँटा व्यवसायीमाथि खुकुरी प्रहार भएको इलाका प्रहरी कार्यालय माेरङले जनाएको छ । वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको ल–फर्मबाट निस्किएर उच्च अदालतको गेटअगाडि पुगेपछि लामामाथि दुई जना युवाहरूले एक्कासि खुकुरीले आक्रमण गरेको प्रहरी स्रोतले जनाएको छ । काभ्रे घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका लामा आइतबार बिहान मात्रै विराटनगर आइपुगेका थिए । मोरङको कटहरी गाउँपालिका–६ मा रहेको मो

    • प्रकाशित मितिः आश्विन १०, २०७८
    • २२२ पटक पढिएको
  • चितवनसँग विराटनगर स्तब्ध

    काठमाडौं — काठमाडौँमा जारी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा विराटनगर वारियर्स पहिलो खेलमै हारेको छ । आइतबार भएको खेलमा विराटनगर चितवन टाइगर्ससँग २ विकेटले पराजित भएको हो ।त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १ सय ५२ रनको लक्ष्य चितवनले २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । चितवनको जितमा राजेश पुलामीले अविजित रहदै सर्वाधिक ४३ रन बनाए । शाहब आलम १ रनमा अविजित रहे ।यस्तै भिम सार्कीले ३० रन जोड्दा दिलिप नाथले २३ रन बनाए । करिम जनत १९ रनमा आउट हुँदा इशान पाण्डे १० रनमा आउट भए । कप्तान सोमपाल कामी ९ रन, सेकुगे प्रसन्न ३ रन तथा कमल सिंह ऐरी र हमद शाहजाद १ रनमा पेभेलियन फर्किए ।विराटनग

    • प्रकाशित मितिः आश्विन १०, २०७८
    • २५४ पटक पढिएको
  • नेपाल र ओमानको भिडन्त आज

    अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत आइतबार (आज ) नेपालले ओमानको सामना गर्दै छ । यो खेल कतार युनिभर्सिटी फुटबल मैदानमा नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुनेछ । असोज १५ देखि माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारी गर्न कतारमा रहेको नेपालले आज राति मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफा वरीयतामा नेपालभन्दा ओमान ९० स्थान माथि छ। नेपाल १६८ औं स्थानमा रहदा ओमान ७८ औं स्थानमा छ ।ओमानसँग यसअघि नेपालले ११ खेल खेल्दा सबै खेलमा हार बेहोरेको छ। नेपालले ओमानसँग ४३ गोल खाँदा १ गोल गर्न सकेको छ । ओमानविरुद्धको खेलमा नेपाली टिममा रोहित चन्द हुनेछैनन् । हाल व्यवसायिक खेल खेल्न इन्डोनेसिया र

    • प्रकाशित मितिः आश्विन १०, २०७८
    • १३१ पटक पढिएको
  • हेटौँडा सिमेन्टको मूल्य घट्यो, अब प्रतिबोरा ७०२ रुपैयाँ

    वाग्मती—गुणस्तरीय सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ । निजीक्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न अहिले उत्पादित ओपिसी सिमेन्ट प्रतिबोरा रु ४७ घटाएर ७०० दुई रुपैयामा बिक्री गर्ने निर्णय गरिएको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिए । यसअघि प्रतिबोरा रु ७४७ मा सिमेन्ट बिक्री हुँदै आएको थियो । निजी क्षेत्रबाट सञ्चालित हेटौँडाका सिमेन्ट उद्योगले सिमेन्टको बिक्री मूल्य कम गरेकाले यहाँकोे मूल्य पनि घटाइएको उद्योग प्रशासनले जनाएकोे छ । अब मासिक रुपमा बजारको माग र उत्पादनको आधारमा निजी क्षेत्रका उद्योगले निर

    • प्रकाशित मितिः आश्विन १०, २०७८
    • १३२ पटक पढिएको
  • जङ्गली हात्ती पीडितका गुनासो, ‘खै कसरी अन्नबाली जोगाउनु अब’

    मेचीनगर नगरपालिका–१ का लालबहादुर मोक्तान फूल खेल्न थालेको धानबाली हेरेर मख्ख हुनुहुन्थ्यो । शुक्रबार दिनभर खेतमा फस्टाएको धान हेरेर खुसी हुँदै घर फर्किएका उनले वर्ष दिन खान पुग्ने धान फल्ने अनुमान गरे । तर उनको खुसी भारतीय जङ्गली हात्तीले एक दिन पनि टिक्न दिएन । शुक्रबार राति १० कठ्ठा जमिनको धान हात्तीले खाएर र माडेर सखाप पारिदियो । उनले निरास हुँदै भने, “पाक्न लागेको बाली सखाप पारिदियो, अब के खाएर बाँच्नु ।” उनीमात्र होइन दैनिक भारतबाट हुल बाँधेर आउने हात्तीको उपद्रो बढ्न थालेपछि बाहुनडाँगीवासी चिन्तित छन् ।उनकै छिमेकी रमेश भुजेलको १० कठ्ठा, नन्द अधिकारीको पाँच कठ्ठा, कैलाश भण्डारीको पाँ

    • प्रकाशित मितिः आश्विन १०, २०७८
    • ४८६ पटक पढिएको
  • हतियारधारीविरुद्धको मुद्दामा थुनछेक बहस आइतबार

    विराटनगर- स्वचालित एवम् अत्याधुनिक हतियारधारी सङ्गठित समूहविरुद्ध जिल्ला अदालत मोरङमा दर्ता भएको मुद्दामा कानुन व्यवसायीबीचको थुनछेक बहस आइतबार हुँदैछ । हतियारका बलमा लुटपाट तथा आतङ्क मच्चाइरहेको माओवादीका पूर्वलडाकु र पूर्वनेपाली सेना सम्मिलित गिरोहका ७ जनाविरुद्ध जिल्ला अदालत मोरङमा गत बुधबार मुद्दा दर्ता भएको थियो । न्यायाधीश सुदर्शन लामिछानेको इजलासमा सबै जनाको बयान गत शुक्रबार सकिएको छ । बयान सकिए पनि समय अभावका कारण शुक्रबार र सार्वजनिक विदा भएकाले शनिबार हिजो थुनछेक बहस हुन सकेन । अदालतका सूचना अधिकारी राजेन्द्र धमलाका अनुसार वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच आईतबार थ

    • प्रकाशित मितिः आश्विन १०, २०७८
    • २०६ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल