विराटनगर- विराटनगर महानगरपालिका क्षेत्रका करिव १ हजार अपाङ्गता भएका व्यक्तिहरुको नि : शुल्क स्वास्थ्य परीक्षण गरिने भएको छ । अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्र्तगत मंगलबार देखि शुरु भएको स्वास्थ्य शिविर आगामी असोज २० गते सम्म सञ्चालन हुने विराटनगर महानगरपालिकाले जनाएको छ । विराटनगरका ९ वटा वडामा ८ दिन सम्म सञ्चालन हुने शिविरमा ९९९ जना अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिने लक्ष्य रहेको विराटनगर महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए ।प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका र करुणा फाउण्डेशन प्रदेश १ को
विराटनगर- विराटनगरमा बेहोस अवस्थामा भेटिएका एक युवकको उपचारका क्रममा कोसी अस्पतलामा मंगलबार बिहान मृत्यु भएको छ । उनको साथबाट नवीकरणको म्याद सकिएको एउटा सवारी चालक अनुमति पत्र (लाइसेन्स) फेला परेको छ । लाइसेन्समा नाम अमृतजंग बस्नेत र ठेगाना विराटनगर–९ उल्लेख छ । लाइसेन्स अनुसार उमेर २३ वर्ष हुन्छ । तर उनको परिवारका सदस्य र आफन्त नभेटिँदा थप विषयमा पुष्टि गर्न नसकिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । युवकको मृत्यु भएपछि शव कोसी अस्पतालमै राखेर आफन्त एवं परिवारका सदस्यको खोजी गर्दै पहिचानको प्रयास भइरहेको उनको भनाइ छ । श्रेष्ठका अनुसार उपचारका क्रममा अवस्था केही सामान्य बनेका
बनियानी— झापाको बिर्तामोड नगरपालिकाबाट ठूलो परिमाणमा ब्राउनसुगर र नगदसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका–९ का टेकराज साह र सोही स्थानका २४ वर्षीय विकास मर्डी रहेका छन् ।सोमबार बेलुका बिर्तामोड–१ स्थित पञ्चकन्या प्लटिङबाट जिल्ला प्रहरी कार्यालय झापा, लागु औषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई १४७ ग्राम ब्राउनसुगर र रु दुई लाख ६९ हजार ३०० सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।सुरुमा प्रहरी टोलीले जाँच गर्दा साहको साथबाट ०.५ म
विराटनगर- मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गर्ने क्रममा खुलेको लगभग ३८ क्वीन्टल सुन तस्करी सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ जारी छ । फैसलाको चरणमा रहेर जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा भइरहेको सुनुवाइमा आजदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीले लगातार बहस गर्ने छन् । प्रतिरक्षा बहसका लागि ८० जनाभन्दा बढी कानुन व्यवसायीले वकालातनामा दर्ता गराइसकेको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए । उनका अनुसार गत आइतबारबाट मुद्दाको सुनुवाइ सुरु भएको हो । अस्ती आइतबार र हिजो सोमबार वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलहरुले बहस गरे । सरकारका तर्फब
विराटनगर- मोरङको रतुवामाई नगरपालिका–८ मा सोमबार राति ट्याक्टर र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जना युवाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे १ त ४४८७ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको प्र ३–०२–००२ प ४५८७ नम्बरको मोटरसाइकल सोमबार राति ८ बजेतिर एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रतुवामाई–८ दाम्राभिट्टाका २८ वर्षीय यादव पाठकको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । दुर्घटनामा परेर पाठक गम्भीर घाइते भएका थिए। उनँको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घट
विराटनगर- करिब ३८ क्वीन्टल सुन तस्करी एवं मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ जिल्ला अदालत मोरङमा जारी छ । फैसलाको चरणमा रहेको मुद्दाको सुनुवाइ जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा भइरहेको हो । सुनुवाइमा सोमबार सरकार पक्षका कानुन व्यवसायी (सरकारी वकिल)को बहस सकिएको छ । अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार सरकारी वकिलको बहस सकिएपछि सोमबारबाटै प्रतिवादीका कानुन व्यवसायीले पनि प्रतिरक्षा बहस प्रारम्भ गरेका छन् । प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकिएपछि उच्च प्रहरी अधिकारीसहित ७७ जना प्रतिवादी रहेको मुद्दामा अदालतले फैसला सुनाउन
जेनेभा— विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड–१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ। अमेरिकी सञ्चार माध्यमले जनाएअनुसार वाल स्ट्रीट जर्नलको रेपोर्टमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य सङ्गठनको एक निकायले २० जना वैज्ञानिकहरूको एउटा टोलीलाई यस बारे थप नयाँ प्रमाण खोज्नको लागि भेला गर्दैछ। उक्त रेपोर्टअनुसार कोभिड-१९ को उत्पत्ति बारे चिनियाँ वैज्ञानिकहरूले दिएको प्रमाण अप्रयाप्त छ।रिपोर्ट मा भनिएको छ–वैज्ञानिकहरूको नयाँ समूह जसमा प्रयोगशाला सुरक्षा, जैविक सुरक्षा विशेषज्ञहरू र आनुवंशिक विशेषज्ञहरू समेत सम्मिलित छन् उनीहरूले कोरोना भाइरस प्रयोगशालाबाट बाहिरएको हो वा
काठमाडाैँ—चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत काठमाडौं किङ्स-११ र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको छ । टियु क्रिकेट मैदान भिजेको कारण खेल गराउन नसकिने भएपछि काठमाडौँ र विराटनगरबीचको खेल स्थगित गरिएको हो । काठमाडौं र विराटनगरबीचको खेल टससमेत नभई स्थगित भएको हो । काठमाडौं र विराटनगरबीचको खेल बिहान ९ बजे सुरु हुने तालिका रहेको थियो । तर, दुई घण्टासम्म समेत मैदान तयार नहुँदा अम्पायरले खेल स्थगित गरेको हो ।
सुनसरीको दुहबीमा कल जोड्नेक्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका–९ का ५५ वर्षीय रुदन ऋषिदेव रहेका छन् । इलाका प्रहरी कार्यालय दुहबीका अनुसार आइतबार आफ्नै घरमा रहेको कलमा मोटर जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । हिजो दिउँसो ३ बजे करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर मृत्यु भएको जानकारी प्राप्त हुनासाथ इप्रका दुहबीबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।
उदयपुर— उदयपुरमा स्कुटरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । बेलका नगरपालिका-३ त्रिवेणी चोकस्थित भित्री सडकखण्डमा स्कुटरको ठक्करबाट सोही स्थानका ७० वर्षीय हिरण्यबहादुर बस्नेतको मृत्यु भएको हो ।हिजो बेलुका साढे ७ बजे उत्तरबाट दक्षिणतर्फ गईरहेको बा.६६ प ६०५३ नम्बरको स्कुटरले बस्नेतलाइ ठक्कर दिएको थियो । स्कुटरको ठक्करबाट घाइते भएका पैदल यात्री बस्नेतको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा राति साढे ११ बजे मृत्यु भएको हो ।स्कुटी र चालक सोही स्थानका २६ वर्षीय एकराज बिक इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुस
विराटनगर–भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिल्ली ...
विराटनगर–भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिल्ली स्थित हैदरावाद हाउसबाट हरियो झण्डा देखाएपछि जेठ १८ ...
Copyright © 2021 / 2023 / Khabarpalpal.com / All Rights Reserved.