All Posts By खबर पलपल

    Showing १४१-१५० of १,०४२ items.
  • भोजपुरमा पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

    भोजपुर — भोजपुरमा पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा आमचौक गाउँपालिका–१ खाम्ताङकी १४ वर्षीया तारा परियार रहेकी छन् । बिहीबार मध्याह्न १२ बजे आमचौक १ र २ को सिमानामा रहेको छेका खोलामा पौडी खेल्ने क्रममा डुबेर उनी बेपत्ता भएकी थिइन् । बालिका बेपत्ता भएको विषयमा स्थानयीबाट खबर प्राप्त हुनासाथ प्रहरी चौकी वासिङथर्पु र इलाका प्रहरी कार्यालय घोडेटरबाट खटिएको प्रहरीले खोजीकार्य थालेको थियो । सो टोलीले अपराह्न सवा ४ बजे उनलाई मृतावस्थामा फेला पारेको थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः आश्विन १, २०७८
    • ४३१ पटक पढिएको
  • बजेट रोकिँदैन : मन्त्री कार्की

    विराटनगर— कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट नरोकिने  बतार्नुएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको भेटघाटमा उनले संसद्मा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भई बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।मन्त्री कार्कीले यही असोज ४ गते बस्ने संसद्को बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबारै छलफल भएको र अत्यावश्यक अध्यादेश पारित गर्न सहयोग गर्न आग्रह गरिएको जानकारी दिए ।उनले मुलुकमा  दिगो शान्ति र समृद्धिका निम्ति सहमति र सहकार्य आवश

    • प्रकाशित मितिः आश्विन १, २०७८
    • २०० पटक पढिएको
  • प्प्याब्सन विराटनगरको अध्यक्षमा मोहन बुढाथोकी निर्वाचित

    विराटनगर । प्याब्सन महानगर कार्यसमिति विराटनगरको अध्यक्षमा मोहन बुढाथोकी निर्वाचित भएका छन् ।विराटनगरमा बिहीबार साँझ सार्वजनिक भएको मत परिमाण अनुसार बुढाथोकीले ७ मतको अन्तरले अध्यक्षमा निर्वाचित भएका हुन् ।बुढाथोकीले ३१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी शिव अधिकारीले २४ मात्र प्राप्त गरेका छन् । अध्यक्ष बाहेक अन्य पदमा सर्वसम्मत रूपमा विराटनगर प्याब्सनमा नयाँ नेतृत्व चयन भएको हो । अध्यक्षमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि अन्तिम अवस्थामा आएर निर्वाचन भएको थियो । प्याब्सन नगर समिति विराटनगरमा ५६ जना निजी विद्यालयहरू आवद्ध रहेकोमा एउटा स्कूलका प्रतिनिधी उपस्थित भएका थिएन् । नि

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • ८५८ पटक पढिएको
  • मोरङ चेम्बर अफ कमर्शको अध्यक्षमा यादव पोखरेल सर्वसम्मत

    विराटनगर  - उद्योगी व्यवसायीहरुको संस्था मोरङ चेम्बर अफ कमर्शको अध्यक्षमा विराटनगरका ब्यवसायी यादव पोखरेल सर्वसम्मत  भएका छन । मोरङ चेम्बर अफ कमर्शको विराटनगरमा भएको चौथो बार्षिक साधारणसभा र दोस्रो अधिवेशनबाट पोखरेल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन । नवनिर्वाचित अध्यक्ष पोखरेलले यसअघि उपाध्यक्षको जिम्मेबारी बहन गरेकाथिए । यादवसंगै उपाध्यक्षमा सुरेन्द्र गोल्छा र शिवप्रसाद रिजाल, महासचिवमा कृष्णप्रसाद दाहाल, कोषाध्यक्षमा मनोजकुमार मिश्र, सचिवमा हरिबहादुर श्रेष्ठ र सहकोषाध्यक्षमा देवेन्द्रबहादुर बस्नेत निर्वाचित भएका छन । नवनिर्वाचित १५ कार्यसमिति सदस्यहरुमा रमेश गिरि, संजिव श्रेष

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • २६७ पटक पढिएको
  • अभियान्ता भन्नेहरू निजी विद्यालय धराप बनाउन लागे : अध्यक्ष पुरी

    विराटनगर-  प्याब्सन नेपालका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले आफुलाई शैक्षिक अभियान्ता भन्नेहरूले निजी विद्यालयहरू धराप बनाउन लागि परेको आरोप लगाएकाछन । प्याब्सन नगर समिति विराटनगरको बिहिबार भएको अधिवेशनको उदघाटन गर्दै अध्यक्ष पुरीले शैक्षिक अभियान्ता भन्नेहरू सुनियोजित रूपमा निजी विद्यालयहरू धराप बनाउन लागि परेको बताए । कुनै सरोकार नभएका व्यक्तिहरू अहिले निजी विद्यालयहरूको विरोधमा लागि परेको उनको भनाई छ । ‘सरोकारवाला हाम्रो अभिभावक भएको भए हामी मान्छौं । तर, कुनै रिलेसन नभएका र सम्बन्ध लगाएर हाम्रो विरोध गर्नेको अब हामीले खबरदारी गरेर अगाडी बढनुपर्ने बेला आएको छ,’ उनले भने । अध्यक्ष पुरील

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • ८५९ पटक पढिएको
  • प्रदेश १ मा बिहिबार ४ सय ८८ जनामा कोरोना संक्रमण

    विराटनगर-  प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८८ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४६ जनाको पीसीआर परीक्षण गर्दा ३४७ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४८, मोरङमा १२२, सुनसरीमा ६१, धनकुटा र इलाममा ५–५, भोजपुर, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको छ । झापाको विर्तामोडमा ४१, अर्जुनधारामा २७, कनकाईमा १८, दमकमा १५, शिवसताक्षी र मेचीनगरमा १०–१०, बुद्धशान्ति र भद्रपुरमा ६–६, बाहृदशी र हल्दिबारीमा ४–४, कमल गाउँपालिकामा ३, गौरादह र झापा गाउँपालिकामा २

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • ३३६ पटक पढिएको
  • विराटनगरबाट अवैध सामानसहित एक जना पक्राउ

    विराटनगर-  प्रहरीले विराटनगरबाट अवैध सामानसहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट भन्सार छली गरेर ल्याइएको अवैध सामानसहित विराटनगर महानगरपालिका–९ का ३२ वर्षीय नवीन जैनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार तस्करी गरेर ल्याएको सामान भण्डारण गर्ने गरेको सूचनाका आधारमा जैनले सञ्चालन गरेको गोदाममा छापा मारिएको थियो । गोदाममा पाँच लाख ६५ हजार आठ सय पाँच रूपैयाँ बराबरको अवैध सामान फेला परेपछि जैनलाई पनि पक्राउ गरिएको जानकारी श्रेष्ठले दिए । उनका अनुसार जैनको गोदामबाट एक सय ८२ वटा काटुनमा रहेको दुई हजार एक सय ८४ किलो मिसिरी, १४ वटा काटुनमा रहेको

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • ३५२ पटक पढिएको
  • रामेछापको मन्थलीमा बोलेरो जीप दुर्घटना : तीन जनाको मृत्यु, एक घाइते

    काठमाडौँ— काठमाडौँबाट ओखलढुङ्गा आउँदै गरेको बोलेरो जिप रामेछापको मन्थलीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान काठमाडौँबाट खिजीफलाटेका लागि छुटेको प्रदेश नम्बर३–०१–०२३च ३५१३ सामान बोक्ने बोलेर दुर्घटना हुँदा चालक लाक्पा शेर्पासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।मन्थली नगरपालिका–१ कुनौरी, बोक्सेको भिरमा भएको दुर्घटनामा जिपचालक ओखलढुङ्गाको खिजदेम्बा गाउँपालिका–६ का लाक्पा शेर्पा, उनकी श्रीमती फुर्वा शेर्पा र सवारी धनी वाङसेन शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशङ्कर श्रेष्ठले जानकारी दिए ।प्रहरीका अनुसार दुर्घटनामा एक बालक गम्भीर

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • ३१५ पटक पढिएको
  • सङ्खुवासभा हत्याकाण्ड : थप एक जना पक्राउ

    मादि नगरपालिका वडा नम्बर १ उम्लिङमा छ जनाको हत्या आरोपी लोकबहादुर कार्कीको भाइमाथि पनि अनुसन्धान थालेकाे छ । अभियुक्तको भाइ नरेश कार्कीको साथबाट मृत्तक रञ्जनाको मोबाइल बरामद भएपछि उनीमाथि अनुसन्धान भइरहेकाे बताइएकाे छ ।अनुसन्धानबाट नरेश प्रत्यक्षदर्शी (आई उट्नेश) समेत रहेको खुल्न आएको सङ्घीय प्रहरी एकाइ धरानका एसपी भीम दाहालले जानकारी दिए । निजलाई प्रहरीले शंकाकाे घेरामा राखेर घरकाे थप खानतलासी र साेधपुछ भइरहेको एसपी दाहालले बताए ।बरामद भएको मोबाइल सेटको माध्ययमबाट पनि घटनाको अनुसन्धान सुरु गरिएको उनले बताए । घटनाको थप अनुसन्धान गर्न प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको उनले बताए ।मादी नगर

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • ४२२ पटक पढिएको
  • बूढीगङ्गामा कार दुर्घटना : एक महिलाको मृत्यु, तीन जना घाइते

    मोरङको बूढीगङ्गा गाउँपालिकामा कार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बिहीबार बिहान साढे ११ बजे भएको दुर्घटनामा परेर बेलबारी नगरपालिका–१ घर भएकी ३० वर्षीया चन्द्रकला राईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार बेलबारीबाट विराटनगर आउँदै गरेको बा ११ च १५७१ नम्बरको कार कोसी राजमार्गअन्तर्गत बूढीगङ्गा–३ मा दुर्घटनामा परेको थियो ।आफैँ अनियन्त्रित भएको कार सडकमा रहेको बिजुलीको पोलमा ठोक्किँदा चन्द्रकलासहित चार जना घाइते भएका थिए । घाइते सबैलाई बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा उपचारका

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • २९७ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल