All Posts By खबर पलपल

    Showing ४१-५० of १,०४२ items.
  • आजबाट साफ च्याम्पियनसिप, आयोजक माल्दिभ्ससँग खेल्दै नेपाल

    विराटनगर — आयोजक माल्दिभ्ससँग खेल्दै नेपाल राष्ट्रिय पुरुष फुटबल टोलीले साफ च्याम्पियनसिपको सुरुवात गर्दै छ । मालेमा आज (शुक्रबार) बाट सुरु हुने १३ औं संस्करणको साफको दोस्रो खेलमा नेपाल र आयोजक माल्दिभ्स भिड्न लागेका हुन् । खेल नेपाली समय अनुसार साझको ९ः ४५ बजे सुरु हुनेछ ।यस अघि उद्घाटन खेलमा बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । यसपटक प्रतियोगितामा पाकिस्तान र भुटान सहभागी हुने छैनन् । जसमा कारण ५ देश सम्मिलित प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा आयोजना हुनेछ । नेपाल पहिलो खेलमा आयोजक माल्दिभ्सलाई पराजित गर्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा हुनेछ । यता, साविक विजेता माल्दिभ्स समेत नेप

    • प्रकाशित मितिः आश्विन १५, २०७८
    • ३३४ पटक पढिएको
  • नेपालमै सुरु भयो जिन सिक्वेन्सिङ परीक्षण

    काठमाडौँ—कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउन जिन सिक्वेन्सिङ परीक्षण नेपालमै सुरु भएको छ । यसअघि कोरोना भाइरसको म्युटेसन पत्ता लगाउन नमुना विदेश पठाउने गरिन्थ्यो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा जिन सिक्वेन्सिङ परीक्षण सुरु भइसकेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले नेपालमै जिन सिक्वेन्सिङ सुरु भएको जानकारी दिए ।उनले यसअघि जिन सिक्वेन्सिङ पत्ता लगाउन नेपाल सरकार, विश्व स्वास्थ्य सङ्गठनको पहलमा विदेशमा पठाउनु परेको जानकारी दिए । डा. झाले अब नेपालमै कोरोना भाइरसका विभिन्न म्युटेसन पत्ता लगाउन सकिने जानकारी दिँदै प्रयोगशालाले जिन सिक्वेन्सिङ सुरु गरिसकेक

    • प्रकाशित मितिः आश्विन १५, २०७८
    • १८६ पटक पढिएको
  • न्यादी हाइड्रोपावरको आइपिओ बिक्री खुला

    न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) निष्काशनमा ल्याएको हो ।कम्पनीले निष्काशन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आज बैंकिङ समयदेखि आवेदन दिन पाउनेछन् ।निष्काशन गरेका सेयरमा सर्वसाधारणले यही असोज १९ गतेसम्म न्

    • प्रकाशित मितिः आश्विन १५, २०७८
    • २१३ पटक पढिएको
  • शिक्षकमा कोरोना पुष्टि भएपछि झापाका तीन विद्यालय पुनः बन्द

    बुद्धशान्ति गाउँपालिकाका तीन विद्यालय पुनः बन्द भएका छन् । विद्यार्थीमा ज्वरो, खोकी लाग्ने समस्या तथा शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय खुलेको एक हप्ताभित्रमा बन्द गरिएका हुन् ।बन्द भएका सामुदायिक विद्यालय बुद्ध आदर्श मावि, राष्ट्रिय विजय मावि र श्री बर्ने मावि रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमलप्रसाद निरौलाले जानकारी दिए । उनले बुद्ध आदर्शका शिक्षकलाई कोरोना पोजेटिभ देखिएको र अन्य दुई विद्यालयका विद्यार्थीमा खोकी लाग्ने ज्वरो आउने समस्या देखिएका कारण बन्द गरिएको बताए ।यही असोज ४ गतेदेखि मात्र विद्यार्थीको भौतिक उपस्थितिमा पालिकाका १६ सामुदायिक विद्यालय, १७ निजी विद्यालय र

    • प्रकाशित मितिः आश्विन १४, २०७८
    • ११८ पटक पढिएको
  • माधव नेपालको स्वास्थ्यमा सुधार

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि  महाराजगञ्जस्थित त्रिवि, शिक्षण अस्पतालमा बुधबार भर्ना गरी उपचारका क्रममा छन् । अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार आएर सामान्य कुरा गर्न थाल्नुभएको पार्टीका नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।अध्यक्ष नेपाललाई केही दिनमै अस्पतालबाट डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । वरिष्ठ छातीरोग विशेषज्ञ डा सन्तकुमार दाससहितको टोली पूर्वप्रधानमन्त्री नेपालको उपचारमा संलग्न छ ।

    • प्रकाशित मितिः आश्विन १४, २०७८
    • २६२ पटक पढिएको
  • झापामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

    झापामा जङ्गली हात्तीको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । निगुरो टिप्न जङ्गल गएकी विर्तामोड नगरपालिका–८ नेपाल चोककी ५० वर्षीया लतुमाई मर्डीको हात्तीको आक्रमणबाट ज्यान गएको हो ।  भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढी सामुदायिक वनमा उनी श्रीमान् सुकलाल मर्डीसँगै निगुरो टिप्न गएकी हुन् । निगुरो टिप्दैगर्दा हात्तीले सुँढले च्याप्दा लतुमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जानकारी दिए ।घटनाबारे सुकलालले अस्थायी प्रहरी चौकी गरामनीलाई जानकारी गराएका थिए । लतुमाईको शव वनभित्रको सेती खोलाको पैनीमा फेला पारेको प्रहरीले जनाएको छ ।  –––

    • प्रकाशित मितिः आश्विन १४, २०७८
    • १२५ पटक पढिएको
  • प्रदेश १ मा बिहिबार १ सय ८७ जनामा कोरोना संक्रमण

    विराटनगर- प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३७ र ३३० जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ५१–५१, सुनसरीमा २७, इलाम र धनकुटामा ३–३, ताप्लेजुङ र तेहृथुममा १–१ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा २९, सुन्दरहरैचामा ५, उर्लाबारीमा ४, केराबारी र कटहरीमा ३–३, बेलबारीमा २, रंगेली, रतुवामाई, कानेपोखरी, बुढीगंगा र ग्रामथानमा १–१, झापाको दमक र कनकाईमा ८–८, बुद्धशान्तिमा ७, विर्तामोडमा ६, भद्रपुर र मेचीनगरमा ५–५,

    • प्रकाशित मितिः आश्विन १४, २०७८
    • २७४ पटक पढिएको
  • मनोचिकित्सकको राष्ट्रिय सम्मेलन कात्तिकमा विराटनगरमा हुने

    विराटनगर-   मानसिक रोगका कारण स्वास्थ्यमा आउने चुनौती र त्यसको निदान र उपचार सेवालाई थप प्रभावकारी वनाउन मनोचिकित्सकहरुको आठौं राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको  छ । मनोचिकित्सक संघ राष्ट्रिय सम्मेलन समितिका संयोजक प्राडा नवराज कोइरालाले बिहिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आगामी कात्तिक ११ गतेदेखि १३ गतेसम्म हुने र विभिन्न १८ राष्ट्रका गरी तीन सय मनोचिकित्सकहरुको सहभागिता रहने जानकारी दिईएको छ । उच्चतम आधुनिक तथा वैज्ञानिक ज्ञान र शीप आर्जनगरि मानसिक रोगीलाई छिटो छरितो रुपमा सेवा पुर्याउनु सम्मेलनको मुख्य उद्देश्य रहेको छ । सम्मेलनमा सहभागी चिकित्सकहरु  वीच मानसिक स

    • प्रकाशित मितिः आश्विन १४, २०७८
    • ३०७ पटक पढिएको
  • सुन तस्करी प्रकरण : गोरेकी पत्नी सहित १३ जना प्रतिवादीको पक्षमा बहस

    विराटनगर- ३८ क्वीन्टल सुन तस्करी एवं मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दामा बिहिबार  १५ जना कानुन व्यवसायीले बहस गरेका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ चलिरहँदा प्रतिरक्षा बहस गर्नेमा दुई जना वरिष्ठ अधिवक्ताहरु पनि थिए । जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनसार १५ जना कानुन व्यवसायीले १३ जना प्रतिवादीको पक्षमा बिहिबार बहस गरेका हुन् । उनका अनुसार वरिष्ठ अधिवक्ताहरु सुरेशलाल श्रेष्ठ, गोपालकृष्ण घिमिरे, अधिवक्ताहरु सागर घिमिरे, भरतबहादुर थापा, देवीबहादुर घिमिरे, बलराम सुवेदी, हेमराज पन्त, ज्ञानेन्द्र था

    • प्रकाशित मितिः आश्विन १४, २०७८
    • ३१० पटक पढिएको
  • विराटनगर भन्सारबाट निस्किएको ट्याक्टर सशस्त्रको नियन्त्रणमा

    विराटनगर-  विराटनगर भन्सार कार्यालयबाट जाँचपास गराएर गन्तव्यतर्फ जाँदै गरेको कपडा लोड गरिएको एउटा ट्याक्टरलाई सशस्त्र प्रहरीले विराटनगरबाटै पक्रिएको छ । सशस्त्र प्रहरीले बीआर ३८ डी ३४४७ नम्बरको ट्याक्टरलाई चालकसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र कारबाहीका लागि हिजोसाँझ राजस्व अनुसन्धान कार्यालय इटहरी बुझाएको हो । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले विराटनगर महानगरपालिका–१६ पारिजात चोकबाट चालक भारत जोगवनीका ३२ वर्षीय पङ्कज यादवसहित ट्याक्टर नियन्त्रणमा लिइएको बताए । उनँका अनुसार ट्याक्टरमा ३४ लाख मूल्य बराबरको कपडा लोड गरिएको थियो । ‘भिसिटिएस (भेहिकल एन्ड कनसाइनमेन्ट ट्

    • प्रकाशित मितिः आश्विन १४, २०७८
    • २६० पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल